• शनिबार, ६ पौष, २०८१
  • १०:०६:५१

सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन

शीप, कला, ज्ञानजस्ता सम्पत्तिहरु स्थानियसंगै हुन्छ । त्यसलाई उपयुक्त पुंजीसंग जोड्यो भने परिवर्तन सम्भव छ र त्यसले गति लिइरहन्छ।



जनकपुर । चार वर्षअघिसम्म धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं ६ लग्मा गाउँकी  मन्जुदेवी ठाकुरको परिवारलाई वर्षदिन खाने अन्नको जोहो गर्न समेत मुस्किल पर्थ्यो । सिंचाई सुविधा अभावका कारण उनको एक टुक्रा जमिनमा वर्षे बाली मात्र हुन्थ्यो । तरकारी उत्पादनका लागि समेत पानी नपुग्ने नभेपछि खेत बाँझै राखेर  तरकारी किन्न खल्तीको पैसा खर्च गर्नुपर्थ्यो ।  

मन्जुकै छिमेकी मुन्नीदेवी मण्डलको खेत पनि एक बाली खेती गरेपछि वर्षभरि बाँझै हुन्थ्यो । उनको पनि समस्या उही थियो, सिंचाई सुविधाको अभाव । तर अहिले यी दुवै जनाको खेत बाह्रै महिना हराभरा हुन्छ । वर्षमा तीन बाली खेती गर्न सकिने भएपछि आवश्यक खाद्यन्न र तरकारीको जोहो त्यहींबाट हुन्छ । उनिहरु बढी भएको तरकारी बेचेर आफ्नो आर्थिक जीवन समेत चलाइरहेका छन् । मुन्नी र मञ्जुजस्तै नगराइनका ३० जना महिलाहरु तरकारी खेतीबाट भएको आम्दानी र खाद्य बालीको उत्पादनमा भएको बृद्धिको हिसाब उत्साहका साथ सुनाउँछन् ।  

सिंचाइबाट लाभान्वित भएका महिलाहरुले  बताए अनुसार लग्मा गाउँका  महिलाहरु तरकारी बिक्रिबाट मात्र मासिक औषत १५ हजार आम्दानी गर्छन् । यो आम्दानीले खरखर्च चलाउँन त सजिलो हुने नै भयो, संगसंगै  छोराछोरीको शिक्षामा लगानी पनि बढाएका छन् ।  आफुले कमाएको केही रकम नियमित रुपमा आफ्नै समूहमा बचत गर्ने गरेका छन्। 

एउटा सोलार पम्पले एक वर्षमा ६० किलो कार्बन उत्सर्जन कम गर्ने गरेको संस्थाको आँकडा छ । 'सोलार वाटर इरिगेसन पम्प'को प्रयोगपछि वार्षिक १२ हजार १ सय २५ लिटर डिजेल र त्यसमा खर्च हुने झण्डै ११ लाख रुपैयाँसमेत बचत भएको छ । जसबाट झन्डै १८० मेट्रिक टन कार्बन उत्सर्जन घटाउँन मद्धत पुगेको छ।  

यहाँ देखिएको यो परिवर्तनको  पछाडी सोलार सिंचाई पम्प (सोलार इरिगेसन पम्प)को पनि मुख्य भुमिका छ । ग्रामीण सामुदायिक दिगो विकास केन्द्रले संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमसंग  हातेमालो गर्दै यो गाउँमा भित्र्याएको उक्त सोलार सिंचाई पम्पका कारण सिंचाइ सुविधा उपलब्ध भयो । यसले गर्दा डिजेल र पेट्रोल खर्च गरेर जेनेरेटर मार्फत पानी तान्नु पर्ने बाध्यता हट्यो । 

एउटा सोलार पम्पले एक वर्षमा ६० किलो कार्बन उत्सर्जन कम गर्ने गरेको संस्थाको आँकडा छ । सोलार वाटर इरिगेसन पम्पको प्रयोगपछि वार्षिक १२ हजार १ सय २५ लिटर डिजेल र त्यसमा खर्च हुने झण्डै ११ लाख रुपैयाँसमेत बचत भएको ग्रामिण सामुदायिक दिगो विकास केन्द्रका अध्यक्ष राजेश झा बताउनुहुन्छ । जसबाट झन्डै १८० मेट्रिक टन कार्बन उत्सर्जन घटाउँन मद्धत पुगेको उहाँको भनाइ छ ।  

जलवायु परिवर्तनको बढ्दो समस्यालाई न्यूनिकरण गर्न सामुदायिक संलग्नतता बढाउँने सरल र प्रभावकारी माध्यामका रुपमा समेत उक्त प्रविधि देखिएको झा बताउँनुहुन्छ ।  

यस ठाउँका महिलाहरु अहिले आर्थिक आम्दानीसंगै नेतृत्व विकास, प्राकृतिक खेती प्रणालीको अभ्याससंगै आफ्नो हक अधिकारका बारेमा समेत सचेत भएका छन् । उनिहरु स्थानिय सरकारसंग आफ्ना माग राख्ने र सरकारलाई खबरदारी गर्न थालेका छन् ।

पछाडि परेका समुदायका पछाडि परेका महिलाहरुको नेतृत्वमा आजको परिवर्तन आउँनु ठूलो उपलब्धि भएको बताउँदै मन्जुले भनिन्, ‘महिला समूहले आफ्नै पहलमा पालिकाबाट ११ लाख रुपैयाँ ल्याई सामुदायिक भवन निर्माण गरेको छ । हिजोका दिनमा घरबाट बाहिर निस्कन र बोल्न समेत हिचकिचाउने हामी महिलाहरु अहिले यसरी बोलेर स्थानीय सरकार समक्ष आफ्ना माग राखेर बजेट ल्याउँन सक्ने भएका छौं । यो निकै ठुलो उपलब्धि हो । 

प्रविधिले पहिल्याएको परिवर्तन 

नगराइन नगरपालिका वडा नं ६ लग्मा गाउँमा मुख्यगरी सिमान्तकृत समुदायका महिलाहरुको आर्थिक अवस्था तथा नेतृत्व क्षमता विकासलाई प्राथमिकतामा राखेर सिंचाइ प्रविधिसंगै आर्थिक क्रियाकलाप, घरआँगन र व्यक्तिगत सरसफाई र स्वच्छता क्रियाकलापलाई एकिकृत ढंगले जोडिएको थियो ।

अहिले लग्मा गाउँमा सिंचाई सुविधा अभावमा खेती रोक्नु परेको छैन । गाउँमा विषादी तथा रासायनिक मल प्रयोग समेत घटेको छ ।  प्राङ्गारिक खेतितर्फको आकर्षण बढ्दै गएका कारण गाउँमा जैविक विषादी र कम्पोष्ट तथा गड्यौला मलको प्रयोगसमेत बढेको छ ।  

सोलार सिंचाइसंगै सचेतना, सिप विकास तथा नेतृत्व विकासका तालिमजस्ता सहयोगले गर्दा अहिले सिंचाइले उब्जनी बढाएसंगै यहाँका महिलाहरुमा नेतृत्व  लगायतका बहुआमिक परिवर्तन देखिएको छ । 

स्थानीय महिला चन्द्रकलादेवी मण्डलका अनुसार पहिला हातमुख जोड्नै धौ धौ पर्ने गरेकोमा अहिले आफ्नै खेतमा उब्जाएको तरकारी र अन्नले खान पुग्छ । यससंगै आफ्नो घरआँगन सरसफाई र व्यक्तिगत सरसफाईको महत्व बुझेपछि अहिले गाउँटोल सफासुग्घर भएको उनको भनाइ छ । चन्द्रकला बढी भएको तरकारी नजिकैको हाटबजारमा बेच्छिन् र आएको केही रकम आफ्नो र परिवारको स्वास्थ्य तथा शिक्षाका लागि बचत गर्ने गरेको उनको भनाई छ । 

यस सिंचाई प्रविधिका लाभान्वित ३० जना महलिाहरुले ‘साथी महिला विकास समुह’ गठन गरेका छन् । समूहको बैठक सञ्चालन, समूह व्यवस्थापन, आर्थिक कारोबार सम्बन्धी तालिम समेत पाएकाले अहिले समूह सञ्चालन गर्न सजिलो भएको उनिहरुको भनाइ छ ।

समूहका सदस्यलाई संस्थाले संगसंगै क्षमता अभिबृद्धि, खेतीपाती तथा अर्गानिक तरकारी उत्पादनसम्बन्धि तालिम, व्यवसायिक तरकारी खेती तथा त्यसको बजारीकरण, जैविक विषादी तथा गड्यौला मल बनाउने तालिम तथा आवशयक प्रविधिक सहयो गरेको थियो । उक्त तालिमले आफुमा खेतीपाती तथा उत्पादन बढाउँने बारेमा ज्ञान भएको स्थानीय महिला कौशिला मण्डलको भनाइ छ । 

उत्पादन बढाउँने तरिका, विउविजनसंगै सिंचाई सहयोग गरिएकाले त्यहाँको खेती गर्ने तरिकामा नै उल्लेख्य परिवर्तन आयो । बदलिएको खेती गर्ने तरिकाले सिंचाइका लागि ‘वाटर इरिगेसन पम्प’ उपलब्ध गराएपछि आफुहरुको खेतीप्रतिको जोश र जाँगर अझै बढेर गएको उनको भनाई छ ।  

अहिले लग्मा गाउँमा सिंचाई सुविधा अभावमा खेती रोक्नु परेको छैन । गाउँमा विषादी तथा रासायनिक मल प्रयोग समेत घटेको छ ।  प्राङ्गारिक खेतितर्फको आकर्षण बढ्दै गएका कारण गाउँमा जैविक विषादी र कम्पोष्ट तथा गड्यौला मलको प्रयोगसमेत बढेको छ ।

लक्षित समुदायकाले बुझ्ने र महसुस गर्न सक्ने विकासका मोडेलहरु ल्याइयो भने परिवर्तनको जग पनि त्यसैबाट बसाउँन सकिन्छ। गाउँमा परियोजना सकिएको नै तीन वर्ष बढी भइसक्दा पनि प्राप्त भएको परिवर्तनले निरन्तर रुपमा अघि बढ्नु दीगोपनाको उदाहरण भएको अध्यक्ष झाको भनाइ छ ।

लक्षित समुदायकाले बुझ्ने र महसुस गर्न सक्ने विकासका मोडेलहरु ल्याइयो भने परिवर्तनको जग पनि त्यसैबाट बसाउँन सकिन्छ भन्दै स्थानीय महिलाहरु  भन्छन्, एउटा सिंचाई गर्ने सोलार पम्पका कारण हाम्रो जीवन नै फेरिएको छ । स्थानिय चन्द्रकलादेवी मण्डल भन्छिन्, ‘ हामीले आफ्नो आम्दानी बढाउँने कामसंगै वातावरणको उपयोग गर्दा हानी पुर्याउनु हुँदैन र वातावरणसंग पनि न्याय हुनुपर्छ भन्ने कुरा बुझ्ने र महसुस गर्न थालेका छौं।’  

गाउँमा परियोजना सकिएको नै तीन वर्ष बढी भइसक्दा पनि प्राप्त भएको परिवर्तनले निरन्तर रुपमा अघि बढ्नु दीगोपनाको उदाहरण भएको अध्यक्ष झाको भनाइ छ । त्यहाँका महिलाहरु अझै पनि यो प्रविधिमार्फत खेतीपाती गर्दै आएका छन् । ‘कहिलेकाहीं रबर या नटहरु खिइन्छ । ती सामाग्रीहरु उपलब्ध गराउँन हामीले सहजीकरण गर्ने गरेका छौं । सोलारमा समस्या आयो भने मर्मत गर्न समेत उनीहरुलाई सिकाएका छौं’, झाले भन्नुभयो ।

शीप, कला, ज्ञानजस्ता सम्पत्तिहरु स्थानियसंगै हुन्छ । त्यसलाई उपयुक्त पुंजीसंग जोड्यो भने परिवर्तन सम्भव छ र त्यसले गति लिइरहन्छ भन्ने पाठसमेत सिकाएको छ । झाका अनुसार वातावरण संरक्षण रुख रोप्न लगाएर मात्र हुँदैन । बरु मानिसहरुलाई जीविकोपार्जनको बाटोमा लगेर उनीहरुलाई नै कार्बन उत्सर्जन कम गर्न लगाउन सकिन्छ ।    

उचित किसिमको सहयोग, परामर्श र मार्गदर्शन भएको खण्डमा सानो लगानीबाट पनि विपन्न समुदायका महिलालाई बहुआयामिक परिवर्तनको विन्दुमा पुर्याउँन सकिन्छ र उक्त परिवर्तनले पुरै समाजलाई नै परिवर्तन गर्न सघाउँछ भन्ने कुराको उदाहरण लग्मा गाउँले प्रस्तुत गरेको नगराइन नगरपालिकाका मेयर विनय कुमार यादव बताउँनुहुन्छ । यो सिंचाइ प्रविधिलाई लग्मा गाउँमै मोडेलमा विस्तार गर्न सकिए स्थानीयको जीविकोपार्जन, वातावरण संरक्षण र समाजिक परिवर्तनलाई एकिकृत ढंगले अघि बढाउँन सहयोग पुग्ने देखिएकाले यस्ता कार्यक्रम नगरपालिकाको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।  यादवले भन्नुभयो, ' यो प्रबिधि प्रभावकारी देखिएको छ।  यसलाई विस्तार गर्नका लागि नगरपालिका साझेदारी गर्न तयार छ। यदि यसलाई विस्तार गर्न सकियो भने बिजुलीको लाइन नपुगेको खेतमा पनि सिंचाई सुबिधा विस्तार गर्न सकिन्छ। '

के हो सोलार वाटर इरिगेसन पम्प ?

सोलार वाटर इरिगेसन पम्प एउटा सजिलो हाते पम्प हो, जुन सोलारको पातालाई घाममा राखेर तारलाई मोटरमा जोडेपछि मोटर घुम्छ । यो घुमाइले पानीको सतहमा जोडिएको पाइपबाट पानी तान्छ ।

सनफ्लावर सोलार वाटर इरिगेसन पम्पको प्रयोग गरी सिंचाईको अभावमा बाँझै रहेका तराईका झन्डै ४० प्रतिशत खेतीयोग्य भूभागमा प्रयोग गरी उब्जनी बढाउँन सकिने देखिएको छ । घाम लाग्ने र पानीको श्रोत भएको जुनसुकै ठाउँमा पनि प्रभावकारी हुने यो पम्प पहाडी भूभागका लागि समेत उपयुक्त हुन्छ ।

सुर्यको तापले भेट्ने जुनसुकै ठाउँमा पनि प्रयोग गर्न सकिने यो प्रविधिमा एउटा सोलारको पाताबाट तार लगेर डिसी मोटरमा जडिएको हुन्छ । मेसिनमा दमकलमा जस्तै घुमाउने पाङ्ग्रा राखिएको हुन्छ । सोलारको पातालाई घाममा फर्काएर त्यसको पाइप नजिकैको पोखरी, चापाकल या पानीको स्रोतमा लगेर जोडीदियो भने यसले आफैं पानी तान्न थाल्छ । सोलार पाता घाममा राखेको ५ मिनेटमै काम गर्न थाल्ने झा बताउँनुहुन्छ ।

यो सिंचाइ प्रविधि ४–५ कठ्ठासम्मको जमिनमा सिंचाइका लागि पर्याप्त हुन्छ । विषेशगरी न्यून आय भएका र थोरै जग्गा जमिन भएका अथवा जमिनमै आश्रित समुदायले यो प्रविधिार्फत लाभ लिन सक्छन् । जुन आवश्यक परेको बेला खेत बारीमा लैजान र अरु बेला घरमा सुरक्षित तरिकाले राख्न सकिन्छ ।

यसको प्रयोग गरेर ८० फिटको चापाकल, ठुलो तलाउ र नदीनाला जहाँ पानीको व्यवस्था छ, त्यहाँबाट पानी तान्न सकिन्छ । 

सनफ्लावर सोलार वाटर इरिगेसन पम्प धनुषा जिल्लाकै लागि नौलो प्रविधि भएको झाको भनाइ छ । इन्टरनेटमानर्फत विभिन्न देशहरुमा भएको सोलार सिंचाइ प्रविधिहरुको खोजी तथा विश्लेषण गर्दा  छिमेकी मुलुक चीनमा अभ्यासमा रहेको प्रविधि हाम्रो देशमा उपयुक्त हुने देखिएकाले सोही प्रविधि भित्र्याइएको उहाँ बताउँनुहुन्छ । सोलार वाटर इरिगेसन पम्प नेपालमा परिक्षणको रुपमा शुरु गरिए पनि यसको सफलताले व्यापक विस्तारको सम्भावनालाई उजागर गरेको छ ।   

त्यस ठाउँमा उक्त प्रविधि सफल भएपछि सिंचाईको अभावमा बाँझै रहेका तराईका झन्डै ४० प्रतिशत खेतीयोग्य भूभागमा प्रयोग गरी उब्जनी बढाउँन सकिने देखिएको छ । घाम लाग्ने र पानीको श्रोत भएको जुनसुकै ठाउँमा पनि प्रभावकारी हुने यो पम्प पहाडी भूभागका लागि समेत उपयुक्त हुने उहाँ बताउँनुहुन्छ। 

सम्बन्धित समाचार:

कोभिडले कोरलेको सामागाउँको कान्ति

सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

२२ सय हेक्टर जंगल जोगाउँने जाँगर

मसिने गाउँको माछामा सबैको आँखा 

मौरीको महबाट चम्किएका  दिनेश चेपाङ्ग