• आइतबार, २३ भदौ, २०८१
  • ०७:०८:०८

नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर २ हजार ५ सय ६८.११ मा पुगेको छ ।  

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०९ अङ्कले उकालो लागेर ४ सय ६०.०३ मा पुगेको छ । कुल ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो । 

कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहिबार ४ उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । ९ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान ९.९९ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै, गणपति लघुवित्त ९.९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक ७.६५, माण्डू हाइड्रोपावर ४.६८, एसबिएल डिबेञ्चर ३.९२, कालिका पावर कम्पनी ३.८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाएका छन् । रासस ।