• शनिबार, १२ श्रावण, २०८१
  • ०१:१६:४४

कुष्ठ रोग विरुद्धको संगठित सफल युद्ध

काठमाडौँ । खुट्टामा फुस्रो दाग देखिएपछि स्वास्थ्य चौकी पुगेका रुपन्देही जिल्ला सम्मरिमाई  गाउँपालिका वडा नं ६ का सम्मरिमाइ ६ ( नाम परिवर्तित्) ले आफुलाई कुष्ठ रोग लागेको थाहा पाउँनुभयो । समाजमा कुष्ठ रोगप्रति मानिसको गलत धारणाको शिकार भइ भेदभाव र उपेक्षामा आफु पनि पर्ने हो कि भन्ने कुराले बेचैन सुरु भयो । उहाँको समस्या धेरै समय लुक्न सकेन । कुष्ठ रोग लागेको थाहा पाएपछि गुजारा टार्दै आएको ज्यामी कामबाट समेत निकालिनुभयो । रोगका कारण आफुलाई सकेसम्म घरभित्रै सिमित गराउन खोज्ने सम्मरिमाई ६ आजभोलि भने निर्धक्कका साथ बाहिर आई आफ्ना समस्याका बारेमा बताउन थाल्नुभएको छ । गाउँमा गठन भएको थु.पिपरहवाँ स्वयं हेरचाह कृषक समुहमा आवद्ध भएपछि  उहाँमा यो परिवर्तन आएको हो ।  

सम्मरिमाई ६ जस्तै कुष्ठ रोग तथा हात्तीपाइलेका कारण घरभित्रै सिमित झन्डै ५३४ जना आजभोलि समाजमा खुल्न थालेका छन्।  पहिलेको तुलनामा आफ्नो मनोबल समेत उच्च भएको उनको  अनुभव छ ।

सम्मरिमाई ६ जस्तै कुष्ठ रोग तथा हात्तीपाइलेका कारण घरभित्रै सिमित झन्डै ५३४ जना आजभोलि समाजमा खुल्न थालेका छन् । विभिन्न सचेतानात्मक कार्यक्रमहरुले मानिसको बुझाइ फेरिंदै गएको छ । पहिलेको तुलनामा आफ्नो मनोबल समेत उच्च भएको सम्मरिमाई ६ को  अनुभव छ । यो परिवर्तन रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका ३३ वटा पालिकामा सञ्चालित आधारभूत स्वास्थ्य परियोजना मार्फत सम्भव भएको हो । फेयर मेड नेपालद्वारा सञ्चालित परियोजनाको उद्धेश्य हात्तीपाइले तथा कुष्ठ रोग लागेर समाजमा उपेक्षामा परेका व्यक्तिहरुलाई सङ्गठित गर्दै बाहिर ल्याउने र सशक्त बन्न प्रेरित गर्ने तथा उनीहरुमा रोगको संक्रमण बढ्न नदिन र अपाङ्गता रोकथामका लागि स्वयं हेरचाह गर्न सिकाउनु थियो ।  

   

विश्व स्वास्थ्य संगठनले २० किसिमका रोगहरुलाई उपेक्षित उष्ण प्रदेशीय रोगको सुचिमा राखेको छ । नेपालमा भने तीमध्ये अहिलेसम्म पत्ता लागेको १० किसिमका रोगहरु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रमाणित गरि सुचिकृत गरेकोे छ । २०१९ देखि सुरु भएको परियोजनाले उपेक्षित उष्ण प्रदेशीय रोगको रुपमा चिनिने कुष्ठ रोग तथा हात्तीपाइलेलाई प्राथमिकतामा राखी यी रोगबाट सबैभन्दा बढी प्रभावित क्षेत्र अध्ययन गरी कार्यक्रम सञ्चालन गरिएको फेयर मेडका गुणस्तर सुधार र अनुगमन विशेषज्ञ विपिन थापाले जानकारी दिनुभयो ।  

पहिलो चरणमा प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशसंँगको सहकार्यमा उपेक्षित उष्ण प्रदेशिय रोगहरु बारे तालिम निर्देशिका तयार गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई तालिम दिइएको थियो । स्थानीय तहहरुमा तालिम दिने प्रशिक्षक उत्पादन गर्नका लागि उनीहरुलाई तालिम दिइएको बताउँदै थापाले भन्नुभयो, ’हामीले उहाँहरुलाई  तालिम दियौं, उहाँहरुले स्वास्थ्य  स्वयंसेविका लगायतलाई सिकाउनुभयो र तालिम दिनुभयो ।’ तालिममा रोगको निदान, उपचार पद्धति, अशक्तता छ भने त्यसलाई व्यवस्थापन गर्ने तरिका, साधारण र जटिल अवस्था तथा रिफरलजस्ता विषयहरु समेटिएको थियो । त्यसपछि जहाँ जहाँ हात्तीपाइले तथा कुष्ठ रोग प्रभावितहरु धेरै छन् त्यहाँ उनीहरुलाई संगठित गर्दै स्वयं हेरचाह कृषि समूह गठन गरी तीन दिनको तालिम सञ्चालन गरिएको थियो ।  

पहिलो दिनमा आफुलाई लागेको रोग, लक्षण तथा उपचार पद्धतिका बारेमा जानकारी पाएको सम्मरिमाई -६ बताउँनुहुन्छ । दोस्रो दिन उनीहरुलाई लागेको रोग औसधि खाएर निको हुन्छ तर सरसफाई गरिएन भने अङ्गभङ्ग र अपाङ्गतासमेत हुन सक्ने कुरामा सचेत गराउँदै यसबाट बच्न स्वयं हेरचाह गर्न सिकाइएको थियो । तेस्रो दिन समूहको आवश्यता, समूहमा बसेर गर्न सकिने कामहरु र फाइदाका बारेमा जानकारी दिइएको थियो ।  

समुदायमा लुकेर बसेका तथा उपेक्षामा परेका व्यक्तिहरुलाई समूहमार्फत सामाजिक पुन:स्थापाना गर्न सजिलो भएको थापा बताउँनुहुन्छ । स्थानिय निकायसंग छलफल गरी हात्तीपाइले तथा कुष्ठ रोग लागेका मानिसहरुको पहिचान गरी घरदैलो कार्यक्रममार्फत सम्झाइ बुझाइ गरेपछि मात्र उनीहरुलाई समूहमा जोड्न सकिएको उहाँको अनुभव छ ।  

तीन दिने तालिम पश्चात मासिक बैठक बस्ने , स्वयं हेरचाह गर्न सिकाउने तथा प्रेरित गर्ने, उनीहरुले हेरचाहका काम गरेका छन् कि छैनन्, घाउ तथा स्वास्थ्य अवस्था चेक जाँच  गर्नुका साथै समाजमा नखुलेका हात्ती पाइले र कुष्ट रोगका बिरामीहरुहरुको घरमा पुगेर समूहमा जोड्ने कामले उनीहरुलाई समस्यासंग जुध्न र सामाजिक पुन:स्थापनामा मद्धत पुगेको थापा बताउँहुन्छ । स्वयं हेरचाह समूहलाई कृषि शाखामा दर्ता गरी आधिकारिक बनाउने काम समेत भएको छ । पछिल्लो समयमा शिवराज नगरपालिका, वाणगङ्गा नगरपालिका , शुद्धोधन गाउँपालिका, समरीमाई गाउँपालिका जस्ता स्थानिय निकायहरुले समूहका लागि रकम निष्काशन गरेका छन् । जसबाट स्थानिय सरकारको प्राथमिकतामा पर्न नसकी ओझेलमा परेका यी विषयहरुमा ध्यानाकर्षण हुन थालेको प्रष्ट हुने उहाँको धारणा छ । 

स्वयं हेरचाह कृषक समूहलाई कृषि शाखाले पनि साथ् दिंदै मल बिउ उपलब्ध गराउने तथा शाखाले आयोजना गरेको कृषिसम्बन्धि विभिन्न तालिमहरुमा समूहका व्यक्तिहरुको पनि सहभागिता गराउने काम गरेको छ । थापाका अनुसार स्थानिय निकायले पनि औपचारिक रुपमा चिनोस र उपलब्ध गराउने सेवा सुविधाको बाटो खुलोस भनेर पनि संस्था दर्ता गरिएको हो ।   

समाजबाट समेत उपेक्षामा परेका उनीहरुआर्थिक कारोबार गर्न सक्ने भएका छन्। स्वयं हेरचाह कृषि समूहमा मासिक रुपमा केही रकम बचत गर्ने र थप नयाँ सदस्यहरुलाई लगानी उपलब्ध गराउने अभ्यास उनीहरुमा बसेको छ । 

समाजबाट समेत उपेक्षामा परेका उनीहरु अहिले बैंक खाता खोल्ने तथा स्वयं हेरचाह कृषि समूहमा पनि बचत तथा आर्थिक कारोबार गर्न सक्ने भएका छन् । सुरुवातमा परियोजनाले प्रत्येक समुहलाई जीविकोपार्जन र आकस्मिक उपचारका लागि ७० हजार पुँजी जम्मा गरिदिएको थियो । त्यसपछि उनीहरुले सो कोषको प्रयोग विभिन्न आर्यआर्जनका काममा गर्दै आएका छन् । त्यति मात्र होइन, उनीहरु अहिले मासिक रुपमा केही रकम बचत गर्ने र थप नयाँ सदस्यहरुलाई लगानी उपलब्ध गराउने अभ्यास पनि बसेको छ । 

सम्मरिमाई ६ ले थु.पिपरहवाँ स्वयं हेरचाह कृषक समुहमार्फत ४० हजार ऋण लिएर एउटा दुहुनो भैंसी किन्नुभएको थियो ।  भैंसीको दुध बेचेर घर खर्च चलाउन तथा किस्ता तिर्न सजिलो भएपछि उहाँले  थप २० हजार ऋण लिएर बाख्रा पालन पनि सुरु गर्नुभयो । यी कामहरु गर्दा आफु पहिलेजस्तै स्वस्थ भएको अनुभव हुने उहाँ बताउँनुहुन्छ । 

३० जना सदस्य रहेको थु.पिपरहवाँ कृषक समुहले ७ हजार पूँजीबाट शुरु गरेको कोषलाई अहिले विस्तार गर्दै  ७ लाख रुपैयाँसम्म पुर्याएको छ । बचत भएको रकमबाट सदस्यहरुलाई ६ लाख रुपैयाँ कर्जा दिएको छ । कर्जा लिएका  १५ जनाले गाई, भैंसी, बाख्रा तथा बंगुर पालन, तरकारी खेती, पसल, सिलाई कटाईजस्ता आर्थिक क्रियाकलापहरु गर्दै आएका छन् । कर्जा लिएका मध्ये अधिकांश कुष्ठ रोग तथा हात्तिपाइले रोगबाट प्रभावितहरु छन् । 

३० जना सदस्य रहेको थु.पिपरहवाँ कृषक समुहले ७ हजार पूँजीबाट शुरु गरेको कोषलाई अहिले विस्तार गर्दै  ७ लाख रुपैयाँसम्म पुर्याएको छ । बचत भएको रकमबाट सदस्यहरुलाई आर्थिक क्रियाकलापका लागि ६ लाख रुपैयाँ कर्जा दिइएको छ । कर्जा लिएका मध्ये अधिकांश कुष्ठ रोग तथा हात्तिपाइले रोगबाट प्रभावितहरु छन् ।

विभिन्न व्यवसायमार्फत ती व्यक्तिहरुको समाजका अन्य व्यक्तिहरुसंग भेटघाट र अन्तरक्रिया हुने वातावरण मिलेको छ । जसले गर्दा हात्तीपाइले तथा कुष्ठ रोगप्रति समाजका गलत अवधारणाहरु समेत चिरिंदै गएका छन् । साथै कार्यक्रम सञ्चालन भएपछि यी रोगका नयाँ संक्रमितहरु घटेको तथा रोग लागेका व्यक्तिहरु पनि थप संक्रमित हुने तथा नयाँ अपाङ्गताका घटनाहरु कम भएको थापाको भनाई छ ।   

अहिले हेरचाह समूहले मासिक बैठक बस्ने, स्वास्थ्यसम्बन्धि विभिन्न विषयमा जानकारी गराउने, आय आर्जनका कामहरु सञ्चालनका लागि पुँजीलाई परिचालन गर्ने कामहरु हुने गरेको छ । यी क्रियाकलापहरुले रोग लागेका व्यक्तिहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन समेत आएका छन् । हेरचाह मात्रै गरेर पनि सङ्क्रमितहरु हात्तीपाइले र कुष्ठरोगको सम्भावित जोखिमबाट बच्न सफल भएका छन् ।

खुट्टा सुन्निएर, घुँडा, हात जस्ता शरीरका विभिन्न अंगमा घाउ भई समस्यामा परेका व्यक्तिहरुलाई पनि स्वयं हेरचाहका कारण पहिले भन्दा निको  भएको थापाको भनाइ छ । जुन अपाङ्गता हुनबाट जोगिएको संकेत हो । अहिले प्रभावित व्यक्तिहरुको  आर्थिक सुधारका कारण दिनचर्या सहज मात्र भएको छैन, आत्मबल समेत बढेको छ । ’लुकेर बसेका मानिसहरु खुलेर बाहिर आउन सक्नु पनि ठुलो परिवर्तन हो’, थापा भन्नुहुन्छ ।  हाल  कार्यक्रम सञ्चालन भएका ३३ पालिकाका ४२ ओटा कृषक समूहमा आबद्ध  १ सय ८ जना सदस्यहरु विभिन्न आय आर्जनका काममा संलग्न भएका छन् ।