• शुक्रबार, ३ जेठ, २०८२
  • ११:२६:३०

फुटबल विश्वकप २०२२: कुन दिन कुन देशले खेल्दैछन ? 

  • Netizen Nepal
  • बिहीबार, २ असार, २०७९- १७:१९:००/ Thursday 06-16-22

नेटिजन संवाददाता 
काठमाडौँ, २ असार। सन् २०२२ को नोभेम्बर २१ तारिखबाट डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ। कतारमा हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन्।

खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ। विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलो पटक हो।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ। सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो। उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो।

कुन-कुन देशले विश्वकप फुटबल खेल्दैछन्?

विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो। समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए। समान अङ्क ल्याउने टोलीहरूबीच 'प्ले-अफ' खेल भयो।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ तर युरोपियन च्याम्पियन इटली विश्वकपमा छनौट हुन असफल रहेको छ। प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लिग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ।

फिफा विश्वकप फुटबल २०२२ 

विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।

चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन्।

एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्।

अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्।

त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्।

दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्।

उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।

फिफा विश्वकप फुटबल २०२२ कतार
समुह चरणको खेल तालिका 

२०२२ नोभेम्बर २१ : तीन खेल

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५ 
इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५ 
कतार भर्सेस इक्वेडर : राति ९ः४५ 

नोभेम्बर २२ : चार खेल 

अमेरिका भर्सेस उल्भ्स : राति १२ः४५
अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५ 
डेनमार्क भर्सेस टुनिसिया :  साँझ ६ः४५ 
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९ः४५ 

नोभेम्बर २३ : चार खेल 
फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५
मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५ 
जर्मनी भर्सेस जापान : साँझ ६ः४५ 
स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५ 

नोभेम्बर २४ : चार खेल 
बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५ 
स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५ 
उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५ 
पोर्चुगल भर्सेस घाना : राति ९ः४५ 

नोभेम्बर २५ : चार खेल
ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५ 
वेल्स भर्सेस इरान : दिउँसो ३ः४५ 
कतार भर्सेस सेनेगल : साँझ ६ः४५ 
नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५ 

नोभेम्बर २६ : चार खेल 
इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२
टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५ 
पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५ 
फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५ 

नोभेम्बर २७ : चार खेल 
अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५ 
जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५ 
बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५ 
क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५ 

नोभेम्बर २८ : चार खेल 
स्पेन भर्सेस जर्मनी : राति १२ः४५ 
क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५ 
दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५ 
ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५ 

नोभेम्बर २९ :  तीन खेल 
पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५ 
इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५ 
नेदरल्यान्ड्स भर्सेस कतार : राति ८ः४५ 

नोभेम्बर ३०ः चार खेल 
इरान भर्सेस अमेरिका : राति १२ः४५
वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५ 
टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५ 
अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५

डिसेम्बर १ : चार खेल  
पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५ 
साउदी अरेविया भर्सेस मेक्सिको : राति १२ः४५ 
क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५ 
क्यानडा भर्सेस मोरोको : राति ८ः४५ 

डिसेम्बर २ः चार खेल 
जापान भर्सेस स्पेन : राति १२ः४५ 
कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५ 
दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८ः४५ 
घाना भर्सेस उरुग्वे :८ः४५ 

डिसेम्बर ३ : दुई खेल 
सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५ 
क्यामरोन भर्सेस ब्राजिल : राति १२ः४५ 

कसले जित्ला विश्वकप फुटबल?

फाइनल खेल जित्ने प्रत्यासी टोलीका रूपमा ब्रजिल, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनलाई हेरिएको छ।

प्रतियोगिता आयोजक समितिका अनुसार करिब १५ लाख मानिस खेल हेर्न उपस्थित हुने अनुमान गरिएको छ।

विश्वकप २०२२ को आधिकारिक गीत कुन हो?

गोल डटकमका अनुसार पहिलो पटक सन् १९६२ मा विश्वकपको आधिकारिक गीत तयार पारिएको थियो। त्यसयता विश्वकपका सबै संस्करणमा फरकफरक आधिकारिक गीत तयार पार्ने गरिएको छ।

सन् १९९८ को विश्वकपका लागि गायक रिकी मार्टीनले तयार पारेको कप अफ द लाइफ बोलको गीत र सन् २०१० मा शकिराको वाका वाका बोलको गीत अनि के नानले तयार पारेको वेभिङ फ्ल्याग बोलको गीत निकै प्रख्यात भएका थिए।

यसपालिको विश्वकपको आधिकारिक गीत हय्या हय्याा अर्थात् बेटर टुगेदर हो। यो गीत ट्रिनिडो कार्डोना, डेभिडो र आएशाले तयार पारेका हुन्।

अहिलेसम्म क-कसले विश्वकप जिते?

ब्रजिल: पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
जर्मनी: चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
इटली: चार पटक (सन् १९३४, १९३८, १९८२, २००६)
आर्जेन्टिना: दुई पटक (सन् १९७८, १९८६)
फ्रान्स: दुई पटक (सन् १९९८, २०१८)
उरुग्वे: दुई पटक (सन् १९३०, १९५०)
स्पेन: एक पटक (सन् २०१०)
इङ्गल्यान्ड: एक पटक (सन् १९६६)
सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले आठ पटक फाइनल खेलेको छ भने ब्रजिलले सात पटक फाइनल खेलेको छ।

इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन्।

फाइनलमा पुगे पनि विश्व विजेता बन्न असफल देशहरू नेदरल्यान्ड्स (तीन पटक), चेकोस्लोभाकिया र हङ्गेरी (दुई-दुई पटक) र स्वीडन र क्रोयशिया (एक-एक पटक) रहेका छन्। बिबिसी