‘अब राहदानी अभाव हुँदैन’
- नेटिजन संवाददाता
- बुधबार, २३ माघ, २०८१- १२:३२:००/ Wednesday 02-05-25
काठमाडौँ । राहदानी विभागले नेपाली नागरिकको मागबमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारेको छ । राहदानी विभागले वर्तमान सम्झौता बमोजिम आपूर्ति हुने राहदानी पुस्तिकाको मौज्दात सकिनु अगावै राहदानी आपूर्ति गर्ने लक्ष्यका साथ खरिद प्रक्रिया अघि बढेको जनाएको छ ।
मङ्गलबार पत्रकारसँगको अन्तर्क्रियामा विभागका महानिर्देशक तीर्थराज अर्यालले विभागले दक्षिण एसियाकै पहिलो मुलुकका रूपमा विद्युतीय राहदानी सेवा प्रदान गर्न सुरु गरेको अवगत गराउँदै नेपालको राहदानीको गुणस्तर उच्च रहेको बताउनुभयो ।
नेपाली नागरिकलाई निरन्तर रूपले छिटोछरितो र सहजताका साथ राहदानी सेवा प्रदान गर्न विकसित प्रविधिलाई प्रयोग गरी आगामी दिनमा सेवा प्रवाहलाई अझ सहज र सेवाग्राही मैत्री बनाउने गरी तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।
एक वर्षलाई पुग्ने राहदानी छ
विभागले अब एक वर्षलाई पुग्ने अनुमानित विद्युतीय राहदानी पुस्तिका मौज्दात रहेको प्रस्ट पारेको छ । महानिर्देशक अर्यालले दिनुभएको जानकारी अनुसार विभागसँग १० लाख २१ हजार सात सय थान राहदानी पुस्तिका छ ।गोरखापत्रबाट।