सुरुभयो क्यान्सरविरुद्ध खोप अभियान
- नेटिजन संवाददाता
- मंगलबार, २२ माघ, २०८१- १३:००:००/ Tuesday 02-04-25
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ। बालुवाटारस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वास्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो ।
किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।रासस।