• शुक्रबार, १२ पौष, २०८१
  • ०५:०६:५९

मलाई कोरियाले उद्यमी बनायो

४५ लाख रुपैयां लगानी गरेर व्यवसाय शुरुवात भयो , हालसम्म १ करोड रुपैयांको लगानी भैसकेको छ ।

काठमाडौं। स्याङ्जा जिल्लामा मध्यम वर्गिय परिवारमा जन्मिएर बाल्य अवस्थामानै स्थान्तरण भएर रुपन्देही जिल्लाको तिलोत्तमामा वाल्यकाल बित्यो । पिताजीको भारतमा गएर सामान्य पेशामा आवद्ध हुनुभएकोले हाम्रो परिवारको दैनिक जिवन चल्यो ।


त्यस पश्चात परिवारले निर्वाहमूखी कृषिमा पसिना बगाएर हाम्रो ६ जनाको परिवारको दैनिकी चलेको थिया । म सानो उमेर देखिनै मेहनेत गर्नु पर्छ भन्ने धारणा राख्दथें र विभिन्न विषयहरुमा जिज्ञाशा लिने गर्थे । कहिले काही परिवारमा आर्थिक अभावका कारण हुने झगडाहरुले मन खिन्न बनाउँदथ्यो । आर्थिक अवस्था सबल भएमा परिवारमा खासै ठूलो समस्या आउंदैन होला भन्ने लाग्दथ्यो ।

    विभिन्न आर्थिक तनावका कारण दैनिकी गुजारिरहेको मेरालागि पहिलो पटकको भाषा परीक्षामा सफल हुन सकिन् । तनावकै बीच दोश्रो पटकको भाषा परीक्षामा सामेल भएर सफल भएँ । भाषा परीक्षामा सफल भएता पनि कोरियाको रोजगार दाताको छनौटमा पर्न सकिन । जिवनमा आईपरेका एक पछि अर्को असफलताले गर्दा समाजले मलाई हेर्ने हेराई, परिवारका सदस्यको अप्रत्यक्ष गुनासो आदिले खाडी मुलुक तिर जाने योजना बनाएं ।

ठूलो परिवार चलाउनका लागि एक जनाको कमाईले सम्भव हुँदैन भन्ने शिक्षा मैले सानैबाट पाएं । आर्थिक अभावका कारण माध्यामिक तह सम्मको अध्ययन गरे पश्चात सानो व्यवसाय गर्दै अध्ययनलाई निरन्तरता दिन हाउस वायरिङको काम थालनि गरें ।

घरहरुमा वायरिङको कामका साथ साथै विद्युतका सामान बेच्नका लागि परिवारका सदस्यसंग रु ६०,००० लिएर विद्युतका सामाग्रीहरु बेच्न श्री गणेश ईलेक्ट्रोनिक नामक कम्पनी स्थापन गरी व्यवसाय शुरु गरें । सामान खरिद गर्नका लागि थप आवश्यक लगानी गर्ने क्षमता नभएको, नगदमा किनेको सामान लामो समयसम्म उधारोमा उपलव्ध गराउनुपर्ने बाध्यता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा व्यवसायको शुरुवाती चरणमानै संकट आईलाग्यो ।

नयाँ रोजगारको अवसर नभएको र नजिकैका साथि भाईको सल्लाह अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने योजना बनाएं। खाडी, मलेसिया लगायतका मुलुकमा राम्रो पारिश्रमीक नभएको, युरोप लगायतका अन्य मुलुक जानका लागि ठूलो लगानी लाग्ने बुझेको थिएं । साथीको सल्लाह अनुसार वैदेशिक रोजगारीका लागि राम्रो आम्दानी गर्न सक्ने देश दक्षिण कोरियानै हो भन्ने थाहा पाएं । वैदेशिक रोजगारीमा कोरिया जान कोरियाली भाषा पास गरेपश्चात न्युन लागतमा जान सकिन्छ भन्ने थाहा भयो ।

विभिन्न आर्थिक तनावका कारण दैनिकी गुजारिरहेको मेरालागि पहिलो पटकको भाषा परीक्षामा सफल हुन सकिन् । तनावकै बीच दोश्रो पटकको भाषा परीक्षामा सामेल भएर सफल भएँ । भाषा परीक्षामा सफल भएता पनि कोरियाको रोजगार दाताको छनौटमा पर्न सकिन । जिवनमा आईपरेका एक पछि अर्को असफलताले गर्दा समाजले मलाई हेर्ने हेराई, परिवारका सदस्यको अप्रत्यक्ष गुनासो आदिले खाडी मुलुक तिर जाने योजना बनाएं ।

सोही समयमा कोरियाको रोजगारीबाट फर्किएर आर्थिक अवस्था सवल बनाएका साथीको सल्लाह अनुसार पुनः कोरियाली भाषा परीक्षामा सामेल भई सफल हुने मौका मिल्यो । सन २०१४ मा कोरिया जाने मेरो ईच्छा साकार भयो । परिवारको आर्थिक वाध्यता, नेपालमा व्यवसाय गर्दा लागेको ऋण चुक्ता गर्नुपर्ने वाध्यता आदिले गर्दा जस्तो सुकै अवस्थामा श्रम गर्न सक्छु भन्ने मनोबल लिएर कोरिया पुगें ।

     कोरियामा रहंदानै फुर्सदको समयलाई सदुपयोग गर्दै नेपाल फर्किए पश्चात गर्न सकिने सम्भावीत व्यवसायको वारेमा अध्ययन गर्दै योजना बनाउने र भविष्यमा व्यवसायनै गर्छु भन्ने तयारीका साथ नेपाली साथीहरुसंग भेटघाट गर्ने व्यवसायिक सल्लाह लिएर समयको सदुपयोग गरे । नेपालको प्रमुख मिडियामध्ये कान्तिपुर टेलेभिजनबाट प्रसारण हुने व्यवसायसंग सम्वन्धित कार्यत्रमहरु हेर्ने युटुबबाट हुने विभिन्न व्यवसायसंग सम्वन्धित प्रसारण सामग्रीहरु हेरेर व्यवसायिक ज्ञान लिए ।

कोरिया बसाईका क्रममा शुरुवाती चरणमा पैसा मात्र कमाउन पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । विस्तारै नेपालमा फर्किएर व्यवसाय गरेर रोजगारी सृजना गर्नुपर्छ भन्ने तिर मोडें । कोरियामा रहंदा भाषिक ज्ञानको कमी, सांस्कृतिक भिन्नता आदिको सामान गर्दै विताएं । कहिले काही कोरिया पुगेका साथीहरुले आत्महत्या गरेका घट्नाहरु सुन्दा मन दुखी बनाउंथ्यो ।

परिवारका सदस्यहरुले पनि कोरिया गएका अन्य साथीहरुले यति रकम पठाए, घर घडेरी किनिसके, यसो गरे, त्यसो गरे भनेर तुलना गर्दा पनि दुखीत नै बनायो । कोरियामा कार्यरत नेपालीहरुले राम्रो पारिश्रमीक पाउँछन् भन्ने बुझेका केहि जल विद्युत क्षेत्रका व्यवसायीहरु कोरिया भ्रमणका बेला हौसिएर लगानी गरेका केहि कम्पनीको लगानी डुवि सक्यो । जिवन एक सिकाई र भोगाई, अनि परीक्षण नै हो भन्ने कुरा कोरिया पुगे पश्चात राम्रोसंग प्रमाणित भयो ।

मेरो बुझाईमा कोरियामा कार्यरत नेपाली साथीहरुले कृषि, पशुपालन क्षेत्रमा नजिकबाट अध्ययन गर्ने, अनुभव गर्ने अवसर प्राप्त गर्दछन् तर अन्य क्षेत्रहरुमा त्यति सहज हुँदैन् भन्ने लाग्छ । भाषाको राम्रो ज्ञान भएका, अनुशासित तथा मेहनेतीहरु थोरैले व्यवस्थापकिय भूमिका सम्वन्धमा नजिकबाट अनुभव गर्ने अवसर भने प्राप्त गर्दछन् ।

मैले कोरियामा कार्यरत हुँदा व्यवस्थापकिय अनुभवलाई नजिकबाट अनुभव गर्ने अवसर प्राप्त गरें । हाम्रो कम्पनीमा उत्पादित सामानहरु विश्व बजारमा विक्रि हुने गर्दथ्यो । बजारसम्म पुग्नका लागि हुने विभिन्न चरणहरुमा कुशल कार्य सम्पादन गर्ने कर्मचारी छनौट, मानवसंसाधन लगायतका पक्षले व्यवसाय सहज रुपमा अगाडी बढाउन भूमिका खेल्छन भन्ने ज्ञान प्राप्त भयो ।

विभिन्न विभागहरुले आआफ्नो भूमिका निभाउँदा मात्र व्यवसाय सफल हुने आधार तय हुन्छ भन्ने लाग्दथ्यो । कामदारको हकहीत, वीमा, पारीश्रमिक तथा अन्य सेवा सुविधाले पनि व्यवसायमा सफलता हात पार्न महत्वपूर्ण भूमिका खेल्ने बारेमा बुझे । व्यवसायिक सफलताको लागि पुजीं मात्र नभै अनेकन पद्धतिहरूको महत्वपूर्ण भूमीका हुने रहेछ भन्ने बुझे ।

कोरियामा रहंदा नै फुर्सदको समयलाई सदुपयोग गर्दै नेपाल फर्किए पश्चात गर्न सकिने सम्भावीत व्यवसायको वारेमा अध्ययन गर्दै योजना बनाउने र भविष्यमा व्यवसायनै गर्छु भन्ने तयारीका साथ नेपाली साथीहरुसंग भेटघाट गर्ने व्यवसायिक सल्लाह लिएर समयको सदुपयोग गरे । नेपालको प्रमुख मिडियामध्ये कान्तिपुर टेलेभिजनबाट प्रसारण हुने व्यवसायसंग सम्वन्धित कार्यत्रमहरु हेर्ने युटुबबाट हुने विभिन्न व्यवसायसंग सम्वन्धित प्रसारण सामग्रीहरु हेरेर व्यवसायिक ज्ञान लिए । त्यसैगरी ख्याती प्राप्त सफल व्यक्तिहरुको आलेख पनि अध्ययन गरें र नेपाल फर्किने निर्णय गरे ।   

  यस्तै मानव संशोधन विभागले कामदारको क्षमता वृद्धिको लागि तालिम दिएको छ । त्यसैगरी आईटी विभागले आफ्नो विभाग अन्तर्गत काम गरिरहेको छ । यसरी व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्दा दिगो हुनुको साथै टिममा काम गर्दा सकारात्मक उर्जाको साथै समय सापेक्ष रुपमा व्यवस्थापन भएको छ । मैले अन्य पोर्टफोलियो पनि समानस्तर रुपमा अगाडी बढाएको छु । एउटै क्षेत्रमा लगानी गर्दा त्यस क्षेत्रमा मन्दि आएमा, व्यवसाय संकटमा पर्न सक्ने भएकोले, कोरियाली भाषा सिकाउने, फाष्टफुड, सेयर बजार जस्ता क्षेत्रमा समेत लगानी बढाएको छु ।

सन् २०१९मा नेपाल फर्किएर केहि समय बजार सम्वन्धि अनुशन्धान गरेर सन् २०२० बाट फर्निचर उद्योगको स्थापना गरें । साथसाथै ईन्टेरियर व्यवसाय पनि सञ्चालनमा ल्याएको छु । हालका दिनसम्म व्यवसायले जस्तो किसिमको अवस्थामा आउनु पर्ने थियो सोहि गन्तव्य तर्फ लम्किरहेको छ भन्ने लागेको छ । कम्पनिको शुरुवाती चरणमा ४५ लाख रुपैयां लगानी गरेर व्यवसाय शुरुवात भयो र हालसम्म १ करोड रुपैयांको लगानी भैसकेको छ । हाम्रो उद्योगबाट उत्पादित सामानहरु नेपालका विभिन्न क्षेत्रमा उपलव्ध हुन्छन् ।

हामीले केहि वर्ष भित्रमा नेपालभरी उत्पादन पुग्नेगरी व्यवसायलाई अगाडी बढाएका छौं । कोरियाबाट सिकेको व्यवसायिक ज्ञानले उद्योग व्यवस्थापन गर्नका लागि सकारात्मक भूमिका खेलेको छ भन्ने लाग्दछ । म दोश्रो पटक पनि कोरिया गएर सजिलै पैसा कमाउन सक्ने थिएं तर म जस्ता अन्य धेरै साथीहरुलाई एक पटक कोरियाको अनुभव गराउनका लागि तथा भविष्यमा नेपालका लागि केहि योगदान गर्न सक्छन भन्ने लागेर नेपालमानै बस्ने योजना बनाए ।

हाल हाम्रो उद्योगमा २० जना कामदारले प्रत्यक्ष रोजगारी पाईरहेका छन् । भविष्यमा व्यवसाय विस्तार गर्दै जाने धेरै व्यक्तिलाई रोजगारी दिने योजना रहेको छु । हाम्रो बजार व्यवस्थापन विभागले उत्पादन तथा सेवालाई नेपालभर सेवा दिनका लागि शाखा विस्तार लगायतका योजना बानएर काम गरिरहेको छ । वित्तीय व्यवस्थापन विभागले कम्पनीको आर्थिक स्रोत साधन जुटाउने तथा व्यवस्थापन गर्ने काम गरिरहेको छु ।

यस्तै मानव संशोधन विभागले कामदारको क्षमता वृद्धिको लागि तालिम दिएको छ । त्यसैगरी आईटी विभागले आफ्नो विभाग अन्तर्गत काम गरिरहेको छ । यसरी व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्दा दिगो हुनुको साथै टिममा काम गर्दा सकारात्मक उर्जाको साथै समय सापेक्ष रुपमा व्यवस्थापन भएको छ । मैले अन्य पोर्टफोलियो पनि समानस्तर रुपमा अगाडी बढाएको छु । एउटै क्षेत्रमा लगानी गर्दा त्यस क्षेत्रमा मन्दि आएमा, व्यवसाय संकटमा पर्न सक्ने भएकोले, कोरियाली भाषा सिकाउने, फाष्टफुड, सेयर बजार जस्ता क्षेत्रमा समेत लगानी बढाएको छु ।

त्यसैगरी व्यापार ईकोसिष्टम अन्तर्गत प्लाइ, हार्डवेयर्स स्टोर, पुराना फर्निचर विक्रि तथा मर्मत केन्द्र लगायतका व्यवसायिक टिम बनाएर सञ्चालन गरिरहेको छु । सोही अनुरूप प्लाई पोइन्ट नेपालले प्लाई तथा हार्डवेयर सामग्रीहरू फर्निचर उद्योगलाई बिक्री गरिरहेको छ । 

 नेपालमा व्यवसाय गर्नका लागि प्रशासनिक झण्झटबाट मात्र छुट्करा पाएमा व्यवसाय गर्नेहरूका लागि सकारात्मक सन्देश मिल्ने थियो भन्ने लाग्दछ । सरकारी पक्षबाट व्यवसाय सञ्चालन शुरुवाती चरणमा व्यवसाय अनुसारका तालिम प्रशिक्षण आदिको व्यवस्था भएमा अझै केहि गर्न सकिन्छ भन्ने लाग्दछ ।

उद्योगबाट उत्पादित मोडुलर फर्निचरले आवास तथा अफिसमा आन्तरिक सजावटको रुपमा सेवा दिँदै बिक्री गरिरहेको छ । त्यस्तै पुराना फर्निचर बिक्री गर्न चाहनेहरुका लागि लाइक न्यूले खरिद तथा बिक्री समेत गरिरहेको छ । कम्पनीमा हाल २० जनालाई प्रत्यक्ष र ४० भन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारी उपलव्ध गराएको छ । लाखबाट शुरुवात भएको कम्पनी करोडोमा पुगेको छ ।  

कम्पनीको उत्पादनलाई आफ्नै मौलिक ब्रान्ड बनाएर नेपालभर फिजाउने योजना अनुसार काम गरिरहेको छ । कम्पनीका लागि आवश्यक केहि थान अत्याधुनिक मेसिन खरिदको प्रक्रियाअघि बढेको छ । आर्थिक मन्दीको असरलाई पनि न्युनिकरण गर्दै व्यवसायिक योजना तय गरेका छौ । वैदेशिक रोजगारबाट फर्किएका वा नेपालमै रहेर व्यवसाय गर्न चाहने युवालाई हाम्रो कम्पनीमा जोडिएर वा आफै उद्यमी बन्न खोजेमा साथ सपोर्ट गर्ने छौ । म जस्तै विगतमा पैसा र समय खर्च गरेर सिकेको कुराहरु केही गर्न चाहने युवालाई निःशुल्क रुपमा अनुभव साट्न तयार रहेको छु ।

विगतमा मलाई लाग्थ्योकी, ममा धेरै कुराको ज्ञान छ र अन्य व्यक्तिहरुले त्यति बुझेका हुंदैनन् । तर आज मलाई थाहा भएको विषय वान एण्ड आर्मीको मानशिकता लिएर सबै क्षेत्र एक्लैले सम्हाल्न सकिंदैन । मेरो व्यवसायमा कामदारको व्यवस्थापन, मेसिन सञ्चालनको व्यवस्थापन, बजारको व्यवस्थापन, आर्थिक पक्षको व्यवस्थापनका लागि फरक टीम परिचालन गर्नुपर्छ भन्ने थाहा भयो ।

नेपालमा व्यवसाय गर्नका लागि प्रशासनिक झण्झटबाट मात्र छुट्करा पाएमा व्यवसाय गर्नेहरूका लागि सकारात्मक सन्देश मिल्ने थियो भन्ने लाग्दछ । सरकारी पक्षबाट व्यवसाय सञ्चालन शुरुवाती चरणमा व्यवसाय अनुसारका तालिम प्रशिक्षण आदिको व्यवस्था भएमा अझै केहि गर्न सकिन्छ भन्ने लाग्दछ ।(शिव पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।