• आइतबार, २१ पौष, २०८१
  • ०१:३९:०८

घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असरले स्थानीय बजारमा पनि प्रभाव पारेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।