• सोमबार, २ असार, २०८२
  • ०९:११:११

आजको मौसम: भारी वर्षाको सम्भावना

काठमाडौं। हाल कोशी,  मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती प्रदेशको १-२ स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का वर्षा र हिमपातको  सम्भावना  रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।