• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:२२:०३

के माकुरा पनि मान्छेझै निदाउँछन् ! 

  • Netizen Nepal
  • बिहीबार, २६ श्रावण, २०७९- १५:३५:००/ Thursday 08-11-22

नेटिजन संवाददाता 
काठमाडौँ, २६ साउन। यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ । 

भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उनको टोली पुगेको छ । त्यसलाई मानवको निद्राजस्तै भएको उनीहरूले बताएका छन् । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उनीहरूको निचोड छ ।

अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरे नगरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक रोस्लरले बताउनुभएको छ । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।

प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेलापरेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउँछिन् । कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उनको ठहर छ । 

माकुराको निद्राको चक्र अन्य जीवसँग तुलाना गर्न कठिन हुने उनको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् ।