• सोमबार, १३ असार, २०७९
  • १०:४०:५१

भगवान शिवको दर्शन गरि असार ६ गते सोमबारको राशिफल हेर्नुहोस 

  • Netizen Nepal
  • सोमबार, ६ असार, २०७९- ०६:५०:००/ Monday 06-20-22

नेटिजन संवाददाता 
काठमाडौँ, ६ असार। आज मिति वि सं २०७९ साल असार महिनाको ६ गते सोमबार, तदअनुसार सन् २०२२ जुन २० तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल 


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । पेटमा समस्या आउन सक्छ। दिनको उत्तरार्धमा भने मन आफन्तको साथ मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।