• शुक्रबार, १ चैत, २०८१
  • ०४:१२:२७

क्रियटरका लागि मेटाको अफर: तीन महिनामा $५,००० कमाउने मौका

काठमाडौं । टिकटकसँग समस्या भइरहेका बेला मेटाले त्यसको फाइदा उठाउँदै टिकटक क्रियटरहरूलाई आफ्नो प्लेटफर्मतर्फ आकर्षित गर्ने प्रयास थालेको छ। फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले योग्य टिकटक क्रियटरहरूलाई नगद बोनस, कन्टेन्ट डिल र समुदाय विस्तारमा सहयोगजस्ता अफर दिने घोषणा गरेको छ।

मेटाले तीन महिनाभित्र फेसबुक र इन्स्टाग्राममा रिल्स पोस्ट गरेर क्रियटरहरूले $५,००० सम्म बोनस कमाउन सक्ने नयाँ योजना सार्वजनिक गरेको हो। साथै, यस्ता क्रियटरहरूलाई फेसबुकको कन्टेन्ट मोनिटाइजेसन प्रोग्राममा सहभागी गराउनेछ, जसले भिडियो, फोटो र टेक्स्ट पोस्टबाट पैसा कमाउन सहयोग पुर्‍याउनेछ।

केही क्रियटरलाई विशेष प्रस्ताव पनि मेटाले केही उत्कृष्ट टिकटक क्रियटरहरूलाई इन्स्टाग्राम र फेसबुकमा भ्युज बढाउन कन्टेन्ट डिलको प्रस्ताव पनि अघि सारेको छ। साथै, केही क्रियटरलाई एक वर्षको मेटा भेरिफाइड सदस्यता प्रदान गरिनेछ, जसअन्तर्गत भेरिफाइड ब्याज, अकाउन्ट सपोर्ट, र नकली प्रोफाइलबाट सुरक्षा (इम्पर्सोनेसन प्रोटेक्सन) जस्ता सुविधाहरू उपलब्ध हुनेछन्।

टिकटकका प्रतिस्पर्धीलाई टक्कर दिनका लागि मेटाले इन्स्टाग्राम र फेसबुकमा रिल्सलाई थप प्राथमिकता दिएको छ। उदाहरणका लागि, अब इन्स्टाग्राम क्रियटरहरूले ९० सेकेन्डको साटो ३ मिनेटसम्मका रिल्स पोस्ट गर्न सक्नेछन्।

रिल्सलाई थप लोकप्रिय बनाउन मेटाले आफ्नो र्‍याङ्किङ प्रणालीमा पनि परिवर्तन गरेको छ। अब प्रयोगकर्ताहरूले आफ्नो होम फिडको माथिल्लो भागमा र सर्च रिजल्टमा पनि रिल्स सजिलै फेला पार्न सक्नेछन्।

मेटाले क्रियटरहरूको विश्वसनीयता बढाउन फेसबुक प्रोफाइलमा अन्य प्लेटफर्महरू (जस्तै टिकटक, युट्युब) का ह्यान्डल र फलोअर संख्या देखाउन सकिने सुविधा पनि थप्ने योजना बनाएको छ।

टिकटकको समस्या चालकै मौका पार्दै, मेटाले टिकटकको लोकप्रिय एप "क्यापकट" जस्तै नयाँ एडिट्स एप सार्वजनिक गर्ने घोषणा गरेको छ। यसले क्रियटरहरूलाई उनीहरूको सामग्री थप सजिलो र आकर्षक बनाउन सहयोग गर्नेछ।

यसका साथै, इन्स्टाग्राममा 'रिप्लाई बार' जस्ता नयाँ फिचर ल्याएर प्रयोगकर्ताहरूलाई रिल्सबारे कुराकानी सुरु गर्न प्रोत्साहित गर्ने योजना पनि मेटाले अघि सारेको छ।