प्रधानमन्त्रीको रुपमा कस्ता थिए जङ्गबहादुर राणा ?
- नेटिजन संवाददाता
- आइतबार, २८ पौष, २०८१- १३:४०:००/ Sunday 01-12-25
काठमाडौं। नेपालको इतिहासमा दन्त्यकथाको नायकजस्तै बुद्धि, बल, धुर्याई, ने साहस सबै कुरामा निपुण जङ्गबहादुर राणाका पुर्खाहरू चित्तौढ, भारतबाट नेपाल प्रवेश गरेका हुन् । चित्तौढमा मुसलमानहरूले अधिकार जमाएपछि त्यहाँका राजपरिवारमध्ये एक रामसिंह त्यहाँबाट पहाडतर्फ लागेका थिए ।
यिनैका वंशज कास्कीमा बसेका अहिराम कुँवर गोरखामा आई नरभूपाल शाहको पालामा ठूलो सेनापति भएर बसेका थिए । यिनका रामकृष्ण कुँवर र जयकृष्ण कुँवर भन्ने दुई पुत्र थिए । रामकृष्ण कुँवरका छोरा रणजित कुँवर थिए । रणजितले जुम्लामा हमला गरी जुम्लीलाई हराएकाले काजीको पदवी पाएका थिए । यिनका बालनरसिंह, रेवन्त र बलराम भन्ने तीन पुत्र थिए ।
सानैदेखि स्कुलको शिक्षामा रुचि नराख्ने जङ्गबहादुर आफ्ना पिताका साथ धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार आदि युद्धकलामा प्रवीण हुँदै आए । सानैदेखि अत्यन्त साहसी र आँटी भएकै कारण सोह्न वर्षकै उमेरमा उनी सेनाको सुबेदार पदमा नियुक्त भइसकेका थिए । वि.सं. १९९२ माघमा पदोन्नति भई उनी रिसल्लाको सेकेन्ड लेफ्टिनेन्टमा समेत नियुक्त भए ।
राणाशासनका प्रवर्तक प्रधानमन्त्री जङ्गबहादुर राणाको जन्म पिता बालनरसिंह कुँवरका दुई पत्नीमध्ये कान्छी पत्नी गणेशकुमारीको गर्भबाट वि.सं. १८७४ असार ७ गते बुधबारका दिन मावली घर बोर्लाङ, गोरखामा भएको थियो । उनका बमबहादुर, बद्रीनरसिंह, कृष्णबहादुर, रणोद्वीपसिंह,जगत्समशेर र धीरसमशेर नामका ६ भाइ अनि लक्ष्मेश्वरी र रणोद्वीपेश्वरी गरी दुईवटी बहिनी थिए ।
जङ्गबहादुरको वास्तविक नाम वीरनरसिंह कुँवर भए पनि मामा माथवरसिंहले राखेको जङ्गबहादुर नामबाटै उनी प्रख्यात भए । यिनकी माता गणेशकुमारी प्रधानमन्त्री भीमसेन थापाका भाइ नयनसिंह थापाकी छोरी थिइन् ।
जङ्गबहादुरका पिता बालनरसिंह कुँवर रणबहादुर शाहका रक्षक थिए । उनले रणबहादुर शाहका हत्यारा शेरबहादुरलाई घटनास्थलमै मारेका हुनाले काजी बन्ने सौभाग्य प्राप्त गरेका थिए । राजाको रक्षक हुनुअघि बालनरसिंह कुँवर हाकिम भएर विभिन्न जिल्लामा खटिएका थिए ।
सानैदेखि स्कुलको शिक्षामा रुचि नराख्ने जङ्गबहादुर आफ्ना पिताका साथ धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार आदि युद्धकलामा प्रवीण हुँदै आए । सानैदेखि अत्यन्त साहसी र आँटी भएकै कारण सोह्न वर्षकै उमेरमा उनी सेनाको सुबेदार पदमा नियुक्त भइसकेका थिए । वि.सं. १९९२ माघमा पदोन्नति भई उनी रिसल्लाको सेकेन्ड लेफ्टिनेन्टमा समेत नियुक्त भए ।
वि.सं. १८९४ मा तत्कालीन प्रधानमन्त्री जनरल भीमसेन थापाको पतन भएको हुँदा थापाहरूको सर्वस्वहरण भयो । काजी बालनरसिंहका परिवार पनि थापाहरूसँग सम्बन्धित भएकाले थापा गुटको आरोप लागी काजी बालनरसिहको समेत सर्वस्वहरण हुनुको साथै जागिरबाट समेत बर्खास्त गरियो । अबचाहिँ जङ्गबहादुरका पारिवारको दुर्दिनका शृङ्खलाहरू सुरुभए ।
जीविका चलाउनका लागि जङ्गबहादुर जुवा खेल्ने कुलतमा लागे । त्यसबाट पनि सफल नभएपछि उनी तराईको जङ्गलमा हात्ती पक्रनका लागि हिँडे । तर त्यस कार्यमा पनि सफल हुन नसकेपछि जङ्गबहादुर काशीतर्फ गए । काशी गएर उनी रामघाटमा बसे । भनिन्छ, उनको उद्देश्य लाहोर गई पन्जाबी फोर्समा भर्ती हुने थियो ।
जङ्गबहादुरको पहिलो विवाह वि.सं. १८८५ वैशाखमा प्रसादलक्ष्मीका साथ भएको थियो । तर वि.सं. १८९५ मङ्सिरमा प्रथम पत्नी र सानो छोराको मृत्यु भएकाले उनको दोस्रो विवाह काजी सनकसिंह टण्डनकी बहिनी नन्दकुमारीसँग निश्चित गरियो । यिनै नन्दकुमारीले विवाहमा निकै दाइजो लिएर आएकीले जङ्गबहादुरको स्थिति सुधन थाल्यो र उनले आफ्ना केही साहूहरूको ऋण पनि तिरिदिए ।
वि.सं. १८९७ जङ्गबहादुरको भाग्योदयको वर्ष रह्यो । राजा राजेन्द्रविक्रम शाह सिकार खेल्न गएका बेला जङ्गबहादुरले आफ्नो साहसको प्रदर्शन जङ्गली हात्ती समाएर देखाए । त्यसपछि जङ्गबहादुरको छिटो छरितोपन, निर्भीकता, सिकारपटुता र बहादुरीको सराहना गर्दै राजा राजेन्द्रविक्रमले उनलाई तुरुन्तै तोपखानाको कप्तानी पदमा नियुक्ति दिए ।
फत्तेजङ्ग खासै चतुर थिएनन् तथापि इमानदार र राजभक्त भएको कारण प्रधानमन्त्रीको नियुक्ति पाएका थिए । यता जङ्गबहादुर प्रधानमन्त्री फत्तेजङ्ग शाहलाई प्रभावमा लिएर मुलुकको शासन व्यवस्था र कूटनीतिक मामलामा प्रभुत्त्व जमाउन सकिने कुरामा विश्वस्त थिए । तर राज्यको शासनव्यवस्था र परराष्ट्र मामिलामा गगनसिंहको अधिकार कायम हुन गयो ।
जङ्गबहादुरलाई पाँडेहरू मन पराउँदैन थिए । त्यसैले यिनलाई पाँडेहरूले सुरेन्द्रविक्रम शाहजस्ता चञ्चल मस्तिष्क भएका युवराजको अङ्गरक्षक बनाइदिए । त्यसबखत जङ्गबहादुरले धेरै अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्यो ।
वि.सं. १८९८ साल कार्तिकमा जेठी महारानी साम्राज्यलक्ष्मीदेवीको निधन भएकाले क्रमशः रानी राज्य लक्ष्मीदेवीको शक्ति बढ्न लाग्यो । जङ्गबहादुको पनि राजेन्द्रविक्रम शाहको आठपहरियामा सरुवा भयो । अब भने उनी कान्छी महारानी र राज्यका शाक्तिशाली भारदारहरूको नजिकको सम्पर्कमा आए । दरबारमा चरम गुटबन्दी थियो । गुटबन्दीबाट फाइदा लिंदै जङ्गबहादुरले दिन प्रतिदिन सफलताको सिँढी चढिरहे ।
माथवरसिंहको हत्या (वि.सं.१९०२ जेठ २ गते राती) गर्न उनी नै योग्य पात्रको रूपमा चुनिए । माथवरसिंहको हत्यापछि जङ्गबहादुरको शक्ति निकै बढेर गयो । यस हत्याकाण्डपछि जङ्गबहादुर नै मुलुकको प्रधानमन्त्री हुने विश्वास कम्पनी सरकार र जङ्गबहादुर स्वयम्लाई थियो तर चौतारिया फत्तेजङ्ग शाह प्रधानमन्त्री नियुक्त भए भने जङ्गबहादुरले मन्त्रिपरिषद्को सदस्यको रूपमा मात्र चित्त बुझाउनुपर्यो ।
फत्तेजङ्ग खासै चतुर थिएनन् तथापि इमानदार र राजभक्त भएको कारण प्रधानमन्त्रीको नियुक्ति पाएका थिए । यता जङ्गबहादुर प्रधानमन्त्री फत्तेजङ्ग शाहलाई प्रभावमा लिएर मुलुकको शासन व्यवस्था र कूटनीतिक मामलामा प्रभुत्त्व जमाउन सकिने कुरामा विश्वस्त थिए । तर राज्यको शासनव्यवस्था र परराष्ट्र मामिलामा गगनसिंहको अधिकार कायम हुन गयो ।
गगनसिंह पनि भीमसेन थापाजस्तै देशभक्त र अङ्ग्रेजहरूका विरोधी थिए । यस तथ्य अङ्ग्रेजहरूका सामु दिनको घामझै छर्लङ्ग थियो । तसर्थ जङ्गबहादुर र अङ्ग्रेजहरू दुवैलाई गगनसिंहको हत्याको रचना गर्नु अनिवार्य भइसकेको थियो । यसै क्रममा वि.सं. १९०३ साल भदौ महिनाको भाद्र ३१ गते राति पूजाकोठामा पूजा गरिरहेको बेला देशभक्त गगनसिंहको हत्या गरियो । जङ्गबहादुरको षड्यन्त्रपूर्ण परामर्शबाट गम्भीर दुर्घटना हुन्छ भन्ने कुरामा राजा-रानी दुवैलाई कुनै शङ्का थिएन ।
गगनसिंहको हत्याले दरबारमा ठूलो हलचल उत्पन्न गरायो । हत्याको दोषी पत्ता लगाउन राजा-रानीको सल्लाहबमोजिम सबै भारदारहरूलाई एकै ठाउँमा जम्मा गर्ने निर्णय गरियो । यसै क्रममा वि.सं. १९०३ भदौ ३१ गते राती सामेलीमा विगुलको आवाज गुन्जियो । भारदारहरू कोतमा जम्मा भए । रातको समयमा एकाएक सामेलीको बिगुल बजेको हुनाले जनरल अभिमानसिंह राना केही सशङ्कित भए तथापि परम्पराअनुसार कोतमा सामेल हुनु जरुरी भएकोले तीन पल्टन फौजलाई कोतमा भेला हुने आदेश दिई अभिमानसिंह आफू एक्लै कोतमा पुगे ।
जङ्गबहादुर महत्वकांक्षी मात्र नभएर अवसरवादी पनि छन् भन्ने कुरा रानी राज्यलक्ष्मीदेवीलाई थाहा हुन सकेको थिएन । रानी अझै पनि जङ्गबहादुरमार्फत युवराज सुरेन्द्रको हत्या गराएर आफ्नो छोरा रणेन्द्रलाई गद्दीमा राखी मुलुकको नायबी लिने सपना बुनिरहेकी थिइन् । यसै सम्बन्धमा उनले जङ्गबहादुरलाई हस्ते पत्र पठाइन् ।
राजा-रानी पनि कोतमा उपस्थित भए । श्री ५ राजेन्द्रलाई कोतको वातावरण शङ्कास्पद लागेकोले ब्रिटिस राजदूतावासमा शरण लिन पुगे तर उनले त्यहाँ शरण पाएनन् । यता कोतमा रक्तपातको शृङ्खला सुरु भयो । जङ्गवहादुरको इसारामा जनरल अभिमानसिंहको हत्या गरियो । असङ्ख्य भाइ-भारदारहरू काटिए । यस नरसंहारकारी घटनाको सूत्रधार इस्ट इन्डिया कम्पनी थियो र यसका स्वदेशी नायक जङ्गबहादुर थिए । नेपालमा इस्ट इन्डिया कम्पनीको इसारामा शासन चलाउने कठपुतली सरकारको जग हाल्नु नै कोत पर्वको मूख्य लक्ष्य थियो ।
यो घटना नेपालको इतिहासमा यस्तो रह्यो जसले एक सय चार वर्ष राणा शासनको प्रारम्भ गरायो। यस वीभत्स घटनापछि जङ्गबहादुर मुलुकको कमान्डर इन चिफ बन्न सफल भए । हत्याकाण्डमा ३१ जनाले ज्यान गुमाए, २६ जना भागे भने दुई जना ब्राम्हण जातिगत स्तरबाट खसालिए र २६ जनालई जवर्जस्ती देशनिकाला गरियो । ब्रिटिस भारतीय स्रोतहरूमा पाइएअनुसार २७ काजीहरू, २ जनरलहरू, ७ सरदारहरू, ३ कप्तानहरू र अरू ९ जवान तल्ला तहका व्यक्तिहरू मारिएका थिए ।
जङ्गबहादुर महत्वकांक्षी मात्र नभएर अवसरवादी पनि छन् भन्ने कुरा रानी राज्यलक्ष्मीदेवीलाई थाहा हुन सकेको थिएन । रानी अझै पनि जङ्गबहादुरमार्फत युवराज सुरेन्द्रको हत्या गराएर आफ्नो छोरा रणेन्द्रलाई गद्दीमा राखी मुलुकको नायबी लिने सपना बुनिरहेकी थिइन् । यसै सम्बन्धमा उनले जङ्गबहादुरलाई हस्ते पत्र पठाइन् ।
त्यस समयसम्ममा जङ्गबहादुरको समूह अत्यन्त मजबुत भइसकेको थियो । पत्रको जवाफ लेख्दै जङ्गबहादुरले उत्तर दिए युवराजजस्तो सम्मानित पदको विरुद्धमा त्यस्तो कुविचार राख्ने हो भने म मुलुकको मन्त्रीको हैसियतले युवराजको हत्या गर्न खोजेको अपराधमा महारानीलाई मुलुकको कानुनबमोजिम कारबाही गर्न बाध्य हुनेछु ।
षड्यन्त्रमै जीवन बिताएकी र षड्यन्त्रबाटै राजनीतिक जीवन सुरू गरेकी महारानीलाई त्यो पत्र देख्नासाथ साह्रै असह्य भयो । उनी भित्रभित्रै जङ्गबहादुरको हत्या गर्ने षड्यन्त्र बुन्न लागिन् । सर्वप्रथम वीरध्वज बस्नेतलाई किरिया खुवाई ऊ र गगनसिंहका छोरा बजिरसिंहहरूले एउटा षडयन्त्रवाला टोली बनाई सुरेन्द्रलाई मार्ने र यसको अपराधमा जङ्गबहादुरलाई फँसाउने योजना बन्यो ।
जङ्गबहादुरलाई मार्ने सवालमा चाहिँ निजको सम्मानमा एउटा भोजको आयोजना गरी भोजमा विष मिलाई खुवाउने र नसके गोली हानी हत्या गर्ने निर्णय गरियो । तर षड्यन्त्र सफल हुनुअघि नै जङ्गबहादुरका गुप्तचर विजयराज पाँडे र कान्छी रानी राज्यलक्ष्मीदेवीकी एउटी दासीले यसको रहस्योद्घाटन गरे । त्यसै हुनाले जङ्गबहादुर यस षड्यन्त्रलाई विफल पार्नको लागि तयार भए ।
उता षड्यन्त्रकारीहरूद्वारा चालीस-पचास जना सेनालाई बन्दुकसाथ लुकाएर राखियो र जङ्गबहादुरलाई बोलाउन वीरध्वज बस्नेतलाई पठाइयो । वीरध्वज बस्नेत जङ्गबहादुरको घरमा पुगेपछि कप्तान रणमेहरले यिनलाई दुईटुक्रा पारी काटिदिए । त्यसपछि जङ्गबहादुर आफ्ना भाइहरूका साथ ६ पल्टन फौज लिएर भण्डारखालतर्फ लागे । त्यहाँ आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेलाई मृत्युदण्ड दिइयो । गगनसिंहका छोरा बजिरसिंह भागेर भारत पुगे ।
इतिहासमा अलौ पर्व नामबाट प्रसिद्ध अलौको युद्ध राजेन्द्रविक्रम शाहले वनारसबाट सामान्य सैनिक बल गठन गरी जङ्गबहादुरको हातबाट आफ्नो गुमेको अधिकार लिनका निम्ति नेपालको सेनासँग गरेको युद्ध हो, जुन असफल भएको थियो । जङ्गबहादुरले ३१ वर्षसम्म कठोर तानाशाहको रूपमा शासन चलाएको भए पनि उनले मुलुकमा अनेकौँ रचनात्मक कार्यहरू पनि गरेका थिए ।
भण्डारखालको यस हत्याकाण्डमा वीरध्वज बस्नेत, मानसिंह बस्नेत, वीरकेशर बस्नेत, उमेशसिंह बस्नेत, पुरन्दर थापालगायत तेइस जनाको ज्यान गयो र सत्र जना ज्यान जोगाएर भागे। यसअघि मन्त्री र कमान्डर इन चिफ मात्र रहेका जङ्गबहादुर यस हत्याकाण्डपछि राजा राजेन्द्रविक्रम शाहद्वारा प्रधानमन्त्री बनाइए । प्रधानमन्त्री हुँदा जङ्गबहादुरको उमेर २९ वर्षको मात्र थियो । विजयराज पाँडेलाई सन्तान दरसन्तान राजगुरुको पद दिइयो ।
यस प्रकार रानीको अन्तिम प्रयास पनि असफल भएपछि उनलाई भोलिपल्ट टुंडिखेलमा उपस्थित गराइयो । आमसभामा जङ्गबहादुरले रानीमाथि कोतपर्व पहिले र कोतमा मारिएका कैयौं मानिसहरू, युवराज, प्रधानमन्त्री आदिको हत्या गराएको वा हत्या गराउन खोजिएको आरोप लगाए र त्यस्ती रानीलाई देशनिकाला गर्नु ठीक हुन्छ भन्दै त्यस्तो पत्रमा राजा र युवराजको पनि हस्ताक्षर गराई सबैको सल्लाह लिए ।
तदनुसार २३ नोभेम्बर, १८४६ का दिन रू ३१ लाख नगद लिएर रानी काशीतर्फ लागिन् । राजा पनि सँगै लागे। रानी त आजीवन वनारसमै बसिन् । राजा अलौ पर्वपछि शाही कैदीको रूपमा भक्तपुर ल्याइए । पछि हनुमानढोका दरबारमा सारेपछि उनको त्यहीं मृत्यु भयो ।
इतिहासमा अलौ पर्व नामबाट प्रसिद्ध अलौको युद्ध राजेन्द्रविक्रम शाहले वनारसबाट सामान्य सैनिक बल गठन गरी जङ्गबहादुरको हातबाट आफ्नो गुमेको अधिकार लिनका निम्ति नेपालको सेनासँग गरेको युद्ध हो, जुन असफल भएको थियो । जङ्गबहादुरले ३१ वर्षसम्म कठोर तानाशाहको रूपमा शासन चलाएको भए पनि उनले मुलुकमा अनेकौँ रचनात्मक कार्यहरू पनि गरेका थिए ।
प्रधानमन्त्री भएपछि यिनी वि.सं. १९०६ माघमा बेलायतमा गई एक वर्षपछि फर्किए । वि.सं. १९१३ साउनमा यिनले एउटा नाटक रच्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिई श्री ३ को उपाधि प्राप्त गरी लालमोहरद्वारा राज्य सञ्चालनमा आफ्नो हातमा अधिकार पार्न सफल भए । यिनले ब्रिटिस इन्डियासँग १८५५ मेमा अपराधी सुपुर्दगीसम्बन्धी पहिलो सन्धि गरेका थिए ।
उक्त सन्धिमा हत्या, हत्याको प्रयास, बलात्कार, राजद्रोह, लुटपाट, डकैती गरी अर्को देशमा जाने अपराधीलाई सम्बन्धित देशमा नै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो । सन् १८५७ मा भारतमा भएको सिपाही विद्रोह दमन गर्न उल्लेखनीय सहयोग गरेकाले नयाँ मुलुक बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता दिइयो । जङ्गबहादुरले प्रशासनिक, न्यायिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण सुधारका कार्यहरू पनि गरेका थिए । जङ्गबहादुरका अरु महत्वपूर्ण कार्यहरूमध्य तिब्बतको लडाईं र मुलुकी ऐनको रचना हो ।
जङ्गबहादुरको मृत्युको सम्बन्धमा विभिन्न विचारहरू व्यक्त भएको पाइन्छ । कसैले यिनको मृत्युमा षड्यन्त्र रहेको बताएका छन् भने कसैले स्वाभाविक मृत्यु भनेका छन् । कारण जेसुकै हुन सक्छ । यिनको मृत्यु वि.सं. १९३३ सालमा पत्थरघट्टामा भयो भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ ।
असाध्यै चलाख र अवसरवादीसमेत रहेका जङ्गबहादुर क्रूर र हत्यारा पनि थिए भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । धेरैजसो विदेशी लेखकहरूले यिनलाई धूर्त कूटनीतिज्ञ र प्रभुत्वशाली व्यक्तित्वु को संज्ञा दिएका छन् । कतिले जङ्गबहादुरलाई देशभक्त राजनेताको संज्ञा पनि दिएका छन् तर कार्लमार्क्सले यिनलाई अङ्ग्रेजको कुत्ता भन्ने संज्ञा दिएका थिए भनिन्छ ।
यथार्थमा उनी अङ्ग्रेजका कट्टर भक्त थिए । जेहोस्, जङ्गबहादुरको उदयले लामो समयदेखि चल्दै आएको दरबारको राजनीतिक अस्थिरताको युगलाई समाप्त पारिदियो । यसलाई सकारात्मक कोणबाट हेर्नुपर्छ ।
जङ्गबहादुरको मृत्युको सम्बन्धमा विभिन्न विचारहरू व्यक्त भएको पाइन्छ । कसैले यिनको मृत्युमा षड्यन्त्र रहेको बताएका छन् भने कसैले स्वाभाविक मृत्यु भनेका छन् । कारण जेसुकै हुन सक्छ । यिनको मृत्यु वि.सं. १९३३ सालमा पत्थरघट्टामा भयो भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ । नेपालका प्रधानमन्त्रीनामक पुस्तकमा आधारित।