असार ४ गते शनिबार, कुन राशिका लागि कति शुभ ?
- Netizen Nepal
- शनिबार, ४ असार, २०७९- ०६:१०:००/ Saturday 06-18-22
नेटिजन संवाददाता
काठमाडौँ, ४ असार। आज मिति वि सं २०७९ साल असार म्हिनाको गते शनिबार, तदअनुसार सन् २०२२ जुन १८ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । सफल यात्राको योग छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज घर परिवारमा झैझमेलाको अवस्था आउला । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ । आर्थिक पक्ष पनि कमजोर रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र पनि मजबुत नै हुने देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।