• बिहीबार, १० जेठ, २०८१
  • १२:०७:०८

उघारिदै तनहुँसुर

  • Netizen Nepal
  • सोमबार, १८ असार, २०८०- २१:२७:००/ Monday 07-03-23

ओमप्रकाश घिमिरे 
काठमाडौं।  तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं ११ तनहुँसुरका के.बि थापाले ७ वर्षअघि गाउँमै पहिलो होमस्टे सुरु गरे । रहरै रहरले सुरु गरेको व्यवसायबाट शुरुमा खासै पाहुनाहरु नआएपछि उनलाई  होमस्टे व्यवसायमा त्यति  उत्साह आएन ।    तर अहिले भने थापा होमस्टेबाट मात्र  महिनाको झण्डै ६० हजारको कारोबार गर्छन् ।   तनहुँसुरमा पर्यटकहरुको चहलपहल बाक्लिन थालेपछि यसको प्रभाव यहाँको होमस्टे व्यवासयमा समेत परेको थापाको भनाइ छ ।   घुमफिर, रमाइलो, इतिहास बुझ्ने देखि प्राकृतिक सुन्दरता एकै ठाउँमा पाइने भएपछि रुचिअनुसारका पर्यटकहरु आउँने जाने क्रम बढेपछि अहिले गाउँका थप ७ वटा घरमा समेत व्यवस्थित तरिकाले घरबास सञ्चालन भएका छन् ।  

 

अहिले  कसरी  होमस्टे व्यवसाय बढ्यो  त भन्ने प्रश्नमा  थापा  भन्छन्,  ‘सन् २०१९ मा युएनडिपीको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमसंगको साझेदारीमा उर्जा तथा वातावरण नेपालले होमस्टे सञ्चालनसम्बन्धी  यहाँका २५ घरलाई  तालिम दियो । यो तालिमबाट धेरै व्यक्तिले होमस्टे संचालनको तरिका सिके । मैले पनि सिके. ।  गाउँमा एउटा समिति पनि बनेको छ । जहाँ होमस्टे व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहन्छ । एकअर्काको साथ र हौसलाले होमस्टे अझै राम्रो  गरी संचालन गर्न सकियो । 

यो तालिमसंगै संस्थाले  यहाँको  पर्यटकीय गतिविधि बढाउने खालका पूर्वाधार विकास तथा सचेतना वृद्धिका कार्यक्रम पनि गर्यो।   यसले गर्दा स्थानीयले  पर्यटनको महत्व र आफ्नो ठाउँ पर्यटकका लागि धेरै संभावना भएको स्थान रहेछ भन्ने पनि बुझे । अहिले स्थानीय व्यक्तिहरु होमस्टे लगायतका पर्यटनसंग जोडिएका कार्यप्रति उत्साहित भएर लागेको थापाको भनाइ छ ।  सहभागीहरुले आ–आफ्नो होमस्टे व्यवस्थापन,  लेखा तथा सूचना प्रणाली व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सीप सम्वन्धी जानकारी प्राप्त गरेका छन्।  अहिले उनिहरु आफ्नो उत्पादन प्रयोग गरी १० विधिबाट १५ स्थानीय परिकार वनाउन सक्षम भएकाछन् । गाउँका दर्ता भएका ८ होमस्टेलाई खाट सहित एक सेट विस्तार वितरण गरियो, जसले उनिहरुलाई  होमस्टे संचालनका लागि उत्साहित बनाउन  सहयोग गर्यो । 

अहिले दरबार क्षेत्रमा पर्यटकहरुको आगम बढेको छ । होमस्टे तालिम, ईको ट्रेक प्रवद्र्धन, पर्यटन सम्पदा तथा वातावरण मेला, चौतारी निर्माण तथा मर्मत, सम्पदा संरक्षण, खानेपानीका लागि व्यास नगरपालिकाले ५५ लाख रुपैयाँ लगानी गरिसकेको छ भने   सडक निर्माणका लागि  संघीय सरकारको सशर्त अनुदान अन्तर्गत  ८  करोड रुपैयाँ लगानीमा झण्डै ११ किलोमिटर सडक  पिच गरिसको छ ।

उर्जा तथा वातावरण नेपालले यस स्थानमा जैविक विविधताको संरक्षण,  स्थानीय खेतीपाती तथा कृषिको प्रबद्र्धनका लागि समेत तालिम सञ्चालन गरेको थियो । यी सबै कार्यक्रमले कुनै न कुनै रुपमा होमस्टे व्यवसायलाई   सहयोग पुगेको स्थानीयको भनाइ छ । तनहुँसुरका अर्का होमस्टे सञ्चालनक मदन आलेको भनाइमा  होमस्टे  सञ्चालन गरेर आम्दानी मात्र बढेको छैन, गाउँघरमा सामाजिक अन्तरक्रिया र सद्भाव पनि बढेको छ । गाउँको विकासको बारेमा वहश, छलफल चलेको छ । गाउँलेहरुले  आफ्नो ठाउँको महत्व बुझ्न थालेका छन् । होमस्टे सञ्चालक पवित्रा थापा त विदेश गएका श्रीमानलाई भविष्यमा  नेपालमै बोलाएर यहि कार्यलाई आम्दानीको माध्यम बनाउँन सकिने सम्भावना व्यक्त गर्नुहुन्छ । 

तनहुँसुरको नामसंग   झण्डै ४ सय  वर्ष लामो इतिहास गाँसिएको छ, जहाँ झण्डै २ सय ३०  वर्षसम्म सेन राजाले शासन गरे । उनिहरुले  शासन व्यवस्था सञ्चालन गरेको यहि ठाउको नामबाट नै तनहुँ  जिल्लाको नामाकरण भएको इतिहा छ । 
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट  १५ किमीको दुरीमा रहेको यो ठाउँ  सुन्दर र मनमोहक स्थान भएर पनि केहि वर्ष अघि सम्म पर्यटकसंग जोडिन सकेको थिएन । विकास निर्माण र पुर्वाधार अभावका कारण गाउँका मानिसहरु बसाईं सरेर बजारतिर झर्न थालेपछि गाउँको संस्कृति, र पुरातात्विक सम्पदा संरक्षणमा समेत चुनौति थपिंदै थियो । यो अवस्थालाई रोकेर यहाँको विकासका लागि सबैलाई जोड्ने र केहि आधारभूत काम गर्ने उदेश्यले परियोजना शुरु गरिएको र यो सफल भएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्ण चन्द्र सुवेदी बताउनुहुन्छ । 

संस्थाले शुरु गरेका कामको स्वामित्व अहिले स्थानीय सरकारले लिएर थप कामहरु गरिरहेको छ ।  तनहुँ जिल्लाकै गौरव र आर्थीक उन्नतिसंग समेत जोडिएको स्थलको प्रवद्र्धनका लागि स्थानिय सरकारले  तनहुँसुरसम्म पुग्ने सडक पिच गर्ने देखि  आधारभूत पर्यटकीय पूर्वाधारमा लगानी गरिहरको छ । 

संघिय सरकार,प्रदेश सरकार र  स्थानीय सरकारले आफ्नो -आफ्नो क्षेत्राधिकारमा पर्ने  काम गर्न यहा साढे १० करोड रुपैयाँ लगानी  गरेको छन् । यो क्षेत्रको विकासका लागि सामुदायिक होमस्टेका लागि सामुदायिक भवन निर्माण, सोलर वत्ती जडान, ईण्टरनेट जडानका साथै सम्पदा संरक्षणका लागि गण्डकी प्रदेश सरकारले मात्र  रु. ४० लाख लगानी गरेको छ । त्यसैगरी सुन्तला, एभोकाडो, रैथाने बाली तथा तरकारी खेती र कृषक पाठशाला स्थापनाका लागि कृषि ज्ञान केन्द्र तनहुँको आर्थिक सहयोग करिव ३० लाख रुपैयाँको काम भएको छ।   पुरातत्व विभागले यहाँको दरबार क्षेत्रको उत्खनन् तथा पुनर्निर्माणका लागि ८५ लाख रुपैयाँ लगानी गरेको छ ।

अहिले दरबार क्षेत्रमा पर्यटकहरुको आगम बढेको छ । होमस्टे तालिम, ईको ट्रेक प्रवद्र्धन, पर्यटन सम्पदा तथा वातावरण मेला, चौतारी निर्माण तथा मर्मत, सम्पदा संरक्षण, खानेपानीका लागि व्यास नगरपालिकाले ५५ लाख रुपैयाँ लगानी गरिसकेको छ भने  ल सडक निर्माणका लागि  संघीय सरकारको सशर्त अनुदान अन्तर्गत ८  करोड रुपैयाँ लगानीमा झण्डै ११ किलोमिटर सडक व्यास नगरपालिकाले पिच गरिसको छ ।

यिनै सम्पदा, पहिचान र स्थानीय वैभवमार्फत पर्यटक तान्नका लागि यहाँ ७ वटा दिनवस मनाउँन क्यालेण्डर नै तयार गरिएको उहाँ बताउनुहुन्छ । गुरुङ का अनुसार  भगवती पानी मन्दिरमा तिथि अनुसार हबिोधिनी एकादशी मेला, विश्व पर्यटन दिवस (सेप्टेम्वर २७ ), विश्व सम्पदा दिवस (अप्रिल १८), विश्व नारी दिवस (मार्च १८), शहीद दिवस (माघ १६ ), नव वर्ष (वैशाख १ गते) र  चैते दशैं मेला (तिथि अनुसार) का मेला तथा महोत्सव नियमित रुपमा मनाउन थािलएकाले यसले पनि पर्यटकीय चलहपल   बढाउँ न सहयोग गरेको छ ।  

 पछिल्लो समयमा स्थानीयले आफ्नो स्थानको पर्यटकीय महत्व बुझेपछि उनिहरुले समेत स्थानीय सरकार , प्रदेश  सरकार र संघीय सरकार समक्ष विभिन्न विकासका आयोजनामा चासो देखाउँन थालेका छन् । यसले गर्दा तनहुसुरमा तीनै  तहका सरकाबाट लगानी बढेर गएको छ । यस सन्दर्भमा उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी भन्नुहुन्छ, ” हामीले तनहुसुरमा युएनडिपीको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमसंगको अनुदान कार्यक्रम अन्तर्गत ४० हजार डलर आर्थिक सहयोगमा यो कामको शुरुवात गरेका हौं । यो बजेटबाट खासगरी समुदायलाई यहाँका वैभवको महत्व बुझाउने ,यहाँको संभावनालई उजागर गर्न  सरोकारवाला पक्ष तथा तीनै तहका सरकारलाई जोड्ने काम पनि गरियो । यो ठाउँको महत्व सबैले बुझे पछि अहिले सरकारबाटै धेरै ठूलो लगानी भएको छ । यसले गर्दा तनहुँसुरको विकासमा हाम्रो परियोजना सकिएपछि गतिशीलता झन्  बढेको  छ । यसले हामीलाई पनि उत्साहित बनाएकोछ ।” 

तनहुँसुरको पर्यटकीय व्यापकतालाई उजागर  गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउँदै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने भन्नुहुन्छ, ‘तनहुँसुरको विकासका लागि गुरु योजना बनाएका छौं । यसको कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध छ । यसका लागि नगरपालिकाले पनि आवश्यक बजेट विनियोजन गर्ने र संघ तथा प्रदेशसंग पनि थप बजेटका लागि पहल गर्ने कामलाई निरन्तरता दिनेछौं ।’
  
यो क्षेत्रमा सेनवंशी राजाहरु बस्ने दरबार, मन्दिर, हातहतियार, गढी, ऐतिहासिक चौतारा,  पुराना घर तथा संरचना र संस्कृति यहाँ आउँने पर्यटकका लागि थप आकर्षण हुन् । संस्कृतिका विषयहरु पर्यटन र आयसंग जोड्न सकिने भएपछि गाउँलेहरु त्यसको जगेर्नामा जुटेका छन् । पछिल्लो समय लोप हुने क्रममा रहेका  ती संस्कृतिहरु पर्यटकको रोजाई बनिदिंदा स्थानियले त्यसको महत्व बुझ्न थालेको स्थानीयको भनाई  छ।   यहाँका समुदायमा  रहेका कौरा, नचरी, लाखे, देवी नाच, बालन, पाउदुरे  जस्ता मौलिक कला संस्कृतिहरुलाई  अहिले उनिहरुले आफ्ना बैभवको रुपमा बुझी त्यसको संरक्षणमा लागेको पर्यटनविद्  हरिंसिंह गुरुङ बताउँनुहुन्छ  । 

यिनै सम्पदा, पहिचान र स्थानीय वैभवमार्फत पर्यटक तान्नका लागि यहाँ ७ वटा दिनवस मनाउँन क्यालेण्डर नै तयार गरिएको उहाँ बताउनुहुन्छ । गुरुङका अनुसार  भगवती पानी मन्दिरमा तिथि अनुसार  हरिबोधिनी एकादशी मेला, विश्व पर्यटन दिवस (सेप्टेम्वर २७ ), विश्व सम्पदा दिवस (अप्रिल १८), विश्व नारी दिवस (मार्च १८), शहीद दिवस (माघ १६ ), नव वर्ष (वैशाख १ गते) र  चैते दशैं मेला (तिथि अनुसार) का मेला तथा महोत्सव नियमित रुपमा मनाउन थालिएकोले  पनि पर्यटकीय चलहपल ढाउँन सहयोग गरेको छ ।  

 जैविक विविधता र कृषिलाई पर्यटनसंग जोड्ने प्रयास
जैविक विविधताका हिसाबले पनि तनहुँसुर धनी छ । तनहुँसुरमा पारिजातको घना जंगल छ । नेपालमा सबैभन्दा बढी पारिजातको रुख भएको जंगल नै सोहि जंगल भएको बताइन्छ । धार्मिक हिसाबले पारिजातलाई पवित्र फुल मानिन्छ । यसको फुलबाट वास्नादार धुप र अत्तरसमेत बनाउँन सकिने भएकाले त्यसको संरक्षणमा समेत स्थानियहरु लागि परेका छन् । जसका निम्ति भएका बिरुवाहरुको संरक्षण र पातलिएको ठाउँमा बृक्षारोपण कार्यलाई समेत प्राथमिकतामा राख्ने पालिकाको योजना छ । 

उनका ३२ वर्षिय छोरा सुमितले सुन्तला खेतीको कमाण्ड सम्हालेका छन् । थापा विदेशमा कमाउने भन्दा धेरै नेपालमै कृषिमा कमाउन सकिनेमा ढुक्क हुदै  झण्डै ६५ रोपनी जमिनमा लगाइएको सुन्तलाबाट गत वर्ष  रु.२० लाख आम्दानी भएको बताउँनुहुन्छ  । यसबारेमा उहाँ भन्नुहुन्छ, ‘तनहुँकै   सबैभन्दा ठुलो सुन्तला फार्म भएको स्थानका रुपमा तनहुँसुरलाई चिनाउँने र त्यसबाट वार्षिक १ करोड आम्दानी गर्ने लक्ष्य हामीले लिएका छौं ।’ 

तनहुँसुर दरबारनजिकै एउटा ‘सिलिङ्गे’को रुख छ । स्थानियका अनुसार यो बिरुवा भृङ्गी सेन राजाले रोपेर राज्य बसालेका  थिए । यस्तो रुख नेपालमा अन्त कतै पनि नभएको स्थानीयको दाबि छ।  निकै वास्नादार फूल  फुल्ने उक्त फुलको सुगन्ध गोरखा दरबारसम्म पुग्ने गरेको र दरबारका भारदारहरु सुगन्ध  पछ्याउँदै तनहुँसुर आइपुगेको भनाइ यहाँका बुढापकाको छ । यी वनस्पतिहरु पनि पर्यटकका लागि  नयाँ आकर्षण हुने भएकाले स्थानीयले संरक्षणमा  पनि अग्रसरता देखाएका छन् । 

तनहुँसुर कृषिका लागि योग्य र उर्वर भुमि हुँदाहुँदै पनि गाउँमा खेतीपाती गरेर बस्ने मानिसहरु दिनानुदिन घट्दै थिए । आफ्नै दैलोमा भएको अवसरलाई चिन्न नसकेर पलायन भएकाहरु अबको केहि समयपछि फर्किएर आउनेमा स्थानिय आशावादी देखिन्छन् । अहिले गाउँलेहरु  अर्गानिक तरकारी खेती, कुखुरा तथा बाख्रापालन र  फलफुल खेतीतर्फ आकर्षित भएका छन् । केवि थापाका परिवार पनि होमस्टेका अलावा व्यवासायिक सुन्तला खेतीमा जुटेका छन् । उनका ३२ वर्षिय छोरा सुमितले सुन्तला खेतीको कमाण्ड सम्हालेका छन् । सुमित विदेशमा कमाउने भन्दा धेरै नेपालमै कृषिमा कमाउन सकिनेमा ढुक्क हुदै  झण्डै ६५ रोपनी जमिनमा लगाइएको सुन्तलाबाट गत वर्ष  रु.२० लाख आम्दानी भएको बताउँनुहुन्छ  । यसबारेमा उहाँ भन्नुहुन्छ, ‘ तनहुँकै सबैभन्दा ठुलो सुन्तला फार्म भएको स्थानका रुपमा तनहुँसुरलाई चिनाउँने र त्यसबाट वार्षिक १ करोड आम्दानी गर्ने लक्ष्य हामीले लिएका छौं ।’ 

अहिले यहाँका अन्य किसानहरु पनि सुन्तला खेति तर्फ आकर्षित भई यसको शुरुवात गर्दैछन् । सुन्तला खेतिले पनि पर्यटन विकासमा सहयोग पुग्ने उनिहरुको विश्वास छ । स्थानियहरु गाउँमा फलेका मकै, कोदो, फापर लगायतका रैथाने अन्नबालीहरु नै पर्यटकको भोजनका रुपमा भान्सामा तयार गर्न थालेका छन् ।  होमस्टेमा बास बस्नेहरुलाई आफैंले पकाएर खुवाउँन थालेपछि आफुलाई त्यो कुरा साँचो रहेछ भन्ने महसुस भएको उनीहरुको  भनाई छ । जसका कारण स्थानिय बालीको संरक्षण मात्र भएको छैन, बजारिया खानेकुराको प्रयोग समेत घटेको छ ।  

विक्रम संवत् १६१० मा पाल्पा राज्यका शक्तिशाली राजा मणि मुकुन्द सेनको मृत्युपछि उनका १३ भाई छोराहरुले बुवाको  पैतृक सम्पतिका रुपमा भाइ अंशमा बाँडफाँड गरी छुट्टाछुट्टै राज्य घोषणा गरे । तनहुँ राज्य भृङ्गी सेनको भागमा प¥यो । जसको राजधानी हालको तनहुँसुरमा  थियो । यहाँ अहिले पनि उनै राजाले बनाएका सातवटा गढी,  चौतारा, सेनाले प्रयोग गरेको तोप लगायतका वस्तुहरु देख्न सकिन्छ । सेन राज्यको राजधानी रहेको तनहुँसुरमा नेपाल एकीकरणपश्चात् फौजी जंगी ब्यारेक थियो । 

जैविक खेती तथा स्थानिय उत्पादन प्रवद्र्धन र पशुपालन, कुखुरापालन तथा अर्गानिक तरकारी खेतीसम्बन्धि संस्थाले दिएको तालिमपछि तरकारी खेतीमा किसानहरु  आकर्षित भएका छन्।   यसका अलावा टाकुरामा रहेको बस्तीमा पानीको सुविधा पु¥याउँन सोलार वाटर पम्पिंग सिस्टम, वनभोज पार्क व्यवस्थापन, टिकटक स्टेशन निर्माण, पुरातात्विक सम्पदा र सांस्कृति संरक्षणका लागि स्थानियलाई सचेत र जागरुक बनाउँने, तनहुँसुर पर्यावरणमैत्री पदमार्गको निर्माण तथा मर्मत, वृक्षारोपण लगायतका काम पनि भएका छन्, जसले यहाको पर्यटन विकासमा सहयोग पुगेको छ  । 

तनहुँसुरको रोचक इतिहास 
विक्रम संवत् १६१० मा पाल्पा राज्यका शक्तिशाली राजा मणि मुकुन्द सेनको मृत्युपछि उनका १३ भाई छोराहरुले बुवाको  पैतृक सम्पतिका रुपमा भाइ अंशमा बाँडफाँड गरी छुट्टाछुट्टै राज्य घोषणा गरे । तनहुँ राज्य भृङ्गी सेनको भागमा प¥यो । जसको राजधानी हालको तनहुँसुरमा  थियो । यहाँ अहिले पनि उनै राजाले बनाएका सातवटा गढी,  चौतारा, सेनाले प्रयोग गरेको तोप लगायतका वस्तुहरु देख्न सकिन्छ । सेन राज्यको राजधानी रहेको तनहुँसुरमा नेपाल एकीकरणपश्चात् फौजी जंगी ब्यारेक थियो । 

तनहुँसुर दरबारका वरिपरि सेन रजाहरुले स्थापना गरेका मन्दिरहरुको अध्ययन तथा पुनर्निर्माणमा   पुरातत्व विभागले काम गरिहरको छ । अहिले दरबार क्षेत्रको एउटा  मन्दिर निर्माण गरिसकेको छ । 

तनहुँसुर पहाडको टाकुरामा भएकाले पानीको अलि दुख थियो । एकदिन त्यहाँका राजाको सपनामा देवि आएर मन्दिर बनाइ  कुवा खन्न लगाएको किम्बदन्ती छ । जसलाई भगवती पानी मन्दिर भन्ने गरिन्छ । अहिले पनि त्यस मन्दिरको कुवामा सधै पानी हुन्छ।   यति मात्र होइन, दरबारको छेवैमा भएको कुवामा रानीले नुहाएर एक किलोमिटरको दुरीमा रहेको टल्किने ढुङ्गामा ऐना हेर्दै कपाल कोर्ने गर्थिन् भन्ने उक्तिले समेत जो कोहिलाई अचम्मित पार्न सक्छ । उक्त टल्किने ढुङ्गा र रानी श्रृङ्गार गर्दा आसन गर्ने स्थान अहिले पनि त्यहाँ देख्न सकिन्छ । 

तनहुँसुर दरबारको दक्षिणतर्फ एउटा चौतारा छ, जसलाई गद्दी चौतारा भन्ने गरिन्छ । चौताराको बीचमा काठको फ्रेम चारैतिर बनाई त्यसमाथि स्लेटले छाएको र तल बस्ने ठाउँ छ । जहाँ बसेर राजाले न्याय निसाफ गर्ने गरेको बताइन्छ । यिनै नयाँ वस्तु तथा यहाँको प्राकृतिक सुन्दरता हेर्न पछिल्लो समयमा घुमफिरका लागि आउँने पर्यटकको संख्या समेत बढ्न थालेकोछ । तर पनि यहाँ बस्ने, खाने सुविधाका लागि होटल, रेस्टुरेन्टको अभाव देखिन्छ ।  यहाँ घुम्न जाने पर्यटकले  बजारबाट झोलामा खानेकुरा बोकेर आउनाले डाँडाकाँडामा प्लास्टिक प्रदुषण बढ्न थालेको छ । ठाउँठाउँमा डस्टबिनको व्यवस्था नहुनाले पनि फोहोर यत्रतत्र हुन थालेकाले यसको व्यवस्थापनको आवश्यकता बढेको  छ ।  

सयौं वर्षको इतिहास बोकेका यी  ऐतिहासिक  वैभवको  संरक्षणका लागि संग्रहालय बनाउन सकिने देखिन्छ । यो स्थानमा जानकारी दिने सूचना पाटी समेत नभएकाले यसमा नगरपालिकाले काम गर्न आवश्यक छ ।   सिमेन्ट र कङ्क्रिटले बनेका घरहरुले गाउँगाउँ ढाकिसकेको अवस्थामा तनहुँसुरमा भने ढुङ्गाका छाना भएका र ढुङ्गा माटोबाट बनेका घरहरु अझै जिवितै छन् । बसाईं सराईका कारण  यी पुराना घरहरु जिर्ण बन्दै गएका छन् । केहि मानिसहरु संरक्षणमा जुटे पनि धेरै खाली घरहरुको सुरक्षाका लागि स्थानिय सरकार समेत संरक्षणमा जुटेको मेयर न्यौपाने बताउँनुहुन्छ । ‘तनहुँसुरमा भएका पुराना घरहरु पनि यहाँको इतिहास झल्काउँने र पर्यटकीय सम्भावना बोकेका सम्पतिहरु हुन् । तीनको संरक्षणमा स्थानिय सरकारले पनि दायित्व बोध गर्दै घरधनीसंग कुराकानी गर्दैछौं । उनीहरुले संरक्षण गरे भने ठिकै छ, नत्र स्थानिय सरकारले केहि गरेर अगाडी बढ्ने पालिकाको सोच छ’, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार: 

ग्रामिण विकासमा नयाँ  अभ्यासको अग्रसरता

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

२२ सय हेक्टर जंगल जोगाउँने जाँगर

मसिने गाउँको माछामा सबैको आँखा