• आइतबार, ७ पौष, २०८१
  • ०६:५२:४१

पुष १ गते : नेपालको लोकतन्त्रका लागि कालो दिन

काठमाडौँ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो ।


नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गर्नुभएको थियो ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।

आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।

पुष १ गते लाई किन कालो दिन  भन्छि ? 
नेपाली कांग्रेसले गरेको बिद्रोहबाट राणा शासन ढलेपछि वि.स. २००७ सालमा अन्तरिम संविधान बनाइयो र यसैबाट राजकाज चल्यो । यसमा २ वर्षभित्र संविधान सभाको चुनाव गराई त्यस अनुसार नयाँ संविधान निर्माण गरिने भनी उल्लेख थियो । दुई वर्षभित्रै विधान सभाको चुनाव हुन नसकेपछि राजा त्रिभुवनले ९ पटकसम्म अन्तरिम संविधान संशोधन गरी  कार्यकारी, व्यस्थापिका तथा न्यायपालिकाका सम्पूर्ण अधिकार आफूमा निहित गरेर शासन सञ्चालन गरे ।

वि.स. २०१० साल माघ ७ गते को संविधान संसोधनमा श्री ५ बाट राजकीय शक्ति र विशेषाधिकार प्रयोगको व्यवस्था गरिएको थियो ।  त्यहीबाट जनतामा सार्वभौम अधिकार दरबारमा स्थानान्तरित भई राजा त्रिभुवन निरङ्कुशतातिर  लागेको पाइन्छ । वि.स. २०११ साल फागुन ३० गतेमा राजा त्रिभुवनको निधनपछि महेन्द्रले राजाको पद  धारण गरे पछि संविधान सभाको चुनाव गराउन आलटाल गरेका थिए ।  उनले २०१२ साल वैशाख १ गते  पाँच जनाको परामर्शदात्री समिति गठन गरे, जसले राजालाई  सल्लाह दिने काम गर्दथ्यो, जसको माध्यमबाट राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेका थिए । 

वि.स. २०१० साल माघ ७ गते को संविधान संसोधनमा श्री ५ बाट राजकीय शक्ति र विशेषाधिकार प्रयोगको व्यवस्था गरिएको थियो ।  त्यहीबाट जनतामा सार्वभौम अधिकार दरबारमा स्थानान्तरित भई राजा त्रिभुवन निरङ्कुशतातिर  लागेको पाइन्छ । वि.स. २०११ साल फागुन ३० गतेमा राजा त्रिभुवनको निधनपछि महेन्द्रले राजाको पद  धारण गरे पछि संविधान सभाको चुनाव गराउन आलटाल गरेका थिए ।  उनले २०१२ साल वैशाख १ गते  पाँच जनाको परामर्शदात्री समिति गठन गरे, जसले राजालाई  सल्लाह दिने काम गर्दथ्यो, जसको माध्यमबाट राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेका थिए । 

वि.स. २०१२ साल माघ १३ गते टङ्कप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाइ उनैलाई प्रयोग गरेर राज्यसत्ताको शक्ति आफूतर्फ तान्ने चाल  चाल्न थाले ।  उनले प्रधानमन्त्रीलाई शाही घोषणामा विधान सभाको चुनाव गराउने भनिए पनि यो कानुन नबनी कुनै गजेटमा प्रकाशित नभएकाले यसले वैधता लिन पाउँदैन भनी भन्न लगाए । यसका विरुद्ध बिपी कोइरालाले सर्वोच्च अदालतमा रिट दायर गरे तर उक्त रिट अदालतले खारेज  गरिदियो । 
यसपछि वि.पि.  महेन्द्रवीचको टकराब  झन् बढ्यो । यसैवीच राजाले २०१४ असोज पूर्णिमाका दिन एकै पल्ट संसद्को चुनाव हुने घोषणा गरे ।  संसद्को चुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याई वि.पि.को नेतृत्वमा  २०१६ असारमा पहिलो जननिवाचित सरकार गठन भयो । 

आमचुनावमा विजयी कांग्रेसले आफ्ना संसदीय दलका नेतामा बिपीलाई चयन गरिए पनि राजा महेन्द्रले शपथ ग्रहण गराउन  आलटाल गरेका कारण चुनाव सम्पन्न भएको करिब तीन महिनापछि २०१६ जेठ १३ गते मात्र वि.पि.को शपथ भएको थियो ।  बिपीको सरकार गठनपछि क्रान्तिकारी रूपमा समाजवादी कार्यक्रम लागु गर्न थाले । सर्वप्रथम सामन्ती व्यवस्थाको रूपमा रहेको बिर्ता तथा जमिनदार प्रथा अन्त्य गरी वैज्ञानिक भूमिसुधार, सहकारी ऐन ल्याए । वनजङ्गलको राष्ट्रियकरण एवं राज्य रजौटाको उन्मूलन गरे । 

बिपीको अग्रसरता र लोकप्रियता बाट महेन्द्र मुरमुरिएका थिए ।  यसपछि  देशभित्रै बिपी सरकारको विरुद्धमा राजा ठाउँ ठाउँमा भाषण गर्न थाले । योगी नरहरिनाथले गोरखामा जनतालाई भड्काइरहेका थिए । कर्मवीर महामण्डल नामक संस्थाद्वारा भड्काउने काम भइरहेको थियो ।

 असंलग्न परराष्ट्रनीतिको पालना गरी चीन र भारतसित समदुरीका आधारमा नयाँ व्यवस्था लागु गरे । २०१६ सालमै संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिई विश्व राजनीति सम्बन्धबारे लामो व्याख्यान दिए । बिपीको अग्रसरता र लोकप्रियता बाट महेन्द्र मुरमुरिएका थिए ।  यसपछि  देशभित्रै बिपी सरकारको विरुद्धमा राजा ठाउँ ठाउँमा भाषण गर्न थाले । योगी नरहरिनाथले गोरखामा जनतालाई भड्काइरहेका थिए । कर्मवीर महामण्डल नामक संस्थाद्वारा भड्काउने काम भइरहेको थियो ।

नुवाकोटमा किसानले सामन्त धनीविरुद्ध सङ्घर्ष चलाए । बझाङमा स्थानीय रजौटाहरूले सरकारद्वारा पारिवारिक राज्य अदालत उन्मूलन अध्यादेश २०१६ साल चैत १ गते जारी गरेको विरोधमा बझाङ्गी राजाका छोरा ओम जङ्गबहादुर सिंहका समर्थकले सरकारबाट जिल्ला अदालतका लागि न्यायाधीयमाथि नै आक्रमण गरे । यसका विरुद्ध सरकारले प्रहरी पठाएर विद्रोहीलाई शान्त पारे ।

वि.स.२०१६ चैतमा राजा महेन्द्रले उपप्रधानमन्त्री सुवर्णशमशेरलाई लिएर विदेश भ्रमणमा निस्के । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान लगायतका देश भ्रमण गरेर चार महिनापछि नेपाल फर्के । यी सबै भ्रमणबाट नेपाल फर्किएको ठिक एक महिनापछि २०१७ पुस १ गतेका दिन  प्रजातन्त्रको अन्त्य गरी निरंकुश पंचायतको शुरुवात गरे । यस दिन बिपी कोइरालालाई, तरुण दलको सम्मेलनमा सैनिक प्रमुखलाई पठाएर सबै नेता र कार्यकर्ता गिरफ्तार गरी जेल हाले । पुस २१ गते संसदीय बहुदलीय प्रजातन्त्र खारेज गरी निर्दलीय पञ्चायती व्यवस्था लादे । सबै प्रजातन्त्रवादीलाई जेलमा हाली मुलुकलाई अन्धकारतर्फ धकले ।  

 पाँच वर्षका लागि जनताद्वारा निर्वाचित सरकारलाई १८ महिनामै विघटन गरी राजा महेन्द्रले  पुस १ को घटना  रचेका थिए । जननिर्वाचित सरकारलाई अपदस्त गरी निरंकुश पंचायती शासन शुरु गरे, जुन ३० वर्षसम्म चल्यो ।  त्यसैले  पुस १ गतेलाई कालो दिन मानिन्छ ।