• बुधबार, २० चैत, २०८१
  • ०९:३९:१८

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ  । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन मंगलबार तोलामा रु एक हजार १०० ले बढेर रु एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु २ हजार ५० निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔँस  ३ हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।