• आइतबार, २३ बैशाख, २०८१
  • ०५:१८:३७

इन्धनको मूल्यअनुसार यातायातको भाडादर लागु हुने

  • Netizen Nepal
  • आइतबार, २० चैत, २०७८- १६:५७:००/ Sunday 04-03-22

नेटिजन नेपाल 
काठमाडौँ, २० चैत । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यातायाताको भाडा वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थको मूल्य वृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैद्धान्तिक सहमति दिइएको थियो ।

स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको भाडा पनि घटबढ हुनेछ । पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशतभन्दा कम तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन ।