• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:१६

रवि लामिछानेको दुईवटा पासपोर्ट र सहकारी ठगी छानविन हुनुपर्छ: मुकुल ढकाल

काठमाडौँ । हालै मात्र महामन्त्रीबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकालले पछिल्लो समयमा उक्त पार्टीको आन्तरिक विकृतिलाई बाहिर ल्याएपछि सो पार्टीमा भुकम्प नै गएको छ । आफूलार्य पार्टीले कारवाही गरेपछि बुधरवार पत्रकार सम्मेलन गरेर ढकालले आफ्नो धारणा राख्नुभएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारवाहीमा परेका निवर्तमान महामन्त्री डा मुलुक ढकालले पार्टी नेतृत्वको कमीकमजोरी औँल्याउदा आफुलाई कारवाही गरिएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा नेता ढकालले पार्टीका तर्फबाट सुझाव संकलन गर्ने क्रममा आएका सुझाव र पार्टी नेतृत्वका कमीकमजोरीलाई प्रस्तुत गर्दा आफुलाई कारवाही गरिएको बताउनुभएको हो । पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथि छलफल हुनुअघि आफ्नो असन्तुष्टिका बारेमा समेत आफुसंग छलफल नगरिएको गुनासो उहाले बताउनुभयो ।

बैठक अघि आफुले सार्वजनिक गरेको प्रतिवेदनको सारांश पनि सभापति रवि लामिछानेको सल्लाहमै सार्वजनिक गरिएको उहाले दावी गर्नुभयो । ढकालले आफुलाई पार्टीले गरेको कारवाहीको विधि र प्रक्रिया नमिलेको भन्दै आफु अझै पनि महामन्त्री रहेको जिकिर गर्नुभयो । आफुलाई कारावही गरेर रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गरेकाले आफु मिडियामा आउन बाध्य भएको उहाले बताउनुभयो ।

उहाँले पार्टी सभापति रवि लामिछानेको पासपोर्ट र सरकारी ठगीमा संलग्नता बारे पार्टीबाटै छानवीन गर्नुपर्ने पनि बताउनुभयो ।  उहाले अव आफुले के बोल्ने वा नबोल्ने भन्ने सुझाव लिनका लागि आगामी महिना देशभर प्रस्ताव यात्रा सुरु गर्ने र जनताको घर घर जाने जानकारी दिनुभयो ।

सहकारी ठगी सम्बन्धी संसदीय छानविन समितिले आफ्नो सक्रियता बढाइरहेको र सहकारी पिडितले समेत रविको संलग्नता रहेको प्रमाणहरु पेश गरी कारवाहीका लागि आग्रह गरिरहेका बेलामा पार्टीकै महामन्त्रीले पनि कारवाहीको माग राखेपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।