• बुधबार, २ असोज, २०८१
  • ०७:५२:००

सुनको मूल्य उकालो लाग्यो

     काठमाडौँ । पहेलो धातु सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु. ३ हजारले वृद्धि भएको छ ।  शुक्रबारतय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय पुगेको छ । 

बिहीबार छापावाला सुन मूल्य प्रतितोला रु. १ लाख ५३ हजार ३ सयमा कारोबार भएको  थियो । बिहीबार प्रतितोला रु. १ हजार ७ सय ९५ मा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि रु. १ हजार ८ सय ६०  निर्धारण भएको छ ।