• शुक्रबार, २८ भदौ, २०८१
  • ०२:३८:३२

कुन प्रदेशको मौसम कस्तो छ ?

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

मधेस प्रदेशको १-२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।