ग्रामिण विकासमा नयाँ अभ्यासको अग्रसरता
- पार्वती अधिकारी
- बिहीबार, २५ असोज, २०८०- १४:५८:००/ Thursday 10-12-23
काठमाडौं। ‘जुन विकासले ग्रामीण जनतालाई दिगो रुपमा जोड्न सक्दैन, त्यो विकास विकास नै होइन’, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । नेपालको अधिकांश भूगोल र झण्डै एक तिहाई जनसङ्ख्या ग्रामीण क्षेत्रमा आधारित भएता पनि विकास भने शहर केन्द्रित छ । भूगोल र पहुँचका हिसाबले अप्ठ्यारो तथा जनसङ्ख्याका हिसाबले पातलो बस्ती हुने भएकाले ग्रामीण विकासमा धेरै स्रोत साधनको आवश्यकता पर्छ ।
बाटो बन्नु र बिजुली पुग्नुलाई मात्र विकासको संज्ञा दिने भाष्य बनिरहेका बेला स्थानीय सीप, स्रोत, साधनहरुको परिचालन गरी ग्रामीण समुदायको जीवनस्तर उकास्न वातावरणीय पक्षलाई समेत समेटेर स्थानीय स्वामित्वको दिगो विकासका पहलहरु बढी सफल देखिएका छन् । यसै क्रममाा ग्रामीण प्रविधिको विकास तथा प्रवद्र्धनमार्फत ’वातावरणमैत्री नमुना गाउँ’ निर्माण अभियानअन्तर्गत काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–५ को अभ्यास सफल भएको स्थानीय वासिन्दाको भनाइ छ । यो मोडेलको सफल अभ्यासको परीक्षण गरेको ग्रामीण प्रविधि केन्द्र नेपालले यही मोडेललाई अन्य ग्रामीण क्षेत्रमा समेत विस्तार गरी प्रभावकारी नतिजा प्राप्त गरेको जनाएको छ ।
वातावरणमैत्री नमुना गाउँ विकास अवधारणाका सरसफाई र स्वास्थ्य, स्वच्छ ऊर्जा तथा गोबरको प्रयोग र हरियाली प्रवद्र्धधन तथा दिगो कृषि प्रणाली गरी तीन ओटा मुख्य सूचकहरु छन् । यी प्रत्येक मुख्य सूचकका विशिष्ट उपसूचकहरु समेत तयार पारिएको छ, जसका आधारमा वातावरणमैत्री नमूना गाउँको विकासलाई मुल्यांकन गरिन्छ ।
यहाँ वातावारणमैत्री नमूना गाउँ विकासका लागि ’ग्रामीण प्रविधि केन्द्र नेपाल’ ले संयुक्त राष्ट्र«सङ्घीय विकास कार्यक्रमअन्तर्गतको विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमसँग सहकार्यमा बेथानचोक गाउँपालिका– ५ मा सञ्चालन गरेको उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको छ । संस्थाले ’वातावरणमैत्री नमुना गाउँ’को सूचक तयार पारेर मोडेल नै विकास गरेको र यी सूचकका आधारमा काम गर्दा प्रभावकारी नतिजा आएको संस्थाका उपनिर्देशक डा. अन्जु शर्मा बताउनुहुन्छ ।
के हो ‘वातावरणमैत्री नमुना गाउँ’ ?
वातावरणमैत्री नमुना गाउँ विकास अवधारणाका सरसफाई र स्वास्थ्य, स्वच्छ ऊर्जा तथा गोबरको प्रयोग र हरियाली प्रवद्र्धधन तथा दिगो कृषि प्रणाली गरी तीन ओटा मुख्य सूचकहरु छन् । यी प्रत्येक मुख्य सूचकका विशिष्ट उपसूचकहरु समेत तयार पारिएको छ, जसका आधारमा वातावरणमैत्री नमूना गाउँको विकासलाई मुल्यांकन गरिन्छ । सरसफाइ र स्वास्थ्यअन्तर्गत चर्पीको व्यवस्था, घरको फोहोरको उचित व्यवस्थापन र सरसफाइ, भाँडा धुने र सुकाउने ठाउँको व्यवस्थापन र व्यक्तिगत सरसफाईलाई सूचक मानिएको छ । त्यसैगरी स्वच्छ ऊर्जा तथा गोबरको प्रयोगअन्तर्गत धुवाँरहित चुलो तथा खाना पकाउन स्वच्छ ऊर्जाको प्रयोग, वैकल्पिक ऊर्जाको प्रयोग, स्वच्छ ऊर्जामा आधारित व्यवसायजस्ता सूचकहरु छन् भने हरियाली प्रवद्र्धन तथा दिगो कृषि प्रणालीभित्र करेसाबारी व्यवस्थापन, प्राङ्गारिक कृषि तथा बृक्षारोपणजस्ता विषयहरु समावेश छन् ।
वातावरणमैत्री नमुना गाउँ बन्नका लागि यी सूचकहरु पूरा भएको हुनुपर्छ । यी हरेक सूचकहरु दिगो विकासको अन्तर्राष्ट्रिय मापदण्डको अनुकूल हुने गरी बनाइएकाले यी सूचकहरुले दिगो विकास लक्ष्यको १४ ओटा लक्ष्यहरुलाई छोएको उहाँको भनाइ छ । वातावरणमैत्री अवधारणा यस्तो परिकल्पना हो, जहाँ नवीकरणीय ऊर्जा तथा जलवायुमैत्री क्रियाकलाप,स्थानीय साधन स्रोतको सदुपयोग, साथै सामाजिक र सांस्कृतिक वातावरणमार्फत स्थानीय समुदायको जीवनस्तरमा आर्थिक, सामाजिक सुधार ल्याउनका लागि नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन, पानी, वन, माटो, कृषि, करेसाबारी तथा गृह व्यवस्थापनमार्फत गरिने ग्रामीण विकासको एकीकृत अवधारणाको विकास गरिन्छ ।
झन्डै ३५ वर्षदेखि ग्रामीण प्रविधिका क्षेत्रमा काम गर्दै आएको ग्रामीण प्रविधि केन्द्र नेपालले २०१५ मा दिगो विकास तथा वातावरणलाई प्राथमिकतामा राख्दै स्थानीय वासिन्दाको सहभागितामा मलखाद व्यवस्थापन, सुधारिएको भान्सा, सरसफाई, जैविक ऊर्जा, सौर्य ऊर्जा, बृक्षा रोपण, जैविक कृषि प्रणालीलगायतका विषयहरुलाई प्राथमिकतामा राखी बेथानचोक गाउँपालिकाकै वडा नं ६ मा परीक्षणका रुपमा कार्यक्रम सुरु भयो । यी सबै कामहरुबाट ‘इकोभिलेज’ निर्माणका लागि थप सिकाई भएको बताउँदै संस्थाका उपनिर्देशक डा. शर्माले भन्नुभयो,’समुदायस्तरमा हुने गरेका अभ्यासहरुलाई परिवर्तन या सुधार गर्न समुदायकै मानिस सुसूचित हुनुपर्छ । हामीले तयार पारेका सूचकहरु उनीहरुले मनदेखि नै अभ्यासमा ल्याउनुपर्छ । विकासे नारा बाहिरका मानिसले लगाएर नहुने रहेछ’, उहाँले भन्नुभयो ।
स्थानीय किसानका अनुसार अहिले गाउँमा पहिलाको तुलनामा रासायनिक मलको प्रयोग ५० प्रतिशत घटेको छ भने किटनाशक विषादीको प्रयोगमा समेत न्यूनीकरण भएको छ ।
वडा नं ६ मा गरिएको परीक्षण सफल भएपछी सन् २०१९ मा साना अनुदान कार्यक्रमको आर्थिक सहयोगमा वडा नं ५ मा त्यही मोडेलको कार्यक्रम शुरु गरियो । स्थानीय वासिन्दाको सचेतना वृद्धि, गोठ सुधार, झोल मल बनाउने, जैविकखेतीमा किसानलाई प्रोत्साहन, सरसफाईलगायतका कामहरुबाट निकै फलदायी नतिजा प्राप्त भएको शर्मा बताउनुहुन्छ । यससमध्ये पनि सुधारिएको चुलो र पानीघट्ट सुधार गर्ने काम बढी प्रभावकारी भएको उहाँको अनुभव छ ।
वातावरण संरक्षण र जीविकोपार्जन वातावरणबाट नै मानिसका हरेक क्रियाकलाप, दैनिकी र जीवन चलेको हुन्छ । तर मानिसले आफ्नो आवश्यकता पूरा गर्न वातावरणलाई पु¥याएको नोक्सानीको बारेमा नसोचिदिएका कारण हाम्रो वातावरण बिग्रिदै गएको छ ।
हरेक मानिसलाई उनीहरुको आयआर्जन र जीविकाको सम्बन्ध दैनिकीसंग गाँसियो भने वातावरणमैत्री नमुना ग्रामीण विकास सम्भव हुन्छ भन्ने अवधारणाअनुरुप संस्थाले ‘इको भिलेज’को अवधारणा ल्याएको थियो । त्यही अवधाधरणाअनुसार गरिएका पोली टनेल हाउसमा तरकारी खेती गर्ने कामसमेत प्रभावकारी भएको छ ।
विरुवाप्रति हरेक घरको विशेष चासो रहेको र ९९ प्रतिशतको घरमा सबै विरुवा हुर्किएको र सुधारिएको चुलो, बोटबिरुवा संरक्षण र पानी घट्ट शतप्रतिशत प्रयोगमा आइरहेको छ भने तरकारी खेती, झोल मल तथा वायोग्यासजस्ता प्रविधिहरु ५० प्रतिशतभन्दा बढी प्रभावकारी भएका छन्।
चिस्यान केन्द्र तथा तरकारी सङ्कलन केन्द्रको व्यवस्थापनले कृषकहरु प्राकृतिक कृषि उपजहरु उत्पादनमा आकर्षित भएको, वर्षमा एक बाली मात्र आलु उत्पादन गर्ने किसानहरु दुई पटक आलु खेती गर्न थालेकोलगायतका परिवर्तनहरु यहाँ देख्न सकिन्छ । यस्ता अभ्यासले महिलाहरु आफ्ना लागि आफैं कमाउन सक्षम भएका छन् भने केही बचत समेत गर्न पनि थालेका छन् । परियोजनापश्चात कृषि उत्पादनमा डेढ गुणा वृद्धि भएको शर्माको भनाइ छ ।
स्थानीय किसानका अनुसार अहिले गाउँमा पहिलाको तुलनामा रासायनिक मलको प्रयोग ५० प्रतिशत घटेको छ भने किटनाशक विषादीको प्रयोगमा समेत न्यूनीकरण भएको छ । वर्षौंदेखि प्रयोगमा आएका यी क्रियाकालापहरुमा न्यूनीकरण मात्र हुनु पनि उपलब्धिको विषय भएको बताउँदै शर्मा भन्नुहुन्छ, ‘रासायनिक मल तथा किटनाशक औषधिको प्रयोगले माटोमा असर गरिसकेको अवस्थामा त्यति छिटो जैविक मल र जैविक किटनाशक औषधि प्रयोगबाट नतिजा आउन नसक्ने रहेनछ । त्यसैले यसलाई एकैचोटी छोड्नुभन्दा पनि थोरै थोरै गरेर कम गर्दै जाने अभ्यासमा कृषकहरु छन् ।’
स्थानीय स्रोत साधन र प्रविधिको उच्चतम प्रयोग गरेर सीप विकासका काम गरिने भएकाले यसमा धेरै खर्च लाग्दैन । तर मानिसको सचेतना स्तर माथि उठाउनु सबैभन्दा चुनौतीको विषय भएको उहाँ बताउनुहुन्छ । मानिसहरुलाई वातावरणीय स्वास्थ्य र यसको प्रभावलाई आर्थिक फाइदासँग जोडियो भने वातावरण संरक्षणमा स्थानीयको संलग्नता बढ्छ भन्ने आधारमा यहाँका एक सय घरलाई फलफूलका विरुवा वितरण गरियो । यी विरुवाप्रति हरेक घरको विशेष चासो रहेको र ९९ प्रतिशतको घरमा सबै विरुवा बाँचेको स्थानीय किसान भगवान खत्री बताउनुहुन्छ ।
नवऊर्जाशील कृषि समूहका सदस्य समेत रहेका भगवान खत्रीले भन्नुभयो, ’सुधारिएको चुलो, बोटबिरुवा संरक्षण र पानी घट्ट शतप्रतिशत प्रयोगमा आइरहेको छ । तरकारी खेती, झोल मल तथा जैविक मलको प्रयोग, टनेल खेती, वायोग्यासजस्ता प्रविधिहरु ५० प्रतिशतभन्दा बढी प्रभावकारी भएका छन् ।’, गड्यौला पालनले राम्रो मल प्राप्त भएको, यसको प्रयोगबाट उत्पादन समेत बढेको खत्रीको भनाइ छ । किसानहरुले गड्यौलाको बिक्रीबाट समेत थप आयआर्जन गर्न थालेको भन्दै खत्री भन्नुहुन्छ, ‘अहिले यहाँ रासायनिक मललाई भन्दा जैविक र झोल मललाई प्राथमिकता दिन थालेका छन् ।’
बेथानचोकमा सफल भएको वातावरणमैत्री नमूना गाउँ विकास कार्यक्रमलाई विभिन्न संस्थासँगको साझेदारीमा सिन्धुली, बर्दियालगायतका स्थानमा विस्तार गरिएको र त्यहाँ पनि यो मोडेल सफल भएको उपनिर्देशक शर्माको भनाइ छ ।
परियोजनाको सुरुवातदेखि नै स्थानीय सरकारसँग समन्वय गरेर काम गरिएकाले यी सफल अभ्यासहरुलाई स्थानीय सरकारले नीति बनाएर निरन्तरता दिने विश्वास सबैले गरेका छन् । खत्री पनि स्थानीय सरकारले यस्ता कामलाई अघि बढाएमा यस किसिमका सफल अभ्यासहरु आगामी दिनमा पनि निरन्तर अगाडि बढ्न सक्ने बताउनुहुन्छ । यसको दिगोपनाका लागि स्थानीय सरकारले यसको स्वामित्व लिई हरेक पालिका र गाउँहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सके देशभर नै वातावरणमैत्री नमुना गाउँ निर्माण गरी स्वास्थ्य र वातावरणको हित गर्न सकिने उहाँ बताउनुहुन्छ ।
बेथानचोकमा सफल भएको वातावरणमैत्री नमूना गाउँ विकास कार्यक्रमलाई विभिन्न संस्थासँगको साझेदारीमा सिन्धुली, बर्दियालगायतका स्थानमा विस्तार गरिएको र त्यहाँ पनि यो मोडेल सफल भएको उपनिर्देशक शर्माको भनाइ छ । विगत ३५ वर्षदेखि नेपालमा विभिन्न गाउँहरुमा समुदायको वातावारणीय, स्वास्थ्य तथा आर्थिक विषयहरुलाई प्राथमिकता राखेर काम गर्दै आएको संस्थासँग प्रविधिमा आधारित ग्रामीण विकासका धेरै अनुभवहरु भएकाले तिनै अनुभवमा बटेकेर नवीन कामहरु गरिएको शर्माको भनाइ छ । संस्थाले यो अवधिमा तीन हजार एक सय वटा सुधारिएको पानीघट्ट र तीन लाख घरमा सुधारिएको चुलो निर्माण गरेको छ । यी प्रविधिले स्थानीयको जीवनमा परिवर्तन ल्याउन सहयोग पुगेको संस्थाको अनुभव छ।
सम्बन्धित समाचार:
कोभिडले कोरलेको सामागाउँको कान्ति
सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन
सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता
गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला
२२ सय हेक्टर जंगल जोगाउँने जाँगर