• मंगलबार, ११ बैशाख, २०८१
  • १०:२३:४०

कृषिमा ५८ अर्ब बजेट विनियोजन 

  • Netizen Nepal
  • सोमबार, १५ जेठ, २०८०- १८:०७:००/ Monday 05-29-23

नेटिजन संवाददाता 
काठमाडौँ, १५ जेठ ।  सरकारले आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताउनुभएको छ।

यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।