सुन्दर कृषि नै हाम्रो जीवन
-
नेटिजन संवाददाता
- मंगलबार, २० जेठ, २०८२- १७:१५:००/ Tuesday 06-03-25

काठमाडौं । बहुसंख्यक जनसंख्या कृषिमा आश्रित रहेको हाम्रो देशको आर्थिक समृद्धिको विभिन्न आधारहरु मध्ये कृषि सबैभन्दा प्रमुख आधार हो भन्ने बारेमा विद्यालयको अध्ययनका बेलाबाट धेरै सुनेको थिए। कुनै दिन यस क्षेत्रमा भविष्य खोज्न सकिन्छ भन्ने बुझाई मेरो थियो।
नेपालको हावापानी, सिचाई तथा भौगोलिक बनावटका हिसावले नेपालको कृषि क्षेत्रमा धेरै ठूलो प्रगती भैसकके हुनु पर्दथ्यो। ६० प्रतिशत भन्दा बढी जनसंख्याको कृषि क्षेत्रमा आश्रित हुंदा पनि यस क्षेत्रले उल्लेख्य प्रगती गर्न नसकेर नेपालले वार्षिक अर्को रुपैयांको कृषिजन्य बस्तु आयात गरेर अर्वौ व्यापार घाटा व्यहोर्दै आएको तितो यथार्थ हामीसंग रहेको छ।
कृषिमा समय सापेक्ष रुपमा आधुनिकिकरण तथा यान्त्री करण गर्न नसक्नु, कृषि व्यवसायलाई अध्ययन कम भएका गरीब कृषकले मात्र गर्ने पेशाको रुपमा बुझ्नु, कृषि पेशा हेपाईमा पर्दै जानुनै नेपालका कृषि व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारणका रुपमा लिएको छु।
लगानी गरे अनुसारको उत्पादन हुन सकेको थिएन तर पनि कृषि फर्म गर्ने दृढ इच्छा शक्ति निरन्तर कायम रह्यो। यस्तो किसिमको समय करिब २ वर्ष सम्म चल्यो। हामीलाई लाग्थ्यो योनै हाम्रो लागि सिकाई हो र भविष्यमा यस्ता किसिमका कमी कमजोरी भोग्न नपरोस भन्ने लाग्यो। सो अवधिमा केही प्राविधीक ज्ञान हामीलाई मिल्यो, प्रविधीको प्रयोग गर्ने तरिका थाहा भयो र आफै प्राविधीक नभैकन प्राविधिकको मात्र भर परेर खेति गर्न नसकिने बारेमा प्रष्ट रुपमा पत्ता लाग्यो।
विदेशमा रोजगारीको अनुभव भएका ३ जना साथी मिलेर कृषि व्यवसाय गर्ने अठोटकासाथ सुन्दर कृषि फर्म दर्ता गरेर सुनसरी जिल्लाको बराह क्षेत्रमा सन् २०१९बाट कृषि व्यवसाय सञ्चालन गरिरहेका छौं। शुरुवाती दिनबाटनै दैनिक खपत हुने विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छौ।
विगतमा वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१२मा दक्षिण कोरिया जाने सौभाग्य मिल्यो र त्यहां रहँदा त्यहाको आधुनिक प्रविधिको प्रयोग गरी गरिएको खेतिको नजिकबाट नियाल्ने अवसर मिलेको थियो र त्यहि अनुसार नेपालमा व्यवसाय गर्दा कृषि क्षेत्रको विकासमा केहि गर्न सकिन्छ भन्ने लागेरनै यस व्यवसायको थालनी गरेका हौं। कोरियाबाट अनुभव गरेका विषय जुनसुकै काम पनि ठूलो र सानो भन्ने हुंदैन्, मेहनेत, इमान्दार लगनशीलता आदिले नेपालमा केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीमा थियो।
दक्षिण कोरियामा रहंदा अनुभवले नेपालको कृषिमा आधुनिकिकरण र हाम्रो परिवारका सदस्यले विगत देखि गर्दै आएको निर्वाहमुखी तथा परम्परातग खेती बीचको उत्पादन परिणाम, लगानीको तुलनामा हुने रिर्टन आथि अध्ययन पश्चात नेपालको कृषि क्षेत्रको आधुनिकिकरण तर्फ पाईला चालिरहेका छौं। हाम्रो ज्ञान अनुसार आधुनिक प्रविधिबाट कृषि व्यवसाय गर्दा लगानी र परीश्रमको तुलनामा उत्पादन बढाउन सकिन्छ भन्ने रहेको छ ।
सन् २०१६मा कोरियाबाट नेपाल फर्किए पश्चात केहि वर्ष अध्ययन पश्चात थालनि गरेको हाम्रो कृषि व्यवसाय ११ विगाह क्षेत्रफलमा विभिन्न किसिमका कृषि जन्य खेती गर्दै आएका छौं। हाम्रो व्यवसायमा १८ जना व्यक्तिलाई प्रत्यक्ष रोजगार दिन पाउंदा पनि राम्रो कामको थालनिको रुपमा लिएका छौं। खेतबारी बाँझै छोडेर दैनिक हजारौंका संख्यामा नेपालीले रोजगारीका लागि विदेश तिर जानुपर्ने वाध्यतालाई सकारात्मक संदेश दिन सफल भएका छौं भन्ने लाग्छ। कृषि व्यवसाय सञ्चालनका लागि आवश्यक विभिन्न किसिमका आधुनिक मेसिनरीहरु प्रयोगमा ल्याएका छौं।
कृषि उपजको भण्डारण गर्नका लागि ३० टन क्षमताको मिनि कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएको छौं। हामिले वार्षिक रुपमा १ करोड रुपैयां भन्दा माथिको तरकारी बिक्री वितरण गर्दै आइरहेका छौं। हाम्रो कुल लगानी २ करोड रुपैयां हाराहारी रहेको छ। हाम्रो व्यवसायको अनुशरण गर्दै यहि क्षेत्रको निकटमा अन्य विभिन्न कृषि फर्महरुको स्थापना भएको छ। हामी लगायत यस क्षेत्रका विभिन्न फर्महरुको व्यवसायको सकारात्मक पक्षलाई मध्यनजर गर्दै नार्कले समेत अध्ययन गरी यस क्षेत्रलाई नार्क प्रविधि गाउँ घोषणा गरेको छ।
यस क्षेत्रमा हामीले सञ्चालन गरेको खेति प्रविधि देखेर अन्य जिल्लाहरु जस्तैः मोरङ्ग, झापा, उदयपुर, धनकुटा लगायतका जिल्लाका युवाहरुले पनि आधुनिक कृषि व्यवसाय विस्तार गरिरहनु भएको छ। हामीले आधुनिक कृषि व्यवसाय सञ्चालन गरे पश्चात अन्य क्षेत्रका व्यक्तिलाई पनि यस क्षेत्रमा प्रवेश गर्ने प्रेरणा मिलेकोमा भाग्यमानी सम्झन्छौं। अन्य क्षेत्रका कृषि व्यवसायमा रहनु भएका साथीहरुले प्राविधिक लगायतका सल्लाह समेत हामीसंग लिने गर्नु भएको छ।
हाम्रो उत्पादनहरु नेपालको दमक, विर्तामोड, धरान, इटहरी, काठमाण्डौं, पोखरा लगायत नेपालका विभिन्न स्थानमा उपलव्ध गराएका छौं। अप्रत्यक्ष रुपमा धेरैजना व्यापारीहरू समेत हाम्रो कृषि फर्मबाट लाभ लिईरहनु भएको अवस्था छ। हाम्रो कृषि व्यवसाय अवलोकन गर्नका लागि विभिन्न ठाउँबाट शैक्षिक भ्रमणहरु हुने गरेको छ।
हाम्रो कृषि व्यवसायको बारेमा ३ चरणमा वर्गिकरण गरेर जानकारी दिन चाहन्छु।
प्रथम चरण
यस कृषि फर्म स्थापनाको शुरुवाती चरणमा हामीले कृषिलाई आधुनिक हिसाबले अगाडी बढाउनका लागि यथेष्ठ ज्ञान थिएन, कोरियामा देखेको आधुनिक प्रविधी नेपालमा सम्भव भए नभएको बारेमा प्रमाणित गर्नु जटिलता थियो। हामीसँग प्राविधिक ज्ञानको कमी थियो, प्रविधि हाम्रो पहुंचमा थिएन, कृषिबालीमा लाग्ने रोग, किराको प्रकोप, मौसम, उपचार विधी हामीलाई थाहा थिएन धेरै तरकारी वालीहरु नष्ट भएको तितो विगत हामीसंग रहेको छ।
त्यसैगरी कामदार व्यवस्थापनको समस्या थियो, उत्पादन भएको तरकारी कहाँ कसरी बजारसम्म पुगेर विक्रि गर्ने भन्ने हामीलाई अनुभव थिएन्। परिवारबाट पनि कृषि व्यवसाय गर्ने हाम्रा लागि सकारात्मक सहयोग भएन, समाज, छरछिमेक सबैले हामीलाई गिज्याउने अवस्था थियो। हामीलाई अनावश्यक क्षेत्रमा लगानी गर्नेहरु भन्ने आक्षेप लागउने मात्र थिए।
हाम्रो क्षमता, दक्षता, सीप र निरन्तर मेहनेत गर्ने बानीले हाम्रो व्यवसायमा धेरै सुधार भएको पाएका छौं। हाम्रो कोल्ड स्टोरमा आलु, स्याउ, सुन्तला, सयपत्री फुल लगायतका अन्य तरकारीहरु समेत राखेर बिक्री बितरण गर्ने गरेका छौं। अहिले हाल परिणाममा तरकारी उत्पादन भए पनि बजारको खासै समस्या भएको छैन। इटहरी, धरान, दमक, बिर्तामोड, काठमाण्डौ जस्ता ठाउँबाट गाडी आएर हाम्रो फर्ममा तरकारी लाने गरेका छन् ।
लगानी गरे अनुसारको उत्पादन हुन सकेको थिएन तर पनि कृषि फर्म गर्ने दृढ इच्छा शक्ति निरन्तर कायम रह्यो। यस्तो किसिमको समय करिब २ वर्ष सम्म चल्यो। हामीलाई लाग्थ्यो योनै हाम्रो लागि सिकाई हो र भविष्यमा यस्ता किसिमका कमी कमजोरी भोग्न नपरोस भन्ने लाग्यो। सो अवधिमा केही प्राविधीक ज्ञान हामीलाई मिल्यो, प्रविधीको प्रयोग गर्ने तरिका थाहा भयो र आफै प्राविधीक नभैकन प्राविधिकको मात्र भर परेर खेति गर्न नसकिने बारेमा प्रष्ट रुपमा पत्ता लाग्यो।
दोश्रो चरण
कृषि फर्मको स्थापनाको करिब २ वर्ष पश्चात हामीले पहिलो चरणमा अनुभव गरेका र भोगेका कमिकमजोरीबाट पाठ सिकेर कृषिबाली लगाउनु अगाडी नै योजना बनाउंदै, कहिले कुन किसिमको तरकारी खेती गर्ने, मौसमी खेती वा बेमौसमी खेती गर्नका लागि कुन प्रविधि उपयुक्त हुन्छ त्यसको प्रयोग गर्ने र बजारमा सिजन अनुसार कस्तो कृषिजन्य बस्तुको माग रहेको छ त्यसको खेतीमा ध्यान केन्द्रित गर्न थाल्यौं।
यस चरणमा हामीले विभित्र ठाउँमा बालीमा लाग्न सक्ने विभिन्न किसिमका रोग, किरा, बजार व्यवस्थापन मौसमी तथा बेमौसमी तरकारी खेति प्रविधिको तालिमहरु लिने अवसरहरुको सदुपयोग गयौं। स्थानिय नगरको कृषि प्राविधिकको सहयोग, गैह् कृषि कम्पनीहरुको सहयोग, विभिन्न कृषि कम्पनीहरुले भित्राएका कृषि व्यवसायमा प्रयोग हुने मेसिन तथा अन्य कृषि सामाग्रीहरु आयात गर्ने कार्य भयो।
यस चरणमा अघिल्लो चरणमा भन्दा लगानी समेत बढाउने कार्यले सार्थकता पायो। यति बेलासम्म हाम्रो उत्पादन क्षेत्रफल करिब ६ विगाह मात्र रहेको थियो। विस्तारै हाम्रो उत्पादन पनि बृद्धि हुनुका साथ साथै बजारमा बिक्री वितरण गर्न समेत सहज भएको थियो। यस अवधिमा मल्चिङ्ग, प्लाष्टीक, थोपा सिँचाई, बेड मेकर, पावर स्प्रेयर, पावर टिलर, मिलि टिलर लगायत अन्य विभिन्न प्रविधिहरु भित्र्याउने कार्य भएको थियो। त्यति बेला कामदार व्यवस्थापन तथा बजार व्यवस्थापनमा पनि केही सहज भएको थियो।
सबै भन्दा ठूलो कुरा उत्पादनमा बृद्धि भएको देख्दा हामीमा कृषि व्यवसाय गर्नका लागि थप उर्जा मिलेको थियो। त्यति बेला घरपरिवार तथा समाजले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आईसकेको थियो। त्यति बेला देखिनै हाम्रो वरिपरीका धेरै जना कृषकहरुले फर्म दर्ता गरेर व्यवसायिक तरकारी खेती गर्ने कार्यको शुरुवात गरिसकेका थिए। सो क्षेत्रमा परिवर्तनको अनुभूती गरेर नेपाल सरकारको कृषि मन्त्रालय अत्र्तगत नार्कले बराहक्षेत्र न.पा. वडा नं. ९ र १० लाई नार्क प्रविधि गाउँ घोषणा गरेर ठूलो हौशला दिलायो।
कृषि फर्मको हालको अवस्था
यस चरणमा आई पुग्दा स्थापनाको करिब ५ वर्षमा चलिरहेको र लामो अनुभव रहेको छ। हाम्रो अनुभवले तरकारी बाली थोरै क्षेत्रफलमा लगाएर आम्दानी गर्न सकिदैन र ३-४ किसिमका मात्र तरकारी बालीमा ध्यान केन्द्रित गरेर ठूलो क्षेत्रफलमा व्यवसायिक खेतीले मात्र दिर्घकालसम्म टिक्न र राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने हामीलाई ज्ञान मिल्यो। सोही अनुरुप हामीले थप ५ बिगाह जग्गा भाडामा लिएर हाल ११ बिगाह क्षेत्रफलमा तरकारी खेति गर्दै आई रहेकाछौ।
हाल हामीलाई बजारको चिन्ता पनि छैन, उत्पादनमा पनि ठूलो समस्या देखिएको छैन । गत आर्थिक वर्षको कारोबार हेर्दा १ करोड भन्दा बढी तरकारी बिक्री गरिएको छ। हामीले हाम्रो फर्मको दैनिक हर हिसाव पारदर्शी तवरले राखेका छौ। हामीले प्राय जसो कारोबार बैकको माध्यमबाट गर्दै आएका छौ, ताकि आर्थिक रुपमा पनि हामी तन्दुरुस्त हुन चाहन्छौं। कर्मचारीको तलब पनि हामीले बैकिङ प्रक्रियाबाट दिने व्यवस्था मिलाएका छौं।
हाम्रो क्षमता, दक्षता, सीप र निरन्तर मेहनेत गर्ने बानीले हाम्रो व्यवसायमा धेरै सुधार भएको पाएका छौं। हाम्रो कोल्ड स्टोरमा आलु, स्याउ, सुन्तला, सयपत्री फुल लगायतका अन्य तरकारीहरु समेत राखेर बिक्री बितरण गर्ने गरेका छौं। अहिले हाल परिणाममा तरकारी उत्पादन भए पनि बजारको खासै समस्या भएको छैन। इटहरी, धरान, दमक, बिर्तामोड, काठमाण्डौ जस्ता ठाउँबाट गाडी आएर हाम्रो फर्ममा तरकारी लाने गरेका छन् ।
हाम्रो क्षेत्रमा निरन्तर रुपमा कृषि उद्यमीहरुको बृद्धि हुनुका साथै उत्पादन र उत्पादकत्वमा समेत बृद्धि भएको अवस्था छ। हामी नेपाललाई हराभरा बनाउने र कृषिका माध्यमबाट देशलाई समृद्ध राष्ट्रका रुपमा अगाडी बढाउन सहयोगी भूमिकामा रहने छौं।
हालका दिनमा विभिन्न ठाउँका धेरैवटा कृषि व्यवसायीहरु हामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहनु भएको छ। हाम्रो क्षेत्र वरिपरी धेरैवटा कृषि फर्महरु स्थापना भएका छन्। विदेशबाट फर्किएका युवाहरु समेत कृषि व्यवसाय सञ्चालन गर्नका लागि हामीसंग राय सल्लाह लिनका लागि आई रहेको अवस्था छ। धेरै किसान तथा व्यवसायी फर्महरुले हामीबाट प्राविधिक सल्लाह लिएर कृषि व्यवसाय गरिरहनु भएको छ।
धेरै टाढाका जिल्लाबाट समेत विद्यार्थी, व्यवसाहिक किसानहरु शैक्षिक अवलोकन भ्रमणका लागि आईरहनु भएको छ। राज्यका कृषि क्षेत्रमा कार्यरत विभिन्न निकायका कर्मचारीको पनि अवलोकन भ्रमण हुने गरेको छ र हामीलाई कृषि व्यवसाय गर्नका लागि ठूलो बल मिलेको छ। आज हामी कृषि क्षेत्र विकासका लागि आयोजना हुने विभिन्न कार्यक्रममा सल्लाह दिने हैशियतमा निमन्त्रणा पाएर आफ्नो भूमिका निभाई रहेका छौं।
हाम्रो क्षेत्रमा निरन्तर रुपमा कृषि उद्यमीहरुको बृद्धि हुनुका साथै उत्पादन र उत्पादकत्वमा समेत बृद्धि भएको अवस्था छ। हामी नेपाललाई हराभरा बनाउने र कृषिका माध्यमबाट देशलाई समृद्ध राष्ट्रका रुपमा अगाडी बढाउन सहयोगी भूमिकामा रहने छौं।
हाम्रो भविष्यको योजनाः
१. ग्राफ्टेड वेर्ना उत्पादन गर्ने।
२. ५० बिगाह क्षेत्रफलमा खेति विस्तार गर्ने।
३. २०० जना भन्दा बढीलाई रोजगारी दिने।
४. व्यवसायिक रुपमा कृषि फर्म सञ्चालन गर्ने नेपालका युवा पुस्तालाई कृषि व्यवसायमा लाग्न सहयोग गर्ने।
५. विदेशबाट फर्किएका युवाहरुलाई कृषिमा लगानी गर्न सल्लाह सुझाव दिने।
६. स्थानिय स्तरमा रहेका किसानहरुलाई व्यवसायिक कृषि सम्बन्धी तालिमहरु संचालन गर्ने।
नेपालको कृषि क्षेत्र विकासका लागि राज्यले गर्नु पर्ने कार्यहरुः
१. दक्ष तथा अनुभवि कृषि प्राविधिकले किसानको फर्म तथा खेत बारिमा निरन्तर अनुगमनमा पठाउने व्यवस्था गर्ने।
२. कृषिमा प्रयोग हुने प्रविधि तथा सामाग्रीहरुमा भन्सार निःशुल्क गराउने ।
३. अनुदानका सबै कार्यक्रमहरु खारेज गरी उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्ने।
४. कृषक, कृषि फर्म, कृषि सहकारीले संञ्चालन गर्दै आएको चिसो भण्डारणमा कृषि मिटर उपलव्ध गराउने।
५. कृषि तथा आवास क्षेत्रलाई व्यवस्थित गराउने।
६. कृषि उपजहरुको न्युनतम समर्थन मूल्य निर्धारण गरी दीर्घकालिन बजार व्यवस्थापन प्रणाली अवलम्बन गर्ने।
७. दक्ष कृषि प्राविधिक उत्पादनका लागी प्राविधिक शिक्षामा लगानी गर्ने।
यति विषय वस्तुमा सरकारको ध्यान गएमा नेपालमा कृषि व्यवसाय सफल हुन सक्छ भन्ने हाम्रो बुझाई रहेको छ । (शिव पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।