• बिहीबार, ६ बैशाख, २०८१
  • ०८:४६:५६

सिद्धबाबालाई बलात्कार मुद्दामा सफाइ दिने सुनसरी अदालतको फैसला बदर

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०६:४३:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ।। उच्च अदालत विराटनगरले सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला  बदर गरेको छ ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी  फैसला बदर गरी सबुद प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने फैसला गरेको हो ।

गिरीलाई महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

तर, कोइरालाको इजलासले उमेर पुगेका महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भन्न नमिल्ने भन्दै गिरीलाई सफाइ दिएको थियो ।

गिरीले अदालतको फैसलाले महिलासँग शारीरिक सम्बन्ध कायम भएको स्थापित भएकाले अन्यायमा परेको हुँदा पूर्ण रूपमा सफाइको माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए ।