• आइतबार, २३ भदौ, २०८१
  • ०५:१७:१४

नेपाली आकाशमा ६९ वर्षमा ६९ हवाइ दुर्घटना, किन हुन्छन् हवाइ दुर्घटना ? 

मानविय क्षति हुने गरी पहिलो पटक सन १९५५ मा कालिङ्गा एयरलाइनको विमान सिमरामा दुर्घटना भएको थियो ।

काठमाडौँ । नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो।  त्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ ठूलासाना दुर्घटनामा सयौँको ज्यान गएको छ।साउन ८ गते विहान ११ बजेर ११ मिनेटमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।  विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए, जसमध्ये पाइट मनिषरत्न शाक्य बाहेक सबै जनाको मृत्यु भएको छ । 

नेपालमा हावाइ यातायात सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा हवाइ दुर्घटना भएका छन् । आज भएको  सौर्य एयरको विमान दुर्घटना नेपाली आकाशमा घटेको ६९ विमान दुर्घटना हो । नेपाली आकाशमा घटेका साना( ठुला हवाइ दुर्घटनामा ९ सय १८ जना ज्यान गएको छ।

विश्वभर हुने हवाइ दुर्घटनाको रेकर्ड राख्ने संस्था ब्युरो अफ एयरक्रफ्ट एक्सिडेन्ट अर्काइभ (विविएए)  का  अनुसार  मानविय क्षति हुने गरी  पहिलो पटक सन १९५५ मा कालिङ्गा एयरलाइनको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । सन् १९५५ भएको यो हवाई दुर्घटना यता  सन् २०२४ सम्म आई पुग्दा ६९ वर्ष नै हुन्छ । यो अवधिमा ६९ वटा विमान दुर्घना भएका छन् ।  

विविएएका अनुसार नेपालमा भएका ६९ हवाइ दुर्घटना मध्ये सबै भन्दा बढी मानविय क्षति सन् १९९२ मा ललितपुरको भट्टे डाँडा नजिक  पाकिस्तान इन्टरनेशन एयरलाइन्सको एयरबस ए ३०० विमान दुर्घटनामा भएको थियो । उक्त  दुर्घटनामा १ सय ६७ जनाको ज्यान गएको थियो । 
साउन ९ गते विहान   त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा  सौर्य एअरलाइन्सको  विमान दुर्घटनामा  परी १८ जनाको मृत्यु भएको छ । धेरै जसो विमान दुर्घटानमा खराब मौसम र पर्याप्त मौसमी सूचनाको अभाव मानिएता पनि आजको दुर्घटना हुदा मौसममा कुनै समस्या देखिएको थिएन । नेपाली आकाश सुरक्षित नरहेको भन्दै अन्तार्राष्ट्रियस्तरमा समेत नेपाल कालो सूचीमा परिरहेको बेला यस किसिमका दुर्घटनाले हाम्रो उडानको सुरक्षा माथि अर्को प्रश्न खडा गरिदिएको छ । विगतमाम भएमा धेरै हवा दुर्घटनामध्ये केहि ठुला हवाई दुर्घटनाको विवरण यस्तो छ ः  

  • सेप्टेम्बर २००६ ( सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा। हर्क गुरुङ, डा। सीबी गुरुङ, तीर्थमान मास्के
  • अक्टोबर २००८ ( लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • अगस्ट २०१० ( काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • सेप्टेम्बर २०१० ( हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डूनजिकै दुर्घटनाग्रस्त
  • डिसेम्बर २०१० ( लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • सेप्टेम्बर २०११ ( हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्तस नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • मे २०१२ ( भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ ( काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • फेब्रुअरी २०१४ ( पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • जुन २०१५स् सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मे २०१५ ( भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्तस छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • फेब्रुअरी २०१६ ( पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मार्च २०१८ ( बाङ्ग्लादेशबाट नेपाल आएको यूएस(बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ ( गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • फेब्रुअरी २०१९ ( एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • एप्रिल २०१९( सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • मे २०२२ ( पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटना 
  • जनवरी २०२३ मा यति एयरलाइन्सको विमान पोखरा एयरपोर्टमा दुर्घटना हुँदा ७२ यात्रुको मृत्यु भएको थियो ।
  • २४ जुलाई २०२४ मा काठमाडौ विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जना यात्रुको मृत्यु भएको छ ।