• शनिबार, १५ बैशाख, २०८१
  • ०३:५२:१५

उत्तम विचारको शब्दमा 'कसम खानेले' वोलको गीत सार्वजनिक 

  • Netizen Nepal
  • मंगलबार, १६ जेठ, २०८०- १७:०३:००/ Tuesday 05-30-23

नेटिजन संवाददाता 
काठमाडौँ, १६ बैशाख । विपी फिल्म्सको निर्माणमा बनेको 'कसम खानेले रुवाइ धरधरी' वोलको गित सार्वजनिक भएको छ । पर्यटन व्यवसायी, कवि तथा गीतकार उत्तम विचारको शब्द, गायक प्रमोद खरेलको आवाजमा रहेको उक्त गीतमा युवा संगीतकार रिमेश कुमारले संगीत भर्नुभएको हो ।  

शिशिर भण्डारी युट्युब च्यानलबाट प्रसारण भएको गीतको भिडियोको निर्देशन सन्तोष राजबहाकको छ ।  भिडियोमा शिशिर भण्डारी, सामरिका ढकाल, फरिता खड्का तथा बाल कलाकार सान्भी खतिवडाको अभिनय रहेको छ।