• शुक्रबार, १४ बैशाख, २०८१
  • ०२:४८:३४

काठमाडौँको नवनिर्वाचित मेयर शाहलाई स्थापितको शुभकामना 

  • Netizen Nepal
  • शुक्रबार, १३ जेठ, २०७९- १३:५४:००/ Friday 05-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ जेठ । नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको उम्मेद्वार केशव स्थापितले निर्वाचित स्वतन्त्र उम्मेद्वार बालेन शाहलाई सुभकामना दिनुभएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उहाँले  जनताले विश्वास गरेर दिएको मतको सदुपयोग गर्न समेत शाहलाई सुझाव दिनुभयो ।  

लोकतान्त्रिक अभ्यासलाई आफुले सम्मान गर्ने जनाउँदै उहाँले भन्नुभयो, 'म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ।  त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु ।' 

स्थापिले पाँच वर्षे कार्यकालमा आफ्नो विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्न सुझाउन्दै भन्नुभयो, 'काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु ।'