नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
-
नेटिजन संवाददाता
- बुधबार, ७ फाल्गुण, २०८१- १४:२१:००/ Wednesday 02-19-25

काठमाडौं । गोरखा नगरपालिका-६, स्थित नयाँ बस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । झण्डै २० बर्षदेखि सञ्चालित उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथ पाउन नसकेको उद्योगका सञ्चालकपासाङ निमा शेर्पाले बताउनुभयो ।
उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउने गरेको शेर्पाले जानकारी दिनुभयो ।
उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ ।
जंगलबाट ल्याएको कच्चापर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ । उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागिबजारको भने कुनै समस्या नरहेको शेर्पाले बताउनुभयो । जदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रति क्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ ।
उद्योगमा एक ‘क्विन्टल‘कच्चापदार्थबाट दुईहजार थानको कागज उत्पादन हुने शेर्पाले जानकारी दिनुभयो ।शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ ।