प्रभु बैंकद्वारा स्वचालित काउन्टर सेवा शुभारम्भ
- नेटिजन संवाददाता
- शुक्रबार, १९ पौष, २०८१- १२:३६:००/ Friday 01-03-25
काठमाडौं । प्रभु बैंकले ‘प्रभु डिजिटल क्युब’ नामको नयाँ स्वचालित काउन्टर सेवा सुरु गरेको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै ग्राहकलाई थप सहज सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो ।
ग्राहकले यस काउन्टरबाट बैंकिङ सेवाहरू जस्तोसुकै समयमा प्राप्त गर्न सक्नेछन् । काउन्टरले नगद जम्मा गर्ने, चेक जम्मा गर्ने, खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने लगायतका सेवा उपलब्ध गराउनेछ । एटीएम र किओस्क मेसिनमार्फत पनि नगद जम्मा र निकासी गर्न सकिने सुविधा रहेको छ ।
प्रभु बैंकले यो सेवा अहिले बबरमहलस्थित मुख्य कार्यालयबाट सुरु गरेको छ र निकट भविष्यमा अन्य स्थानहरूमा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।