• बिहीबार, ४ पौष, २०८१
  • ०४:५८:५८

गुगल सर्च ट्रेन्ड: २०२४ को प्रमुख खोजीमा के के थिए?

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गुगलले सन् २०२४ भरमा सबैभन्दा बढी खोजिएका विषयहरूको प्रतिवेदन सार्वजनिक गरेको छ। गुगल सर्चमा विश्वभरका प्रयोगकर्ताले विभिन्न विषयहरूको खोजी गरेका छन्, जसमा खेलकुद, राजनीति, प्रविधि, मनोरञ्जन र खाना जस्ता विधाहरू प्रमुख छन्।


यो वर्षको प्रमुख ट्रेन्डहरूमा कोपा अमेरिका, डोनाल्ड ट्रम्प, आइफोन १६, माइक टाइसन र भाइरल क्युकम्बर सलादजस्ता बिषय रहेका छन्। सर्च ट्रेन्डको अध्ययनले देखाउँछ कि धेरै प्रयोगकर्ताले खेलकुद, मनोरञ्जन र सास्कृतिक घटनाहरूमा चासो राखेका छन्।

भारतको सर्च ट्रेन्डमा प्रमुख रूपमा इन्डियन प्रेमियर लिग, टी-ट्वान्टी विश्वकप र भारतीय जनता पार्टीसम्बन्धी विषयहरू थिए। त्यसैगरी, भारतमा सबैभन्दा बढी खोजिएको विषय वायु प्रदूषण र तापमान वृद्धि जस्ता वातावरणीय समस्यासम्बन्धी रहेको छ। भारतीय सेलेब्रिटीहरूमा कुस्तीबाज विनेश फोगट र मुकेश अम्बानीकी नवविवाहित बुहारी राधिका मर्चेन्टका बारेमा पनि धेरै खोजी गरिएको देखिन्छ।

सांगीतिक समूह ‘वान डिरेक्सन’का गायक लियाम पेनको निधन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती युवराज्ञी क्याथरिन एलिजावेथ मिडलटन पनि गुगल सर्च ट्रेन्डमा समावेश भएका छन्।

नेपालका लागि, गुगल सर्च ट्रेन्डमा सन्दीप लामिछाने, सगरमाथा, काठमाडौं र नेपालका प्रमुख चाडपर्वका बारेमा धेरै सर्च भएको थियो।

गुगलले विभिन्न देशका सर्च ट्रेन्डहरूलाई विश्लेषण गर्दा नेपालका बारेमा समावेश नगरे पनि, अन्य सञ्चार माध्यमहरूले जनाएका छन् कि नेपालमा पनि खेलकुद, पर्यटन र चाडपर्वका विषयमा उच्च चासो देखिएको छ।

सन् २०२४ का सर्च ट्रेन्डहरूमा विविध चासो र जिज्ञासा प्रतिबिम्बित भएको छ, जसले प्रयोगकर्ताहरूको प्राथमिकता र चासोहरूको बारेमा रोचक जानकारी प्रदान गरेको छ।