• शनिबार, १२ असोज, २०८१
  • ०५:२८:४८

आजको मौसम: मुसलधारे वर्षा

 

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै विभागले शुक्रबार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे  वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका  १-२ स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।