• सोमबार, २३ असार, २०८२
  • ०२:५६:११

जेठ ३ गते बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस 

  • Netizen Nepal
  • आइतबार, २५ बैशाख, २०७९- १५:३७:००/ Sunday 05-08-22

नेटिजन संवाददाता 
काठमाडौँ, २५ बैशाख ।  सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते  मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले हरेक वर्षको जेठ १४ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अघिल्लो वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।