• शनिबार, १२ असोज, २०८१
  • ०७:०४:५५

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी  तथा आफूलाई वित्तिय संस्थाको अन्यायविरुद्धको अभियान्ताका रुपमा चिनाएका दुर्गा प्रसाईंलाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।  प्रसाई बिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको थियो । यस बारेमा थप अनुसन्धानका लागि प्रहरीले अदालतको आदेश माग गरेकोमा  गत असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको थियो ।

प्रसाईलाई  अघिल्लो हप्ता नै पक्राउ  गर्ने तयारीका साथ उनको घर छेउमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । तर उनलाई आइतबार मात्र पक्राउ गरिएको हो ।