• मंगलबार, १ असोज, २०८१
  • १२:३८:४८

भलिवलमा भारत विरुद्धको खेलामा नेपालको ऐतिहासिक जित

काठमाडौँ। काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारत विरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार  भएको लिग चरणको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला टोलीले भारतलाई पराजित गरेको हो । निकै सनसनीपूर्ण खेलमा नेपाली टोलीले ३-२ को नतिजा सहित भारतलाई स्तब्ध बनायो ।

यसअघि भएका भारतसंगको सबै खेलमा नेपाली भलिबल टोली पराजित हुदै आइरहेको थियो ।  शनिवार को जित पछि जारी लिगमा नेपालको दुई खेलबाट ५ अंक भएको छ ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । प्रतियोगितामा नेपाल र भारत सहित, श्रीलंका, माल्दिभ्स र इरानको पनि सहभागीता रहेको छ ।

राउण्ड रोविन लिग चरण सकिएपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने तालिका छ ।