• सोमबार, २ असार, २०८२
  • ०७:५६:४५

आज सुन कतिमा  कारोबार हुँदैछ ?

काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु १ लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु  २ हजार १६५ मा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुन ३ हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।