• बुधबार, ४ असार, २०८२
  • १२:३८:१६

यी हुन् जनसंख्या घटेका ३४ जिल्लाहरु

  • Netizen Nepal
  • आइतबार, १२ चैत, २०७९- ११:०१:००/ Sunday 03-26-23

नेटिजन संवाददाता

काठमाडौँ, १२ चैत। यहि चैत्र १० गते सार्वजनिक गरिएको १२ औं जनगणनाको नतिजाले  नेपालका ३४ जिल्लाको जनसंख्या अघिल्लो १० वर्षको तुलनामा घटेको देखाएकाो छ । वि.स. २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर घटेको जिल्लाको संख्या २७ वटा थियो ।  नेपालमा विगत २०५८ देखि २०६८ को अवधिमा वार्षिक औसत १।४० प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ । अन्य लिङ्गी ९लैङ्गिक तथा यौनिक अल्पसंख्यक० को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०।०१ प्रतिशत हो ।

गत दश वर्षको अवधिमा नेपालको जनसंख्या १०।०८ प्रतिशतले वृद्धि भई २६ लाख ७० हजार ०७४ जना व्यक्ति थपिएका छन् । भौगोलिक क्षेत्रअनुसार १० वर्षको अवधिमा हिमाली क्षेत्रमा ०।५ प्रतिशतले जनसंख्या घटेको छ भने पहाडी क्षेत्रमा ३।१९ प्रतिशतले र तराई क्षेत्रमा १७।३८ प्रतिशतले जनसंख्या बढेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढी घटेका ५ जिल्लाहरुमा जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । त्यसमध्ये सबैभन्दा बढी रामेछाप जिल्लामा  वार्षिक जनसंख्या वृद्धिदर १।६७ प्रतिशतले ऋणात्मक रहेको छ । त्यसैगरी  खोटाङमा  १।५६,प्रतिशतले ऋणात्म, मनाङ र भोजपुरमा समान १।३९ प्रतिशतले ऋणात्म र तेह्रथुममा १।३० प्रतिशतले ऋणात्म रहेको छ । 
जनसंख्या वृद्धिदर सबैभन्दा बढी भएको जिल्ला भक्तपुर  हो, जसमा ३।३५ प्रतिशतले जनसंख्या वृद्धि भएको छ ।

यसैगरी रुपन्देहीमा २।३३, चितवनमा २।०७ तथा बाँके र झापामा समान १।९७ प्रतिशतको दरले जनसंख्या वृद्धि भएको छ । हिमाली जिल्लाहरुमध्ये मुगुमा सबैभन्दा बढी ९१।४९ प्रतिशतले० वार्षिक जनसंख्या वृद्धि भएको छ ।

हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर घट्यो 

हिमाल र पहाडको तुलनामा हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर माइनस ०।०५ प्रतिशत छ । २०६८ को जनगणना अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ०।५४ प्रतिशत थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा २०६८ देखि २०७८ को अवधिमा वार्षिक औसत ०।९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भएको पाइएको छ । यो २०५८ देखि २०६८ सालको अवधिको वृद्धिदर ९१।३५ प्रतिशत प्रतिवर्ष० को तुलनामा कम हो । वार्षिक जनसंख्या वृद्धिदरमा  हिमाली क्षेत्रमा ऋणात्मक ९–०।०५ प्रतिशत०, पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ९०।३० प्रतिशत० र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक ९१।५४ प्रतिशत० वृद्धि रहेको छ ।

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३।८४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा २।६१ प्रतिशतले जनसंख्या थप भएको छ । यसैगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशमा धेरै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम तथा बाग्मती र कोशी प्रदेशमा पहिलेकै हाराहारीमा जनसंख्या थप भएको छ ।

प्रदेशगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरुमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १।२४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ०।२५ प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको छ । दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश छजसको जनसंख्या वृद्धिदर १।१९ प्रतिशत छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ । समग्रमा यो जना गणनाले हाम्रो जनसंख्या मा धेरै परिवर्तन भएको देखाएको छ।