• सोमबार, २२ पौष, २०८१
  • ०१:२६:१९

विश्वका १० कुख्यात भ्रष्टाचारी नेताहरु 

  • Netizen Nepal
  • आइतबार, ६ कार्तिक, २०७९- १०:००:००/ Sunday 10-23-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ कात्तिक । भ्रष्टाचार यस्तो भाइरस हो, जसले देशलाई भित्र भित्रै खोक्रो पारिदिन सक्छ । विश्वका धेरै यस्ता मुलुकहरु छन् जुन भ्रष्ट शासकहरुका कारण नाजुग स्थितिमा पुगेका छन् । त्यस्ता कुशासकले गरेका गल्तिको सजाय भने देशका गरिब र निमुखा जनताले भोग्नुपर्ने हुन्छ ।   


भ्रष्ट नेताहरुकै कारण आज राजनीति पनि धमिलो बन्दै गएको छ । सुशासनले देशलाई केहि वर्षमै समुन्नत बनाउन सक्छ तर कुशासनले देशको हालत केहि वर्षमै ध्वस्त पारिदिन पनि सक्छ । कतिपय नेताहरु यस्ता हुन्छन्, जो धनि हुनकै लागि राजनीति गर्छन् ।  उनीहरुको प्राथमिकतामा देश र राजनीति पर्दैन।  जसले धनि हुनका लागि राजनीति गर्छन् उनीहरुले आफ्नो बोलिबाट पटक पटक जनता झुक्याउने काम गरिरहेका हुन्छन् ।  त्यस्ता व्यक्तिको हातमा देशको ढुकुटीको चाबी हुनु भनेको देश अधोगतितिर लग्नु नै हो । 

विश्वका सबैभन्दा भ्रष्टाचारी १० नेताहरुको सुची यहाँ प्रस्तुत गरिएको छ ।   

मोहम्मद सुहार्तो 

मोहम्मद सुहार्दो इन्डोनेसियाका दोस्रो राष्ट्रपति थिए । उनले सन् १९६७ देखि १९९८ सम्म ३२ वर्ष शासन गरेका थिए । सुहार्ती, परिवार र उनका मित्रहरु मिलेर सम्पन्नशाली बन्नका लागि व्यापक शक्ति प्रयोग गरेका थिए ।  उनीहरुले सरकारी कम्पनी र सहयोग संस्थामाथि प्रभुत्व जमाउँदै करोडौं डलर हात पारे  ।  

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्यांकअनुसार सुहार्तो विश्वका प्रमुख भ्रष्टाचारी नेतामध्ये अग्रपंक्तिमा पर्दछन् ।  उनको ३२ वर्षीय राष्ट्रपतीय कार्यकालमा उनले १५ देखि ३५ करोड अमेरिकी डलर राष्ट्रिय सम्पति दुरुपयोग गरेको प्रमाण छ ।  

फर्डीनान्ड मार्कोस

फर्डीनान्ड मार्कोस सन् १९६५ देखि १९६८ सम्म फिलिपिन्सको राष्ट्रपति थिए ।  उनि वकिलका साथै फिलिपिन्सको प्रतिनिधिसभाको सदस्य थिए । उनि र उनकी श्रीमती इमेल्दा मार्कोसले करोडौं डलर सार्वजनिक सम्पतिको दुरुपयोग गरेर अमेरिका, स्विटजरल्याण्ड र अन्य राष्ट्रतर्फ भागेका थिए ।  

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्याङ्कअनुसार मार्कोस फिलिपिन्सका पहिलो राष्ट्रप्रमुख र सुहार्तोपछिको विश्वका दोस्रो भ्रष्ट राष्ट्रप्रमुख हुन्।  राष्ट्रिय सम्पतिको हिसाब गर्दा उनले लगभग ५ देखि १० करोड अमेरिकी डलर भ्रष्टाचार गरेका थिए ।  

मोबुतु सेसे सेको 

मोबुतु सेसे सेको सन् १९६५ देखि १९९७ सम्म प्रजातान्त्रिक कंगोका गणतान्त्रिक राष्ट्रपति थिए ।  'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्याङ्कअनुसार मोबुतुले ५ करोड अमेरिकी डलरभन्दा बढी देशको सम्पति दुरुपयोग गरेका थिए ।  

उनि बितेको दुई दशकमा विश्वका भ्रष्ट्राचारी नेतामध्ये तेस्रो नम्बर सुचीमा पर्दछन् । उनि अफ्रिकाका भ्रष्ट नेताकारुपमा समेत चिनिन्छन् ।  

सनी अबचा 

सनी अबचा नाइजेरियाका सैन्य प्रमुख र राजनीतिज्ञ पनि थिए ।  उनि सन् १९९३ देखि १९९८ सम्म नाइजेरियाका राष्ट्रपति थिए ।  स्विस शासनद्वारा अबचाको परिवार संगठित अपराधमा संलग्न थियो । 

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्याङ्कअनुसार अबचा विश्वका चौंथो भ्रष्ट नेताको सुचीमा पर्दछन् । उनले लगभग २ देखि ५ करोड अमेरिकी डलर राष्ट्रिय सम्पति हिनामिना गरेका थिए ।  

स्लोबोदान मिलोसेभिक

स्लोबोदान मिलोसेभिक सर्भिया र युगोस्लाभियाका राष्ट्रपति थिए ।  उनले सन् १९८९ देखि १९९७ सम्म गणतान्त्रिक समाज सर्भियाको राष्ट्रपतिका रुपमा शासन गरेका थिए ।  साथै, संघिय गणतान्त्रिक युगोस्लाभियाको राष्ट्रपतिका रुपमा सन् १९९७ देखि २००० सम्म शासन गरेका थिए ।  

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४'को तथ्याङ्कअनुसार उनि विश्वका पाँचौं भ्रष्ट नेता हुन्।  उनले युगोस्लाभियामा १ करोड अमेरिकी डलर दुरुपयोग गरेका थिए ।  

जिन क्ल्युड डिभालिएर 

जिन क्ल्युड डिभालिएर सन् १९७१ देखि १९८६ सम्म हाइटीका शासक थिए । 'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४'को तथ्यांकअनुसार उनि बितेका दुई दशकमा विश्वका भ्रष्टाचारी नेताको सुचीमा छैटौं स्थानमा पर्दछन् ।  

उनले आफ्नो शासनकालमा ३ करोडदेखि ८ करोड अमेरिकी डलर हाइटीको राष्ट्रिय सम्पति दुरुपयोग गरेका थिए ।  

अल्वर्टो फुजिमोरी 

अल्वर्टो फुजिमोरी जुलाई, १९९० देखि २००० सम्म पेरुका राष्ट्रपति थिए ।  उनले बृहत आर्थिक स्थिरतालाई पुन:स्थापना गरेकाले प्रशंशा पनि पाएका थिए । त्यसको अलावा शासन सत्ता संहाल्ने क्रमामा हुकुमी शासन र मानव अधिकार उलंघनजस्ता गलत तरिका अपनाएका कारण उनले दण्ड र कैद सजाय समेत पाएका थिए ।  

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्याङ्कअनुसार उनले अनुमानित ६ करोड अमेरिकी डलर पेरुको राष्ट्रिय सम्पति दुरुपयोग गरि विश्वका भ्रष्टाचारीहरुमध्ये सातौँ स्थानमा पर्दछन् ।  

पाभ्लो लाजारेन्को 

पाभ्लो लाजारेन्को युक्रेनका राजनीतिज्ञ तथा प्रधानमन्त्री हुन् ।  पैसा घोटाला, टेलिफोनमा जालझेल र बलात्कारको आरोपका कारण उनले अमेरिकाको जेलमा कैदी जीवन बिताएका थिए ।  

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्याङ्कअनुसार उनि विश्वका भ्रष्ट नेताको आठौँ सुचीमा पर्दछन ।  उनले युक्रेनको सरकार प्रमुख रहँदा सन् १९९६ देखि १९९७ को अवधिमा करिब २ करोड अमेरिकी डलर राष्ट्रिय सम्पति हिनामिना गरेका थिए ।  

अरनल्डो एलेमेन 

 अरनल्डो एलेमेन १९९७ देखि २००२ सम्म निकारागुवाको ८१ औं राष्ट्रपति थिए ।  उनि राष्ट्रिय सम्पति घोटाला, दुरुपयोग र भ्रष्टाचारको अपराधमा संलग्न रहेका कारण २० वर्षको जेल सजाय भोगिरहेका छन् ।  

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्याङ्कअनुसार उनि १ करोड अमेरिकी डलर राष्ट्रिय सम्पति दुरुपयोग गरि विश्वका भ्रष्ट नेताहरुको नवौं स्थानमा परेका छन् ।  

जोसेफ एस्ट्राडा 

जोसेफ एस्ट्राडाले सन् १९९८ देखि २००१ सम्म फिलिपिन्सको ३१ औं राष्ट्रपतिका रुपमा शासन गरेका थिए ।  फिलिपिन्सको राजनीतिक इतिहासमा उनि राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित हुने प्रमुख व्यक्ति थिए ।

 

'ट्रान्सपरेन्सी इन्टरनेसनल ग्लोबल करप्सन रिपोर्ट २००४' को तथ्यांकअनुसार उनले ७८ देखि ८० लाख अमेरिकी डलर राष्ट्रिय सम्पति दुरुपयोग गरेका थिए ।  उनि विश्वका कुख्यात भ्रष्ट्राचारीको सुचिमा दशौँ स्थानमा पर्दछन् ।