जान्नैपर्ने गूगलको ट्रिक: मोबाइल हराउँदा काम लाग्न सक्छ।
- नेटिजन संवाददाता
- आइतबार, २१ पौष, २०८१- १६:३९:००/ Sunday 01-05-25
काठमाडौं। कतिपय अवस्थामा तपाईंको मोबाइल चोरी भइहाल्न सक्छ या हराएर कहाँ छ भन्ने थाहा नहुन सक्छ। यस अवस्थामा, गूगलको यो सरल ट्रिकले तपाईंको फोनको लोकेशन पत्ता लगाउन मद्दत पुर्याउँछ।
यती मात्र होइन, तपाईंले हराएको फोनमा सहजै पहुँच प्राप्त गरी डेटा डिलिट गर्न सक्नुहुन्छ। साथै, हराएको फोनको अन्तिम लोकेशन पनि जाँच गर्न सकिन्छ।
यो गर्नका लागि, पहिलो चरणमा गूगलमा गएर "Find My Device" सर्च गर्नुहोस्। सुरुको लिंकमा क्लिक गरी आफ्नो फोनमा जुन जीमेल आईडीबाट लगइन गरेको थियो, सोही आईडीबाट लगइन गर्नुहोस्, यति गरेपछि तपाईको मोबाईलमा " Find My Device" अन हुन्छ ।
कतिपय अवस्थामा, घर वा कार्यालयमा मोबाइल राखिएको ठाउँ थाहा नहुन सक्छ। यस्तो अवस्थामा, फोन साइलेंट मोडमा भए पनि पाँच मिनेट लामो रिङटोन बजाउन सकिन्छ।
यति मात्र होइन, तपाईं आफ्नो डिभाइस लक गर्न, गूगलबाट साइन आउट गर्न, मोबाइलमा कति चार्ज बाँकी छ थाहा पाउन, लक स्क्रिनमै म्यासेज वा फोन नम्बर देखाउन, फोनका डाटा डिलिट गर्न, र IMEI नम्बर पत्ता लगाउन सक्नुहुन्छ। यी सबै फिचरहरूको लागि तपाईंको मोबाइल डेटा वा इन्टरनेटमा कनेक्ट हुन आवश्यक छ।