• बुधबार, ४ जेठ, २०७९
  • १२:४२:२६

काठमाडौँको मतगणनामा बालेन शाहको अग्रता 

  • Netizen Nepal
  • शनिबार, ३१ बैशाख, २०७९- १२:४२:००/ Saturday 05-14-22

नेटिजन संवाददाता  
काठमाडौँ, ३१ बैशाख । काठमाडौंमा महानगरपालिकामा पहिलो मतगणना परिणाम आउँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।


वडा नम्बर १ र ३२ को जारी मतगणनाको प्रारम्भीक नजिता सार्वजनिक हुँदा लौरो चुनाव चिह्न भएका शाहले २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नम्बर १ मा हालसम्म ५० र वडा नम्बर २५ मा २५ मत गणना भएको छ । वडा १ बालेन शाह र सिंहको ११-११ मत प्राप्त गरेका छन् । सो स्थानमा स्थापितले ९ मत प्राप्त गरेका थिए । वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।