• शनिबार, १५ बैशाख, २०८१
  • ०७:५९:१७

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०८:२९:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ।  प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो बजेट अधिवेशन हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गर्दै आएको संसद् अवरोध पनि खुलाएको छ ।