• शुक्रबार, २८ भदौ, २०८१
  • ०२:२६:०४

सचिवदेखि समाजसेवीको प्रतिक्रिया : सतीदेवी सबैले हेर्नुपर्ने फिल्म बनेको छ

काठमाडौं । नेपाली समाजको लैंगिक चेत र दृष्टिकोणबाट बनेको परम्परागत सामाजिक अभ्यास तथा प्रचलनको  निरन्तरता र यसले समाज तथा परिवारलाई पुगेको क्षतिलाई मूल सन्देशको रुपमा चित्रण गरिएको चलचित्र सतीदेवीको  विशेष प्रदर्शनीले चर्चा र प्रशंसा बटुलेको छ ।

भदौ ७ गतेदेखि देशभर प्रदर्शनीको तयारी गरेको चलचित्रको यहि भदौ ४ गते काठमाडौंको सिटी सेन्टरमा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थितिमा गरिएको विशेष प्रदर्शनीमा उक्त चर्चा भएको हो । चलचित्र हेर्दै गर्दा धेरैका आखाँ रसाएको देखिन्थ्यो । 
चलचित्रमाआर्थिक रुपले विपन्न परिवार न्यूनतम जीवीकाको आधार पुरा गर्न संघर्ष गरिरहेको हुन्छ । त्यो संघर्षमा महिलाले धेरै त्याग र सम्झौता गर्नुपर्ने तर पुरुषको मात्र निर्णय चल्ने हुन्छ । आर्थिक उत्पादन तथा पारिवारिक  पूँजी निर्माणमा भने पुरुषले जिम्मेवारी बहन नगर्दा परिवारले धेरै ठूलो दुःख पाउँछ । यहि वास्तविकतालाई  चलचित्रले चित्रण गरेको छ ।

पुरुषले  छोरा पाएमा आफ्नो गरिमा बढ्ने गलत विश्वासलाई पछ्याउँदा आफ्नो सम्पती मात्र सक्दैन, परिवारको खुसी पनि भताभुंग पार्छ । त्यहि अवस्थाले पछि सबैलाई पिडा दिन्छ । अन्तिम अवस्थामा आएर पुरुषले पनि आफुबाट कमजोरी भइसकेको स्वीकार गर्छ । तर समय वितिसकेको हुदा अब पिडा खेप्ने र पश्चाताम गर्ने बाहेकको विकल्प हुदैन । यहि सन्देशलाई  चलचित्रले राम्रोसंग प्रस्तुत गरेको छ ।  

चलिचत्रको कथा वस्तु, सन्देश र प्रस्तुती सबै राम्रो रहेको दर्शकहरुको प्रतिक्रिया थियो । व्यवहारमा छोरीले परिवारलाई सुख, शान्ति र समृद्धिको लागि योगदान गरेको देख्दा देख्दै पनि छोराको लोभमा भौतारिएको एउटा विपन्न परिवारले छोरा केका लागि हो र छोरा नजन्मनुको कारण के हो भन्ने कुराको खोजी नगरी एकोहोरो छोराको चाहनामात्र राख्दा आइपरेको समस्याले आफूहरुलाई छोएको दर्शकहरुको प्रतिक्रिया थियो ।  

चलचित्रको विशेष  प्रदर्शनीमा अनुराधा कोइराला, कलाकार गौरी मल्ल, दिपा श्री निरौला देखि राष्ट्रिय महिला आयोगका सचिव पार्वती अर्याल लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । उपस्थित व्यक्तिहरुले चलचित्रको कस्थावस्तु, प्रस्तुती र सन्देशको खुलेर प्रशंसा गरे । निर्देशक लक्ष्मण सुवेदी तथा कलाकारहरुलाई सबै दर्शकले प्रशंसा हलभित्रै हुटिंग गर्दै स्यावासी दिएका थिए । 

चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिैदै राष्ट्रिय महिला आयोगका सचिव पार्वती अर्यालले चलचित्र सन्देशमुलक भएको बताउनुभयो । उहाँले नेपाली समाजको लैंगिक विभेदका जरा बुझ्न यो चलचित्र हेर्नुपर्ने बताउनुभयो । कलाकार गौरी मल्ल, वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले चलचित्रले नेपाली समाजको विशेष गरी ग्रामिण परिवेशको यथार्थलाई उतारेको बताउदै सबैलाई यो चलचित्र हेर्नका लागि आग्रह गर्नुभयो । 

यसैवीच चलचित्र सतीदेवीको टिकक बुकिंग खुल्ला भएको बताइएको छ । शुक्रवारदेखि प्रदर्शन हुने चलचित्रको अनलाईनबाट बुकिंग गर्न सकिने छ ।