• शुक्रबार, १२ पौष, २०८१
  • १२:०२:३५

मौसम : शुक्रबारदेखि पुनः बदली र वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले  बिहिबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि भोलि शुक्रबार देखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।

“ बिहिबार खासै वर्षाको सम्भावना छैन, उहाँले भन्नुभयो, “भोलिदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”

मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गर्नुभयो । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।