• आइतबार, २८ बैशाख, २०८२
  • ०६:००:४७

नेपाललाई विकाससील देशमा उकाल्न सरकारले बनाइरहेको ‘सङ्क्रमणकालीन रणनीति’मा के छ?

  • Netizen Nepal
  • आइतबार, ७ असोज, २०८०- १५:३६:००/ Sunday 09-24-23

नेटिजन संवाददाता 

काठमाडौँ, ७ असोज । नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा रूपान्तरण गर्नका निम्ति ‘स्तरोन्नती रणनीति’को मस्यौदा तयार भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा उक्त रणनीतिलाई चाँडै मन्त्रिपरिषद्‌को बैठकबाट पारित गरेर कार्यान्वयनमा लगिनेछ। संयुक्त राष्ट्रसङ्घको महासभाले दुई वर्षअघि बाङ्ग्लादेश र लाओससँगै नेपाललाई एलडीसीबाट स्तरोन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो।  

अधिकारीहरूका अनुसार रणनीतिमा नेपाललाई हालको अवस्थाबाट विकासशील राष्ट्रमा उक्ल्याउने चरणमा गर्नुपर्ने कामहरू तथा त्यसबाट हुने फाइदा र घाटाबारे पनि विश्लेषण गरिएको छ। त्यसका लागि विभिन्न अध्ययनहरू पनि भएको र सरोकारवाला पक्षहरूसँग छलफल समेत गरिएको आयोगका अधिकारीहरूले जानकारी दिए।

 

त्योसँगै नेपालले अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा उक्लनका लागि पाँच वर्षको सङ्क्रमणकालीन समय पाएको छ। त्यस्तो समय सन् २०२६ मा सकिँदैछ।

सङ्क्रमणकालमा संयुक्त राष्ट्रसङ्घले नेपालका विभिन्न सूचकाङ्कहरू अनुगमन गरिरहनेछ। सङ्क्रमणकालीन अवधि सकिनुअघि गर्नुपर्ने तयारी र कामलाई मध्यनजर गरेर रणनीति बनाइएको राष्ट्रिय योजना आयोगका अधिकारीहरूले बताएका छन्।

रणनीतिमा के छ?

राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल भूसालले उक्त रणनीतिको मस्यौदा तयार भइसकेको र चाँडै मन्त्रिपरिषद्‌बाट पारित हुने बताए।

उनले भने, “हाम्रो मस्यौदा तयार छ। अब यो चाँडै आउँछ। हाम्रा विज्ञहरूले त्यसलाई अन्तिम रूप दिदैँ हुनुहुन्छ।” उनले कहिलेसम्ममा मन्त्रिपरिषद्बाट पारित भएर उक्त रणनीति कार्यान्वयनमा आउँछ भन्ने ठ्याक्कै मिति भने भन्न नसकिने बताए।

अधिकारीहरूका अनुसार रणनीतिमा नेपाललाई हालको अवस्थाबाट विकासशील राष्ट्रमा उक्ल्याउने चरणमा गर्नुपर्ने कामहरू तथा त्यसबाट हुने फाइदा र घाटाबारे पनि विश्लेषण गरिएको छ। त्यसका लागि विभिन्न अध्ययनहरू पनि भएको र सरोकारवाला पक्षहरूसँग छलफल समेत गरिएको आयोगका अधिकारीहरूले जानकारी दिए।

आयोगको दिगो विकास तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख रहेका र हालै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवका रूपमा सरुवा भएका प्रकाश दाहाल पनि उक्त रणनीतिको मस्यौदा बनाउने क्रममा सहभागी थिए।

उनले दिएको जानकारी अनुसार रणनीतिमा “अहिलेको सङ्क्रणमकालीन अवस्थालाई व्यवस्थापन गर्न र पुन: एलडीसीमा फर्कनुपर्ने अवस्था नबनोस्” भन्ने कुरालाई ध्यानमा राखेर बुँदाहरू तय गरिएको छ।

उक्त रणनीतिमा “कुन मन्त्रालयले कति समयमा के गर्नुपर्छ भन्ने कार्ययोजना” पनि समावेश भएको उनले बताए। उक्त रणनीतिपछि आउने १६औँ योजनामा पनि त्यसका कुराहरूलाई समेट्ने गरी काम भइरहेको योजना आयोगका अधिकारीहरूको भनाइ छ।   

नेपाल विकासशील देश बन्नु भनेको “मगन्ते प्रवृत्तिको अन्त्य” पनि भएको अवस्था हो। “कतिपयले एलडीसीबाट माथि उक्लँदा अनुदान आउँदैन वा अन्य कुरा गर्ने गरेका छन्। त्यसले देशलाई खासै घाटा गर्दैन। अहिले पनि हामीले वर्षको ५ अर्बभन्दा कम मात्र अनुदान पाइरहेका छौँ।”

 

पूर्व पदाधिकारीको सुझाव

एलडीसीबाट उक्लने क्रममा बनाइने रणनीतिले नेपालको भविष्यको खाका कोर्न सक्नुपर्ने र देशको दिगो विकासका लागि भूमिका खेल्ने खालको हुनुपर्ने सुझाव आयोगका एकजना पूर्व उपाध्यक्षले दिएका छन्।

पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले भने, “एलडीसीबाट माथि उक्लनु भनेको हामी गरिब छौँ भन्ने भावनाको अन्त्य हुनु पनि हो त्यसैले अब वैदेशिक लगानी आकर्षित गर्ने खालका नीतिगत र संरचनागत सुधार गर्नुपर्ने हुन्छ।” “त्यसलाई समेट्ने खालको रणनीति हामीले लिनुपर्छ र काम अघि बढाउनु पर्छ।”

उनका भनाइमा नेपाल विकासशील देश बन्नु भनेको “मगन्ते प्रवृत्तिको अन्त्य” पनि भएको अवस्था हो। “कतिपयले एलडीसीबाट माथि उक्लँदा अनुदान आउँदैन वा अन्य कुरा गर्ने गरेका छन्। त्यसले देशलाई खासै घाटा गर्दैन। अहिले पनि हामीले वर्षको ५ अर्बभन्दा कम मात्र अनुदान पाइरहेका छौँ।”

त्यस्तै उनले विश्व ब्याङ्क र एशियाली ब्याङ्कजस्ता निकायले संयुक्त राष्ट्र सङ्घको एलडीसीसम्बन्धी निर्देशनलाई पछ्याएर अनुदान वा ऋण दिने नगरेकाले पनि खासै ठूलो असर नपर्ने उनको भनाइ छ।

एलडीसीबाट माथि उक्लने मापदण्ड

कुनै पनि देशलाई एलडीसीबाट माथि उकाल्नका लागि राष्ट्रसङ्घले केही मापदण्ड तोकेको छ।

त्यस्ता मापदण्डमा राष्ट्रिय प्रतिव्यक्ति आय १,२२२ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने, मानव सम्पत्ति सूचकाङ्क ६६ वा माथि हुनुपर्ने र आर्थिक जोखिम सूचकाङ्क ३२ वा कम हुनुपर्नेलगायत छन्।

नेपाल सन् २०१८ मा पनि राष्ट्रसङ्घको एलडीसीबाट माथि उक्लने सूचीमा परेको थियो। तर त्यसबेला नेपालले सन् २०१५ को भूकम्पलाई कारण देखाउँदै नउकाल्न आग्रह गरेको थियो। 

 हाल नेपाल लगायत विश्वभरिका ४६ मुलुक एलडीसीको सूचीमा रहेका छन्। दक्षिण एशियामा नेपालबाहेक बाङ्ग्लादेश, भुटान र अफगानिस्तान पनि एलडीसी मुलुकको सूचीमा छन्। विश्व ब्याङ्कले सन् २०२० मै नेपाललाई न्यून आय भएको मुलुकबाट न्यून मध्यम आय भएको मुलुकमा उकालिसकेको छ।

 

एलडीसीबाट माथि उक्लन नेपालले सन् २०१५ र सन् २०१८ मा नै लगातार दुईपटक मानव सम्पत्ति सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्कको मापदण्ड पूरा गरेको थियो।

तर प्रतिव्यक्ति आयको मापदण्ड भने अहिले पनि पूरा हुन सकेको छैन। राष्ट्रसङ्घले तीनमध्ये दुई सूचकाङ्क पूरा गर्नेलाई माथि उक्लन सिफारिस गरी गर्ने गरेको छ। नेपाल सन् १९७१ देखि यही सूचीमा रहिरहेको छ।

हाल नेपाल लगायत विश्वभरिका ४६ मुलुक एलडीसीको सूचीमा रहेका छन्। दक्षिण एशियामा नेपालबाहेक बाङ्ग्लादेश, भुटान र अफगानिस्तान पनि एलडीसी मुलुकको सूचीमा छन्। विश्व ब्याङ्कले सन् २०२० मै नेपाललाई न्यून आय भएको मुलुकबाट न्यून मध्यम आय भएको मुलुकमा उकालिसकेको छ।

पाँच वर्षे सङ्क्रणकालमा कुनै कारणवश नेपालका सूचकाङ्क खस्किए भने राष्ट्र सङ्घले आफ्नो नीति परिवर्तन गर्न सक्छ।

एलडीसीबाट हटेपछि नेपाललाई कस्ता प्रभाव पर्नसक्छ?

सङ्क्रमणकालीन रणनीति बनाउने काममा संलग्न भएका दाहालका भनाइमा एलडीसीको हैसियत अन्त्य हुँदा मुख्यत नेपालको व्यापारमा केही प्रभाव पर्ने देखिएको छ।

त्यस्तै नेपालले पाउने अनुदान र आर्थिक एवं प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिमा विभिन्न निकायले गर्ने सहयोगमा पनि असर पर्ने देखिन्छ। यद्यपि त्यो खासै ठूलो नहुने जस्तो देखिएको उनको भनाइ छ।

उनी त्यस्ता प्रभावलाई कम गर्न अवसरका नयाँ ढोकाहरू पनि खुल्ने ठान्छन्। एलडीसीबाट बाहिरिँदा नेपालले हाल अमेरिका, युरोप र अन्य मुलुकहरूमा पाइरहेको भन्साररहित र कोटासहितको निर्यातको अवसर गुमाउनेछ। त्यसको प्रभाव नेपालका केही वस्तुमा पर्ने देखिएको योजना आयोगका अधिकारीहरू बताउँछन्।

त्यसको उदाहरण दिँदै दाहालले भने, “जस्तो दक्षिण एशियाली खुला व्यापार क्षेत्र ‘साफ्टा’को नियम अनुसार कुनै पनि सदस्य मुलुकहरूले ३० प्रतिशत स्वदेशी वस्तु वा सेवाको ‘भ्यालू एड’ गरेर भन्साररहित सुविधामा निर्यात गर्न पाउँछन्।”    

नेपालमा लगानीको वातावरण छ र त्यसको प्रतिफल लान सकिन्छ भन्ने सन्देश जाँदा वैदेशिक लगानी बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ। त्यसले नेपालमा लगानी भित्रिनुको साथै रोजगारी पनि उत्पन्न हुने विज्ञहरू बताउँछन्।

 

“अब त्यो कम्तीमा ४० प्रतिशत हुनुपर्नेछ। त्यसो हुँदा हाम्रोबाट निर्यात हुने मुख्य वस्तु पाम आयल र भटमासको तेल निर्यात हुन नसक्ने अवस्था आउन सक्छ।” यद्यपि नेपाल र भारतबीच द्विपक्षीय व्यापारिक सम्बन्धका आधारमा आयात निर्यात हुने गरेकाले एलडीसीमा हुनु वा नहुनुले कुनै फरक नपार्ने दाहाल बताउँछन्।

नेपाललाई के फाइदा हुन्छ?

रणनीति बनाउने क्रममा गरिएका अध्ययनहरूले नेपाल एलडीसीबाट बाहिरिँदा नेपालले निर्यात व्यापारमा २.८ देखि ४ प्रतिशतसम्म हिस्सा गुमाउने देखाएको उनले जानकारी दिए।

तर त्यसरी व्यापारमा गुमाउने हिस्साभन्दा बढी नेपालले फाइदा लिनसक्ने जानकारहरूको भनाइ छ। नेपालमा लगानीको वातावरण छ र त्यसको प्रतिफल लान सकिन्छ भन्ने सन्देश जाँदा वैदेशिक लगानी बढ्ने सम्भावना रहेको उनीहरूको भनाइ छ। त्यसले नेपालमा लगानी भित्रिनुको साथै रोजगारी पनि उत्पन्न हुने विज्ञहरू बताउँछन्।

त्यसले विश्वमञ्चमा नेपालको हैसियत 'देखिने र सुनिने' बन्न मद्दत पुग्ने र धेरैलाई लगानीका निम्ती नयाँ गन्तव्य बन्ने पूर्व उपाध्यक्ष पोखरेल बताउँछन्।बीबीसी