• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०४:०७:३५

दासका लागि स्थापित देश

काठमाडौं। निर्णयको समर्थनमा दासत्व विरोधी र दासत्व उन्मूलनवादीको फरक फरक धारणा थिए र पनि इतिहासमा लाइबेरिया स्थापनाको पाना लेखिन असम्भव देखिन्थ्यो । सम्भवतः यसको सबैभन्दा ठूलो चुनौती जीवन्त रहनु थियो तर एक पटक विचारले डोर्‍याएपछि योजना बने र कार्यान्वयन अगाडि बढ्यो अनि दासका लागि जमिन खरिद गरेर नयाँ देश विश्व मानचित्रमा देखा पर्‍यो ।


अश्वेतहरू कैयौँ पुस्तादेखि अमेरिकी भूमिमा दास जीवन व्यतीत गरिरहेका थिए । उनीहरूलाई आफ्ना पूर्वज अफ्रिकाको कुन ठाउँबाट आएका हुन्समेत थाहा थिएन । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनभन्दा पनि पहिलेका राष्ट्रपति जेम्स मुनरो र केही सामन्तले अमेरिकी भूमिमा रहेका अश्वेत दासलाई स्वतन्त्रताका नाममा अफ्रिकामा बस्ने व्यवस्था मिलाउने कोसिस सुरु गरे ।  

वास्तवमा इस्वी संवत्को १९ औँ शताब्दीको सुरुका वर्षमा अमेरिकी नेताहरूका अगाडि सबैभन्दा ठूलो प्रश्न थियो, दासत्वका बारेमा के गर्ने ? के दासत्वलाई निरन्तरता दिने वा अमेरिकामा यसलाई उन्मूलन गर्ने ? प्रश्न सबैका अगाडि थियो । दास भएका र नभएका अश्वेत मानिसमुक्त देश अमेरिका एकैसाथ हुने हो कि ? यदि  अमेरिकाले दासत्व उन्मूलन गर्‍यो भने स्वतन्त्र भएका अश्वेत महिला, पुरुष र बालबालिका त्यहीँ रहने हुन् वा अन्यत्र जाने हुन् ? यी प्रश्नसमेत ज्वलन्त थिए । 

 

जसका लागि पश्चिम अफ्रिकी क्षेत्रलाई चयन गरियो तर त्यहाँ अमेरिकासँग जमिन थिएन । विभिन्न उपाय गरेर जमिन हासिल गरियो र दासहरूका लागि नयाँ बसोबासको क्षेत्र बनाइयो– ल्यान्ड अफ लिबरेसन अर्थात् लाइबेरिया । राष्ट्रपति मुनरोको योगदान भनेर लाइबेरियाको राजधानी उनकै नामबाट मुनरोविया राखियो । लाइबेरियाको झण्डासमेत अमेरिकाको झण्डासँग मिल्दोजुल्दो बनाइएको थियो, जुन अद्यापि छ । 

अफ्रिकामा लाइबेरिया देश अस्तित्वमा आउनुपहिले त्यस क्षेत्रमा विभिन्न अफ्रिकी जनजातिको बसोबास रहेको थियो । अफ्रिकी अमेरिकी दासका लागि तीमध्ये दिओला जनजातिबाट जमिन खरिद गरियो, मात्र तीन सय अमेरिकी डलरमा करिब ६० हजार बिघा जमिन खरिद गरिएको थियो । हालको लाइबेरियाको राजधानी मुनरोविया वरिपरिको जमिन त्यही हो ।   

वास्तवमा इस्वी संवत्को १९ औँ शताब्दीको सुरुका वर्षमा अमेरिकी नेताहरूका अगाडि सबैभन्दा ठूलो प्रश्न थियो, दासत्वका बारेमा के गर्ने ? के दासत्वलाई निरन्तरता दिने वा अमेरिकामा यसलाई उन्मूलन गर्ने ? प्रश्न सबैका अगाडि थियो । दास भएका र नभएका अश्वेत मानिसमुक्त देश अमेरिका एकैसाथ हुने हो कि ? यदि  अमेरिकाले दासत्व उन्मूलन गर्‍यो भने स्वतन्त्र भएका अश्वेत महिला, पुरुष र बालबालिका त्यहीँ रहने हुन् वा अन्यत्र जाने हुन् ? यी प्रश्नसमेत ज्वलन्त थिए । 

त्यतिबेलाका धेरैजसो श्वेत मानिस मुक्त गरिएका अश्वेत अमेरिकीलाई उपनिवेशीकरणका माध्यमबाट अफ्रिका पठाइनुपर्ने मतमा थिए । त्यसपछि सन् १८१६ बाट सुरु भएर राष्ट्रपतिद्वय जेम्स मुनरो र एन्ड्रु ज्याक्सनको सक्रियता तथा समर्थनबाट अन्ततः स्वतन्त्र अमेरिकी अश्वेतलाई अफ्रिकी भूमिमा बसाउने योजना अगाडि बढ्यो । यो सबै घटना हुँदा अमेरिकामा दास उन्मूलन भएको थिएन, त्यसको ५० वर्षपछि मात्र त्यहाँ दास उन्मूलन गरिएको थियो । प्रारम्भिक छलफल सुरु भएर त्यसले पूर्ण कार्यान्वयनको रूप लिने बेलासम्म तीन दशक बित्यो र सन् १८४७ मा लाइबेरिया देश अस्तित्वमा आयो । 

लगभग दुई सय वर्षपहिले सन् १८२० जनवरी ३१ मा पुरुष, महिला र बालबालिका गरी ८८ जना अफ्रिकी–अमेरिकी त्यस्तो यात्रा र सपनाका लागि न्युयोर्कको बन्दरगाहमा पानीजहाज चढे, जसले अफ्रिकामा एक उपनिवेश क्षेत्र सिर्जना र त्यहाँ पक्षपातबिना जीवनयापनको प्रत्याभूति दिने थियो । आधिकारिक रूपमा ती यात्री श्रमिक थिए ।

अवैध रूपमा दास बोकेका पानीजहाजबाट मुक्त गराएर मातहतमा ल्याइएका दासलाई बसोबासका लागि बस्ती निर्माण गर्नुपर्ने जिम्मेवारी उनीहरूलाई दिइएको थियो तर हरेक व्यक्ति पानीजहाज भाडामा लिने अमेरिकन कोलोनाइजेसन सोसाइटी (एसिएस) देखि अमेरिकाका राष्ट्रपति जेम्स मुनरोसम्मलाई के थाहा थियो भने यस कार्यमा लागेकाहरू सबै उपनिवेशवादी हुन् र भरोसाको भूमि खोज्दैछन् । 

यसमा समस्या थियो, अझ भनौँ अनेक समस्यामध्येको एक ठूलो समस्या– उनीहरूसँग अझै पनि बस्ती बसाउनका लागि तोकिएको जमिन थिएन । उनीहरूलाई बेलायती उपनिवेश सियरा लियोनको भूमिमा टेक्न एक महिनाभन्दा अलि बढी समय लाग्यो । सोसाइटीलाई पश्चिम अफ्रिकामा भूमि सुनिश्चित गर्न केही वर्ष समय लगायो ।     

 दास उन्मूलनवादीले चाहिँ यसलाई मुक्तिको मार्गका रूपमा व्याख्या गरे । कतिसम्म भयो भने दासत्व उन्मूलनवादी केही कट्टरपन्थी श्वेत मानिसले उपनिवेशीकरणको कुरा आउँदा सुरुमा दासका मालिकको कुरामा समर्थन जनाए किनभने उनीहरूले ठाने मुक्त भएका अश्वेतले अमेरिकामा कहिल्यै समानता प्राप्त गर्ने छैनन्, बरु उनीहरू अफ्रिकी भूमिमा बस्न गए बढी स्वतन्त्र र सुरक्षित हुने छन् । 

 

तर दुई वर्षपहिले नै अमेरिकी सरकारका एक एजेन्ट समुद्री तटबाट लगभग २४० किलोमिटर पर उनीहरूका लागि जमिन खरिद गर्न सफल भइसकेका थिए । त्यो पनि हत्कण्डा अपनाएर किनिएको थियो । युरोपेलीले किङ पिटर नामले चिन्ने गरेका स्थानीय नेताको कन्चटमा बन्दुक तेस्र्याएर जमिन कौडीको मूल्यमा लिइएको इतिहासमा उल्लेख छ । जेहोस् सन् १८२१ मा सोसाइटीले पश्चिम अफ्रिकाका स्थानीय नेतासँग कुरा मिलाएर केप मेसुराडोमा उपनिवेश स्थापना गर्न सम्झौता गर्‍यो ।

सम्झौता गरिएको भूमि ५८ किलोमिटर लामो र करिब पाँच किलोमिटर चौडा थियो । जमिन सुनिश्चित गरेपछि सोसाइटीले त्यहाँ मानिस पठाउन सुरु गर्‍यो । ४० वर्षमा अमेरिकाबाट १२ हजार मुक्त अश्वेत दासलाई लाइबेरियामा बसोबास गराइयो । त्यतिबेला एउटा कुरा के पनि उठ्यो भने आफ्नो मातृभूमि अफ्रिका जाने भएमा मात्र अश्वेतले दासत्वबाट मुक्ति पाउने छ तर त्यसो भएन । 

एकै पटक धेरै दासलाई नयाँ भूमिमा पठाइएन । सन् १८२२ अप्रिलमा केही अग्रणी परिवार, जसमा हालसालै आइपुगेका व्यक्तिहरू पनि थिए, ले नयाँ भूमिमा आआफ्नो घर बनाउन थाले । नयाँ भूमिमा नयाँ जीवन सुरु गरेका उनीहरूलाई आफ्नो स्वतन्त्रता घोषणा गर्न र गणतन्त्र लाइबेरिया स्थापना गर्न २५ वर्ष लाग्यो । समग्रमा भन्नु पर्दा लाइबेरियाको स्थापनाले उनीहरूको मात्र होइन अमेरिका, अफ्रिका र एटलान्टिक संसारको इतिहाससमेत बयान गर्दछ । त्यसबेलाका सङ्घर्ष, दास–मालिकहरूको हैकम, राजनीति, उपनिवेशको स्वरूप र स्वार्थ सबै कुराको वर्णन लाइबेरियाको इतिहासले गर्दछ । 

लाइबेरिया स्थापनाको विषय मूलभूत रूपमा अमेरिकाको अगाडि आइपरेको ठूलो समस्या– मुक्त अश्वेत दासहरूको व्यवस्थापनसँग जोडिएको थियो । दासका मालिकले मुक्त अश्वेत जनसङ्ख्यालाई ठूलो खतराका रूपमा हेरे ।

अमेरिकी समाजमा उनीहरूको खुला उपस्थितिले दासत्वको औचित्य नभएको देखायो र मालिकहरूलाई दास विद्रोहको डरले सताउन थाल्यो । यस बारेमा दुविधामा परेका धेरैजसो श्वेत मानिस मुक्त भएका अश्वेतको बढ्दो जनसङ्ख्याले भयभीत पनि थिए तथा उनीहरूलाई बेकार र हानिकारक मान्दथे । अमेरिकाको समृद्धि, सुरक्षा र संस्कृतिमा यी अश्वेतलाई उनीहरूले खतराका रूपमा हेर्न थाले । 

यस्तो पूर्वाग्रही धारणाले अफ्रिकी–अमेरिकी उपनिवेशीकरणको विचार प्रस्फुटन हुन र त्यसमा व्यापक समर्थन जुट्न सहयोग पुग्यो । दासका मालिकले के ठाने भने प्रवासन भए पनि दासत्व  सुरक्षित रहने छ । दास उन्मूलनवादीले चाहिँ यसलाई मुक्तिको मार्गका रूपमा व्याख्या गरे । कतिसम्म भयो भने दासत्व उन्मूलनवादी केही कट्टरपन्थी श्वेत मानिसले उपनिवेशीकरणको कुरा आउँदा सुरुमा दासका मालिकको कुरामा समर्थन जनाए किनभने उनीहरूले ठाने मुक्त भएका अश्वेतले अमेरिकामा कहिल्यै समानता प्राप्त गर्ने छैनन्, बरु उनीहरू अफ्रिकी भूमिमा बस्न गए बढी स्वतन्त्र र सुरक्षित हुने छन् ।  

अमेरिकी क्रान्तिपछिका दशकमा उपनिवेशीकरण योजनाको कुनै कमी थिएन । अफ्रिकी–अमेरिकी उपनिवेश बसाउन प्रस्तावित स्थानहरू पश्चिम अमेरिका, हैटी, क्यानडा र अफ्रिकाका अनेक क्षेत्र थिए । पछि अफ्रिकामा ‘अधर्मी’ अफ्रिकीमाझ इसाई धर्म प्रचारमा ठूलो योगदान गर्न सक्ने उत्तम मिसिनरी अफ्रिकी–अमेरिकीहरू हुने विश्वास गर्दै इसाई प्रचारवादी पक्षधरको समेत ध्यान आकर्षित भयो तर धेरैजसो योजना चाँडै विफल भए । 

यसबीच मुक्त भएका अश्वेत दासले अमेरिकालाई अस्थिर बनाउने कुरामा विश्वास गर्ने भर्जिनियाका राजनीतिज्ञ चाल्र्स फेन्टन मर्सरले सन् १८१६ मा अश्वेत प्रवासीको उपनिवेश बस्ती बसाउन राजनीतिक, धार्मिक र न्यायिक उच्च वर्गको सहयोग प्राप्त गर्न अभियान चलाउन थाले ।   

अमेरिकाको सामाजिक अवस्था ठूलो उथलपुथलमा थियो । श्वेत र अश्वेतका पक्ष विपक्षको चर्चा परिचर्चा जहाँतहीँ भएर एकखालको अस्थिर वातावरणबीच सोसाइटी गठन भएको मात्र तीन हप्ता के भएको थियो अश्वेत अभियन्ताले फिलाडेल्फियामा प्रदर्शन आयोजना गरे । जसमा करिब तीन हजार मानिस सहभागी भए । त्यसपछि उत्तरी क्षेत्रबाट मुक्त भएका १३८ अश्वेत दासलाई मात्रै सन् १८२० देखि १८३० सम्ममा लाइबेरिया लैजाने भइयो ।

 

डिसेम्बरसम्म यिनीहरूले मिलेर ‘अमेरिकन सोसाइटी फर कोलोनाइजिङ दी फ्री पिपल अफ कलर अफ दी युनाइटेड स्टेट्स’ गठन गरे । जुन पछि ‘अमेरिकन कोलोनाइजेसन सोसाइटी’ कहलियो । यस सोसाइटीलाई सुरुमा समर्थन गर्नेमा अमेरिकाका दुई राष्ट्रपति जेम्स म्याडिसन र जेम्स मुनरो पनि थिए ।

दास प्रथाप्रति विभाजित देशमा व्यापक जनसमर्थन सुनिश्चित गर्नका लागि सोसाइटीले उत्तरदेखि दक्षिण पश्चिमको प्रतिनिधित्व हुने गरी १३ जना उपाध्यक्ष चयन गर्‍यो । उनीहरूमा मुक्त भएका अश्वेत दास तथा दासत्व उन्मूलनका बारेमा विविध खालका विचार थिए । आफ्नो प्रयत्नमा सोसाइटीले अनेक खालको प्रतिरोध र असफलतासमेत बेहोर्नु पर्‍यो तर यसको सामूहिक शक्तिले नतिजा दियो । 

सन् १८१९ मा मर्सरले कंग्रेसबाट एउटा विधेयक पारित गराए । जसले अफ्रिकामा अश्वेत दासका लागि उपनिवेश स्थापना गर्न सङ्घीय सरकारलाई अधिकार प्रदान गर्‍यो र त्यसका लागि एक लाख डलर बजेट व्यवस्था गर्‍यो ।  

अमेरिकाको सामाजिक अवस्था ठूलो उथलपुथलमा थियो । श्वेत र अश्वेतका पक्ष विपक्षको चर्चा परिचर्चा जहाँतहीँ भएर एकखालको अस्थिर वातावरणबीच सोसाइटी गठन भएको मात्र तीन हप्ता के भएको थियो अश्वेत अभियन्ताले फिलाडेल्फियामा प्रदर्शन आयोजना गरे । जसमा करिब तीन हजार मानिस सहभागी भए । त्यसपछि उत्तरी क्षेत्रबाट मुक्त भएका १३८ अश्वेत दासलाई मात्रै सन् १८२० देखि १८३० सम्ममा लाइबेरिया लैजाने भइयो । ती वर्षमा दक्षिणी क्षेत्रका १,१९९ अश्वेत दासलाई अमेरिका छोड्ने शर्तमा मुक्त गरियो । 

एक सफल व्यापारी पल कफेले कैयौँ अफ्रिकी–अमेरिकीलाई सियरा लियोन पुर्‍याउन आफ्नो धन र सम्बन्धको प्रयोग गरेका थिए तर यसमा बेलायत त्यति खुसी थिएन । सियरा लियोनमा उसको उपनिवेश थियो । सियरा लियोनलाई पनि बेलायती परोपकारी मानिसले अश्वेत बेलायतीलगायत अश्वेत अमेरिकीलाई बसाउन सन् १७८७ मा स्थापना गरेका थिए ।

लाइबेरियामा अमेरिकाबाट ल्याइएका दासको जनसङ्ख्या बढ्दै जाँदा सन् १८३० को दशकमा अमेरिकामा दासत्व उन्मूलनको विषयले झनै जोर पकड्यो । लाइबेरिया जानेहरूको सङ्ख्या बढ्न थाल्यो । यसबीच आफूहरूलाई लाइबेरिया पठाउन नपाइने भन्दै आन्दोलन गर्ने अश्वेतहरूको कमी पनि थिएन । प्रायः श्वेतले चाहिँ सबै अश्वेत लाइबेरिया जाऊन् भन्ने चाहन्थे । न्युयोर्क, केन्टकी, मिसिसिपी राज्यहरूले त अफ्रिकी–अमेरिकी अश्वेतलाई बसाउन लाइबेरियाको तटीय भागमा छुट्टै उपनिवेश क्षेत्र नै बनाए । सबैभन्दा सफल उपनिवेश मिसिसिपीको भयो ।   

 बिगौते दूधमा पाइने ती पोषक र यौगिकमा पाइने तत्वमा इम्युनोग्लोबुलिन्स (एन्टिबायोटिक्स), सेता रक्तकोष, भिटामिन ए, म्याग्नेसियम, कपर, जिङ्क, ग्रोथ फ्याक्टर तथा जीवन वृद्धिका लागि अत्यावश्यक अन्य प्रकारका यौगिक हुन् । विशेषज्ञहरू भन्छन्, यी सबैले मिलेर शरीरको प्रतिरक्षा प्रणाली र आन्द्राको संरचना निर्माण र तिनलाई बलियो बनाउने काम गर्छन् ।

 

समग्रमा भन्नु पर्दा मुक्त गरिएका दासहरूको बसोबाससँगै एक देशको स्वरूप लाइबेरियाले लिन थाल्यो । सन् १८२६ मा नयाँ भूमिले लाइबेरिया नाम पायो । त्यहाँ विद्यालय, पुस्तकालय, छापाखाना खोलिए । बजार बनाइए र व्यापार हुन थाल्यो । अमेरिकाको भर्जिनियाका जोसेफ रोबर्ट्स १८४१ मा लाइबेरिया उपनिवेशका प्रथम अश्वेत गर्भनर नियुक्त गरिए । त्यसपछि सन् १८४७ मा लाइबेरियाले स्वतन्त्रता हासिल गर्‍यो । यस अनुसार अफ्रिकामा स्वतन्त्रता प्राप्त गर्ने लाइबेरिया पहिलो उपनिवेश भयो ।

तबदेखि अमेरिकन कोलोनाइजेसन सोसाइटीको नियन्त्रण लाइबेरियामा गुम्यो तर अमेरिकाले लाइबेरियालाई तत्कालै मान्यता दिएन, अमेरिकन गृहयुद्ध भइरहँदा सन् १८६२ मा अमेरिकाले लाइबेरियालाई मान्यता दिएको थियो । त्यसै वर्ष वासिङ्टन डिसीमा दासहरूले स्वतन्त्रता पाए र कंग्रेसले लाइबेरिया वा मध्य अफ्रिका गएर बस्न चाहनेका लागि बजेट विनियोजनसमेत गरेको थियो ।

सुत्केरी हुँदा सुरुका दिनमा मानिस र अन्य स्तनधारी जीवबाट उत्पादन हुने दूधलाई ‘तरल सुन’ भनिएको छ । 

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको पोषण विभागमा कार्यरत सहप्राध्यापक डा. जेनिफर स्माइलोवेत्सले बिगौते दूध पोषक तत्वले परिपूर्ण हुने भएर मात्र होइन त्यस दूधमा पोषण महत्व नराख्ने केही यस्ता सक्रिय जैविक यौगिकसमेत हुन्छन् जसले वास्तवमा सुरक्षा कवचको काम गर्छन् भनेकी छन् । यही भएर बिगौते दूध ‘तरल सुन’ हो । 

बिगौते दूधमा पाइने ती पोषक र यौगिकमा पाइने तत्वमा इम्युनोग्लोबुलिन्स (एन्टिबायोटिक्स), सेता रक्तकोष, भिटामिन ए, म्याग्नेसियम, कपर, जिङ्क, ग्रोथ फ्याक्टर तथा जीवन वृद्धिका लागि अत्यावश्यक अन्य प्रकारका यौगिक हुन् । विशेषज्ञहरू भन्छन्, यी सबैले मिलेर शरीरको प्रतिरक्षा प्रणाली र आन्द्राको संरचना निर्माण र तिनलाई बलियो बनाउने काम गर्छन् ।(उमेश ओझाद्वारा विभिन्न स्रोतबाट अनुवादित तथा सम्पादित ) युवामञ्च  ।