• शनिबार, १२ श्रावण, २०८१
  • ०७:३६:१३

कस्तो छ आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।  

गण्डकी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।