• शनिबार, १२ असोज, २०८१
  • ०७:०३:४६

यस्ता छन् क्याल्सियमको कमि हुँदा निम्तने समस्याहरु

काठमाडौँ। क्याल्सियम शरीरको लागि निकै नै महत्वपूर्ण पोषक तत्व हो। यसले हाम्रो दाँत र हड्डीलाई स्वस्थ राख्न मदत गर्छ। शरीर र मांशपेशीका लागि पनि क्याल्सियम उत्तिकै महत्वपूर्ण छ। क्याल्सियमले शरीरमा रगत जम्न दिंदैन। यसका साथै यसको शरिरिको वृद्धि र विकासमा पनि ठुलो भूमिका निर्वाह गर्दछ। शरीरमा क्याल्सियमको कमि हुँदा हाइपोग्लाइसेमिया, ओस्टियोपोरोसिस र अन्य धेरै स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ। 

क्याल्सियमको कमीले निम्तने समस्याहरु 

क्याल्सियमको कमीले रक्तचाप, मांसपेशी र जोर्नी दुख्ने, दाँत दुख्ने, छाला सुख्खा हुने, नङ नरम हुने र भाँचिने जस्ता समस्याहरु निम्त्याउछ। शरीरमा क्याल्सियमको कमिले मुटु रोग, हृदयघात, मष्तिस्कघातको जोखिम बढाउँछ। शरीरमा क्याल्सियमको कमि हुन नदिन आहारमा दुध, दहि, पनि, हरिया सागसब्जी सामेल गर्नुपर्छ।

क्याल्सियम किन महत्वपूर्ण

एक अध्ययनका अनुसार एक स्वस्थ बयस्क व्यक्तिका लागि कम्तिमा पनि १ हजार मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ। यो उमेर, लिङ्ग अनुसार फरक फरक हुन्छ। स्मरण रहोस,पुरूषको तुलनामा महिलालाई बढी क्याल्सियमको आवश्यकता पर्छ। दुध तथा दुग्धजन्य पदार्थहरु क्याल्सियमको सबैभन्दा राम्रो स्रोत हो। यद्धपी कतिपयलाई दुध मन नपर्ने र दुधको एलर्जी हुने समस्या हुन्छ। यस्ता छन क्याल्सियमका अन्य प्रमुख स्रोतहरु 

ड्राई फ्रुट्स

ड्राई फ्रुट्स क्याल्सियमको राम्रो स्रोतहरुमध्ये एक हो। बदाममा सबैभन्दा बढी क्याल्सियम पाइन्छ। अध्ययनका अनुसार एक कप बदाममा लगभग ३८५ मिलिग्राम क्याल्सियम पाइन्छ। बदाम फाइबर, म्याग्नेसियम र भिटामिन ई को पनि राम्रो स्रोत हो।

हरिया सागसब्जी 

क्याल्सियमको अर्को ठुलो स्रोत हरियो पत्तेदार सागसब्जीहरु जस्तै, पालक, मेथी, रायो हुन्। हरिया सागपातमा भिटामिन ए, भिटामिन के, भिटामिन ई, भिटामिन सी, बीटा क्यारोटिन, फोलेट, भिटामिन बी१, बी२, बी३, बी५ र बी६ पनि प्रशस्त हुन्छ।

सिमी र दाल

सिमी र दालमा धेरै पौष्टिक तत्व पाइन्छ। यसमा फाइबर, क्याल्सियम, प्रोटिन, म्याग्नेसियम, फोलेट, जिंक र पोटासियम प्रशस्त मात्रामा पाइन्छ। यसमा पाइने पौष्टिक तत्वले पाचन क्रियालाई सुधार्नुका साथै हाम्रो ऊर्जा स्तरलाई पनि बढाउँछ।

बीउ

बीउमा क्याल्सियम सहित अन्य धेरै पोषक तत्वहरू प्रशस्त हुन्छन्। तिलको बीउ क्याल्सियमको उच्च स्रोत हो। लगभग १०० ग्राम तिलले क्याल्सियमको दैनिक आवश्यकताको लगभग ९५ प्रतिशत पूर्ति गर्छ। चिया, फर्सी र लगभग सबै प्रकारका बीउहरूमा म्याग्नेसियम,  फलाम, फस्फोरस, जिंक र सेलेनियम हुन्छ।