• शुक्रबार, ७ मङ्सिर, २०८१
  • ०९:४०:०८

३ महिनामा ४ खर्ब ७ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो  ३ महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपियाँ पुगेको छ ।


अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) रू ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।