• सोमबार, २२ पौष, २०८१
  • ०३:११:०४

नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गर्दा १ जीबी डेटा सित्तैमा

काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई मोबाइल एप डाउनलोड गर्दा एक जीबी डेटा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यो सुविधा केवल एप डाउनलोड गरी पहिलो पटक लगइन गर्दा प्राप्त हुन्छ।


नेपाल टेलिकमको एप (NT App) मा विभिन्न सुविधाहरू उपलब्ध छन्, जसमा चालु अवस्थामा बाँकी रहेका डेटा, भ्वाइस प्याक र त्यसको अवधि, ब्यालेन्स, पोस्टपेड ग्राहकको लागि ड्यु, प्याक खरिद गर्ने र रिचार्ज गर्ने जस्ता सेवा छन्।

त्यसका अलावा, एपमा फोरजी एक्टिभेसन, ब्यालेन्स ट्रान्सफर, कस्टमर केयर, सिमको नामका बारेमा जानकारी, कल वेटिङ्ग, कल फर्वार्डिङ्ग, आईएसडी कल एक्टिभेसन, मिसकल अलर्ट जस्ता धेरै सुविधाहरू पनि उपलब्ध छन्।

नेपाल टेलिकमको एपले ग्राहकलाई डेटा, भ्वाइस, एसएमएस, प्याकेज प्रयोगको हिस्ट्रीको जानकारी, एफटीटीएच इन्टरनेटका लागि ड्याशबोर्ड र विभिन्न प्याकेज गिफ्ट गर्ने सुविधा पनि प्रदान गर्दछ।

यस्तै, एपमा नमस्ते पे डिजिटल वालेटको सुविधा र टेलिकमको विभिन्न सेवाहरूको बारेमा जानकारी समेत उपलब्ध छ। ग्राहकले सेवा दर र ट्यारिफ, टेलिकमका विभिन्न कार्यालय र कर्मचारीका सम्पर्क नम्बर पनि एपबाटै प्राप्त गर्न सक्छन्।

नेपाल टेलिकमको मोबाइल एप डाउनलोड गर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गर्न सक्नुहुन्छ भने, आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्न सक्नुहुन्छ।