को हुन पुतलीबजारको मेयरमा उम्मेद्वारी घोषणा गरेका रेग्मी ?
- Netizen Nepal
- आइतबार, २७ चैत, २०७८- १८:२५:००/ Sunday 04-10-22

नेटिजन नेपाल
काठमाडौँ, २७ चैत । स्याङ्जा जिल्लाको सदरमुकाम रहेको पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाकै राजनितीको केन्द्र मानिन्छ । सदरमुकाम भएकै कारण सम्पूर्ण पार्टीको कार्यालय एवं जिल्ला स्तरीय गतिविधिहरु हुने स्थान, विभिन्न अड्डा अदालत देखि जिल्लाका सम्पुर्ण सरकारी निकायहरु पनि यही पालिका भित्र छन् । जसले गर्दा यहाँ जिल्लाको राजनीतिक चर्चा परिचर्चा भइरहन्छ। यसैमाझ देशको सबैभन्दा पुरानो पार्टी र हरेक कालखण्डमा अभिभावकिय भुमिकामा रहेको नेपाली कांग्रेस पार्टीको मेयरको उमेदवारको चर्चा हुनु स्वभाविक नै हो । त्यसै बिचमा आफ्नो सम्पुर्ण जीवन राजनीतिमा समर्पण गर्नुभएका तुलसीराम रेग्मीले यति बेला पुनःनेपाली कांग्रेसको तर्फबाट अन्तिम चोटिको लागि भन्दै मेयरमा उम्मेद्वारी दिने घोषणा गरे सङै विशेष चर्चा परिचर्चा हुन थालेको छ ।
को हुन त तुलसी राम रेग्मी ?
स्याङ्जा जिल्ला पुतलीनगर पालिका वडा नम्बर- ५, नयाँबाजारमा जन्मनुभएका ५७ वर्षीय रेग्मी तत्कालीन अवस्थामा एक मध्यम शिक्षित परिवार भित्रको सदस्य हुन् । तत्कालीन अवस्थामा हाल पुतलीबजार ३ स्थिति बाड्खोला बजारमा खाद्यान्नको होलसेल ब्यापारी रेग्मी राजनीतिमा प्रवेश गरेसंगै सम्पुर्ण व्यापार व्यवसाय छोडेर सम्पुर्ण समय समाजसेवामा व्यतित गर्न थाल्नुभयो । जिवनको अधिकांश जवानी उमेर नेपाली कांग्रेसको राजनीतिमा बिताउनुभएका रेग्मी पार्टीको आन्तरिक राजनिती वाहेक महत्त्वपूर्ण राष्ट्रिय राजनीतिमा चाहिँ आउन समय जुरेन । बल्ल बल्ल गएको २०७४ को स्थानीय तहको निर्वाचनमा पुतलीबजारको मेयरको टिकट फुत्काउन सफल हुनुभएका रेग्मी आफ्नै पार्टी भित्र आन्तरिक तालमेल र केही प्राविधिक तालमेल नमिलेकै कारण केही मतले उपबिजेता हुन पुग्नुभयो ।
जिन्दगीमा कहिल्यै हार नखाएका रेग्मी गएको स्थानीय चुनावमा उपबिजेता भएपछि पनि जनताको सेवामा निरन्तर समर्पित भइरहनुभयो । यति मात्रै होइन, निर्वाचनमा हारेको पिडा त छदै थियो त्यस्को केहि समयमै आफ्नो एक मात्रै लक्का जवान छोरा परेदेश्मा गुमाउदा कति पीडा भएको होला ? त्यस्लाइ पनि सहेर उहाँ शुद्धा शुद्दीको भोलि पल्ट देखिनै निरन्तर समाजिक सेवामा लागिरहनुभयो ।
आफ्नो घरमा भन्दा पनि प्रायः जसो जनताको कामले जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अदालत र विभिन्न सरकारी अड्डा तिर भेटिने रेग्मीका केही राजनीतिक घटना क्रम र योगदानहरु यस्ता छ्न ।
१. २०३६ सालको जनमत सङ्ग्रहपश्चात् नेपाल विद्यार्थी संघमा आवद्ध भइ बहुदलको पक्षमा लागेको
२. २०३८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको
३. २०४२ सालको सत्याग्रहमा प्रहरी हिरासतमा परेको
४. २०४३ सालको बि.पि. जयन्तीमा आरुखर्कमा आयोजित बृक्षारोपण कार्यक्रममा प्रहरीको गिरफ्तारिमा परेको
५.२०४४ सालमा प्रतिबन्धित अवस्थामा नेपाली कांग्रेसको सल्लाहकार भै काम गरेको
६. २०४६ को जनआन्दोलनमा सक्रिय भइ महत्त्वपुर्ण रुपमा भुमिका निर्वाह गरेको
७. २०४६ को परिवर्तन पछि २०४७ सालमा जिल्ला कार्यसमितिमा रहि काम गरेको
८. २०४८ को आम निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ को प्रचार प्रसार उप- संयोजक भइ काम गरेको
९. २०४९ को स्थानीय तहको निर्वाचनमा साथै २०५१ को मध्यावधि निर्वाचन र २०५६ को आम निर्वाचनमा सक्रिय भइ पार्टीका उम्मेद्वारहरुलाई जिताउन महत्त्वपूर्ण भुमिका खेलेको
१०. २०५३ सालमा बिभिन्न राजनीतिक परिघटनामा परि प्रहरी हिरासतमा परेको
११. २०५४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भइ काम गरेको
१२. पार्टीको एघारौं, बार्हौ, तेर्हौ र चौधौं महाधिवेशनमा लगातार क्षेत्रीय सभापति एवं एक कार्यकाल जिल्ला सचिव भै सफलतापुर्वक आफ्नो जिम्मेवारी वहन गरेको ।
१३.२०६२/६३ को जनआन्दोलनमा प्रहरी हिरासत हुँदै जेल चलान हुन परेको
१४. २०६४/२०७० र २०७४ को संविधान सभा/ स्थानिय/ संघीय निर्वाचनमा जिम्मेवारीपुर्वक सक्रिय भुमिकामा रहि पार्टीलाई योगदान गरेको ।
साथै पार्टीको १४ औं अधिवेशन पश्चात् क्षेत्रीय सभापतिमा निर्वाचित भएपछी पनि हाल आफ्नो क्षेत्र भित्र जिम्मेवारपुर्वक सक्रिय रुपमा काम गरिरहेका रेग्मी यसपालिको स्थानीय तहको निर्वाचनमा पार्टीले पुतलीबजारको मेयरको टिकट दिए गएको स्थानीय तहको निर्वाचनमा संगालेका पुरानो तितोमिठो अनुभवबाट पाठ सिकेर जुन सुकै हालतमा निर्वाचन जित्ने र जनताले वास्तबमै पुस्तौं पुस्ताले सम्म अनुभुती गर्न लायक नमुना पुतलीबजार बनाएर काम गरेर देखाउने अठोटका साथ लागिरहेको बताउनुभएको छ ।